Kapilvastu Tourism

Kapilvastu Tourism Kapilvastu Travel,Tourist places,Photos,Tourism.Kapilavastu was the birthplace of Gautam Buddha. The

शिवराजले शिक्षकहरुलाई अनावश्यक सरुवा गर्दै दुख दिएकोमा शिक्षा समिती सदस्य खनालको ध्यानाकर्षण ।।कपिलवस्तुको शिवराज नगरपाल...
25/06/2024

शिवराजले शिक्षकहरुलाई अनावश्यक सरुवा गर्दै दुख दिएकोमा शिक्षा समिती सदस्य खनालको ध्यानाकर्षण ।।

कपिलवस्तुको शिवराज नगरपालिकाका नगर शिक्षा समिति सदस्य हुमकान्त खनालले नगरपालिकामा ध्यानाकर्षण पत्र दर्ता गराउनु भएको छ ।

शिवराज नगरपालिकाले शिक्षकहरुलाई अनावश्यक सरुवा गरी दुख दिएको भन्दै शिक्षा समिति सदस्य खनालले ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको हो ।

शिक्षकहरुलाई बदनियत पुर्वक सरुवा गरेपछि खनालले असार १० गते सोमबार ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको हो ।

राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खनालले पालिकाले असारमा शिक्षकहरुलाई सरुवा गरि दुख दिने नियत राखेको भन्दै ध्यानाकर्षण पत्र दर्ता गर्नु भएको छ ।

ध्यानाकर्षण पत्रमा नगरपालिकाका शिक्षकहरुलाई स्थानीय कार्यविधि बनाई सोहि कार्यविधिमा टेकी सरुवा गरिएकोमा अहिले पुनं शिक्षकहरुलाई दुख दिने नियतले सरुवा गरेको शिक्षा समिति सदस्य खनालले बताउनु भयो ।

शैक्षिक सत्र सुरु भएको ३ महिना हुदा महिनैपिच्छे शिक्षक सरुवा गरिनु गैरकानुनी भएको खनालले जानकारी दिनुभयो ।

केहि शिक्षकहरु सरुवा गरिएको विद्यालयमा सरुवा नभई यथास्थानमा अध्यापनरत रहेको र पुनः यस कार्यालयको शिक्षा समितिले केहि शिक्षक सहित बालविकासका सहयोगी कार्यकर्ता समेतको सरुवा गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

पहिला सरुवा भई हाजिर हुन गएको एक महिना नबित्दै पुनः अर्को विद्यालयमा सरुवा गरिनु, यसरी कुनै शिक्षकलाई अपायकमा राखी रहनु, कुनै शिक्षकलाई टिप्पणी उठाएर सरुवा गरिनु, शिक्षकहरुलाई सरुवा गर्दा उनीहरुको इच्छा विपरीत सरुवाका लागि लिइने निवेदन बिना सरुवा पत्र निकालेको पत्रमा उल्लेख गरिएको छ ।

शिक्षकहरुमा भएका कमिकमजोरीका लागि सुध्रिने मौका नदिइनु, यद्दपि स-साना बालबालिकालाई अध्यापन गराउने बालविकासमा कार्यरत सहयोगी कार्यकर्ता समेतको मनोभावना नबुझी अपायक स्थानमा पूर्वाग्रही रुपमा सरुवा गरिनु जस्ता कार्यले गुणस्तरीय शिक्षा सहितको निःशुल्क शिक्षा सफल हुन सक्ला र ? भनेर उहाले प्रश्न गर्नु भयो ।

शिक्षकहरुको कार्य गर्ने मनोबल कसरी उच्च हुन सक्ला र ? सत्रको सुरुवातमा नै बिषय अनुसार रुटिन बनाइ शिक्षकले विषयगत रुपमा बार्षिक कार्ययोजना निर्माण गरि अध्ययन अध्यापन कार्यमा सरिक हुनुपर्नेमा बाह्रै महिना शिक्षक फेरबदल गरिरहदा शिक्षाको गुणस्तर तथा शिक्षकमा उच्च मनोबल कायम गर्न सकिएला ?
ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

प्राथमिक तहमा अंग्रेजी माध्यममा अध्यापन गर्न एकै प्रकारका शिक्षक रहँदा साच्चि नै गुणस्तरीय शिक्षाको नारा सार्थक होला ? यी र यस्ता किसिमका गतिबिधि पूर्वाग्रही देखिएकाले सरुवा गरिएका शिक्षक र बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई यथास्थानमा नै राखी शिक्षकहरूको मनोविज्ञानपूर्ण त्रासको बाताबरणलाई हटाउनका लागि यो ध्यानाकर्षण पत्र पेश गरिएको छ ।

यस्तै नगरपालिकाले वडा नं ४ को बरगदवा र वडा नं ११ को थुन्हियाका शिक्षकहरुलाई अनावश्यक सरुवा गरेकाले शिक्षकहरु समेत असन्तुष्ट रहेका छन । बिद्यालय ब्यवस्थापन समितिले सरुवा बदरका लागि पालिकामा लिखित अनुरोध समेत गरेका छन ।

