15/01/2021
कोरनाको कारण काम घटेको भनेर लोन लिने अनि पार्ट टाईम काम गर्नेहरूलाई भिसा एप्लाई गर्दा थप डकुमेन्टहरू माग गरेको थाहा छ कि छैन? अनि काम घटेको भनेर व्यक्तिगत रुपमा पाईने सहयोग लिएको तर कम्पनीले तलब नघटेको देखाए पछि समस्या भएको केही केसहरू निस्किएको छ । तपाईहरू पनि सचेत हुनुहोला । के डकुमेन्टहरू आफूले, के डकुमेन्टहरू कम्पनीले बुझाएको छ ख्याल गरौं है ।
जनचेतनाको लागि ।