ध्यानाकर्षण पत्र

 #ध्यानाकर्षण होस् ।।प्रचारप्रसार मा भन्दा जवाफदेहिता मा जोड होस् ।।१) माननीय ज्यु कुन  निकाय सगँ योजना माग गर्नु भएको ह...
14/06/2024

#ध्यानाकर्षण होस् ।।प्रचारप्रसार मा भन्दा जवाफदेहिता मा जोड होस् ।।
१) माननीय ज्यु कुन निकाय सगँ योजना माग गर्नु भएको हो ?
२) मिति लेख्न बिर्सिनु भएको होकि जानिजानी छोडनु भएको हो ?
यो लेटरप्याड कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताको हो । सांसद गुप्ताले कुनै मन्त्रालयलाई सम्बोधन नगरी र मिति नै नराखी जारी गर्नुभएको योजना माग पत्र सार्वजनिक गर्नु भएको छ । सम्बोधन र मिति नभएको पत्रले नागरिकलाई झुक्काएको त होइन भनी प्रश्न उब्जिएको छ ।

मानविय सहयोगका लागि सार्वजनिक अपिल !!🙏🙏कपिलवस्तुका जिल्ला ,बुद्धभुमी नगरपालिका वडा नम्बर ९,डुम्रा निवासी  इन्द्र बहादुर ...
27/05/2024

मानविय सहयोगका लागि सार्वजनिक अपिल !!🙏🙏
कपिलवस्तुका जिल्ला ,बुद्धभुमी नगरपालिका वडा नम्बर ९,डुम्रा निवासी इन्द्र बहादुर भट्टराई लाई बिगत २ बर्ष देखि मिर्गौला फेल भएकाले उहाँको लामो उपचार पश्चात् थप उपचारमा अत्यधिक रकम खर्च हुने भएकोले तपसिल अनुसार सबैले आ-आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।🙏🙏
तपसिल
नाम :- इन्द्र बहादुर भट्टराई
खाता रहेको बैंकको नाम :- सिटिजन बैंक
शाखा :- इमलिया, कपिलवस्तु
खाता नम्बर :- १३३०१००००००६२०४५
मोबाइल नम्बर :-९८६९९४४१५९

06/03/2024

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )को नेतृत्वमा बनेको सिङ्गो टिम
ने क पा एमाले
- रघुवीर महासेठ (भौतिक पुर्वाधार )
- पदम गिरी (स्वास्थ्य)
-दामोदार भण्डारी (खानेपानी )
-भगवती चौधरी (महिला बालबालिका )
-राजेन्द्र राई (उद्योग )
-ज्वालाकुमारी साहा (कृषि )
-बलराम अधिकारी (भुमि व्यवस्था )
- हरि उप्रेती (रक्षा)
ने क पा(माओवादीः ) केन्द्र
- नारायणकाजी श्रेष्ठ (पराराष्ट्र)
- बर्षमान पुन (अर्थ)
-शक्ति बस्नेत (उर्जा)
- रेखा शर्मा (सञ्चार)
- हित बाहादुर तामाङ,(पर्यटन )
रास्वपाः
रवि लामिछाने (गृह)
- डीपी अर्याल (श्रम)
- सुमना श्रेष्ठ (शिक्षा)
- बिराजभक्त श्रेष्ठ (युवा तथा खेलकुद)

 #चिटिक्क_पारिदै_चन्द्रौटा_महोत्सव_स्थल पौष १३ गते देखि २४ गते सम्म आयोजना गरिएको आठौ चन्द्रौटा महोत्सव स्थलमा बनाईएको श...
25/12/2023

#चिटिक्क_पारिदै_चन्द्रौटा_महोत्सव_स्थल
पौष १३ गते देखि २४ गते सम्म आयोजना गरिएको आठौ चन्द्रौटा महोत्सव स्थलमा बनाईएको शिवगढि मन्दिर आकृतिको गेट र मायादेवि मन्दिर आकृतिको सचिवालय

शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :      ...
20/11/2021

शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :
महाकारुणिक भगवान बुद्धको आफ्नो गृहनगर प्राचीन कपिलवस्तु तिलौराकोट लाई विश्व-स्तरीय सम्पदा सहर (International Heritage & Cultural City) को रुपमा विकासगर्नलागी बिगत तीनवर्ष देखि थालिएको प्रयासले योजनागत मूर्तरूप लिन लागेको देख्दा खुसी लागेको छ। शाक्यकूल दीपक भगवान शाक्यमुनी बुद्ध भन्दा पहिले नै भगवान क्रकुसन्ध र कोनागमन बुद्ध हरु जन्माएको, तिलौराकोट दरबार, गोटीहावा, कुदान, निग्लिहवा, सिसहनिया, जगदीशपुर ताल जस्ता सम्पदाक्षेत्र हरु भएको, कपिलमुनि र असित ऋषि जस्ता ब्रह्मज्ञानी महर्षि हरु द्वारा भुसित कपिलवस्तु मा प्रयाप्त सम्भावना हरु छन्। तिलौराकोट दरबार देखि, सगरहावा, जगदीशपुर् ताल सम्म एतिहासिक भागिरथी (वर्तमान बाणगंगा) नदी समेटेर तयार हुन् लागेको यस कपिलवस्तु गुरुयोजनाले प्राचिन कपिलवस्तु लाई पुनः एकचोटी गौरवशाली विश्व-स्तरीय सम्पदा सहर को रुपमा स्थापित गर्ने आश लिएका छौँ। लुम्बिनी गुरुयोजना बाट पनिसिकेर स्थानीय बासिन्दा लाई पर्खाल बाहिर मात्र नराखेर सबै समाबेसी Integrated Sustinable City को रुपमा तयारी गर्दैछौँ। यस अन्तर्गत, विश्व बौद्ध ग्राम (Global Buddhist World), Museum, Visitor Centre, Handicraft & Art village, सिद्धार्थ राजकुमार लाई बनाएको रम्य, सुरम्य र शुभ दरबार हरु, शाक्यबंस Memorial Park, साथै महाराज शुद्दोदन, माता महामयादेवी, प्रजापति गौतमी, यशोधरा, आनन्द, राहुल, उपाली र अनिरुद्द पार्क र Centre हरु, २५० क्षमता को अंतर्रस्त्रिय बिपस्यना ध्यानकेन्द्र, ५०० क्षमताको अन्तरास्ट्रिय बौद्ध अध्ययन केन्द्र, २० km लामो घाट क्षेत्र, Buddhist Exhibition Center आदी समाबेस हुनेछन । आशाछ आउदो बुद्धजयन्ति सम्म यो पबित्रकार्य निश्चित लक्ष्यसम्म पुग्नेछ। हामी माथी विश्वास र धैर्य राखी सहयोग गर्ने सबैप्रति आभारी छौँ।
https://kapilvastutourism.blogspot.com/2021/11/blog-post.html
फोटो फिचर ।।

कपिलवस्तु जिल्ला ,कृष्णनगर नगरपालिका वार्ड नम्बर -९,बहादुरगंज देखि पश्चिममा अवस्थित भगवती पल्टा माई को मन्दिर हो जस्को ई...
03/07/2021

कपिलवस्तु जिल्ला ,कृष्णनगर नगरपालिका वार्ड नम्बर -९,बहादुरगंज देखि पश्चिममा अवस्थित भगवती पल्टा माई को मन्दिर हो जस्को ईतिहास सयौ बर्ष पुरानो रहेको छ ।।

नेपालकै मानव निर्मित जैविक विविधतायुक्त ताल जगदिशपुर ताल ,कपिलबस्तुhttp://kapilvastutourism.blogspot.com/
28/09/2020

नेपालकै मानव निर्मित जैविक विविधतायुक्त ताल जगदिशपुर ताल ,कपिलबस्तु
http://kapilvastutourism.blogspot.com/

ताम्रेश्वर महादेवको नामबाट परिचित कपिलबस्तु जिल्लाको तौलेश्वरनाथ(शिवालय) मन्दिर । Get link Facebook Twitter Pinterest Email Other Apps September 27, 2020 त....

27/09/2020
27/09/2020
26/09/2020
26/09/2020

Kapilvastu Tourism
सेयर गराै आफ्नाे क्षेत्रकाे प्रचार प्रसार आफै गराैँ ।
शिवगढी किल्ला / मन्दिर शिवराज नगरपालिका, कपिलबस्तु
प्राचीन कालमा कपिलबस्तु जिल्ला दुई जिल्लामा विभाजित रहेको थियो । पूर्वको भाग अर्थात हालको तिलौराकोट महामानव सिद्धार्थ गौतम बुद्धका पिता एवम शाक्य राजा शुद्धोधनको राज्य क्षेत्र थियो भने पश्चिमी क्षेत्र अर्थात हालको शिवराज क्षेत्र तत्कालिन राजा शिवराजको राज्य रहेको थियो । राजा शिवराजको दरबार क्षेत्र वा प्रसिद्ध गढी भएकै कारण यस क्षेत्र शिवगढीको नामले प्रसिद्ध रहँदै आएको छ । भगवान शिवको महत्वपूर्ण शक्तिपिठ मध्येको यहाँ रहेको शिवमन्दिर समेत रहेकाले धार्मिक हिसावले प्रख्यात रहेको छ ।https://kapilvastutourism.blogspot.com/2020/09/tourism.html

Like,share & Follow.
25/09/2020

Like,share & Follow.

Address

Shivraj Muncipality
Kapilvastu

Telephone

+9779857055204

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kapilvastu Tourism:

Share