Nuwakot Tourism

Nuwakot Tourism समग्र नुवाकोट जिल्लाको भौगोलिक, प्राकृतिक, ऎतिहासिक,सास्कृतिक तथा धार्मिक पक्षहरुको जानकारी, प्रचार तथा संरक्षण हाम्रो उदेश्य, सबैले साथ दिनुहोला!

नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्राको झलकहरु ।
26/04/2024

नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्राको झलकहरु ।

नुवाकोट दरबार परिसरमा अवस्थित खाल्टादेबीस्थानजहाँ प्राथना गरे हराएको सामान भेट्छ भन्ने जन विश्वास रहेको छ। खाल्टादेबी मा...
24/04/2024

नुवाकोट दरबार परिसरमा अवस्थित खाल्टादेबीस्थान
जहाँ प्राथना गरे हराएको सामान भेट्छ भन्ने जन विश्वास रहेको छ। खाल्टादेबी माँईकि जय !

नुवाकोट जिल्लाको पुर्वी भेगमा अबस्थित प्रशिद्ध दुप्चेश्वर महादेवले हामी सबैलाई रक्षा गरुन् 🙏🕉शुभ विहानि - शुभ दिन 😊
23/04/2024

नुवाकोट जिल्लाको पुर्वी भेगमा अबस्थित प्रशिद्ध दुप्चेश्वर महादेवले हामी सबैलाई रक्षा गरुन् 🙏🕉
शुभ विहानि - शुभ दिन 😊

22/04/2024

Thanks for being a top engager and making it on to our weekly engagement list! Shree Lamaghlan, Niranjan Dangol, Indra Lama, Mohan Rai, Budha Dangol, Laxmi Tamang, Dipak Agasti, Magar Soniya, Sarita Waiba, सञ्जय लामा तामाङ, Upendr Acharya, Rajib Manandhar, Karuna Devi Swl, Tãmāngñi Sūshmi, नरुत्तम सिग्देल, डिनेश कुमाल, Mahesh Dangol, मनिष थिङ्, अनिल तामाङ, Rõ Hît, Gita Tamang, Rajesh Thapa, Sujan Malbul, Binod Tamang, Raja Ram Lamichhane, Abishek Rasaili, Susmita Tamang, Radhika Sigdel, Sita Maya Gurung, Manju Adhikari, Fuchi Ko Fucha Ma, Asmita Qumal, लामा अमृत तामाङ, Shiva Shah, Saugat Khadka, Dhurba Thapamagar, Nirmala Thapa, Arjun Lamichhane, Krishna Thapamagar, Tmg Bipin, बिजय मगर, Prakash Tamang, Åñ Jû, Subarna Rai, U N I S H  Q ツ, समिर चौधरी, Sarmela Pariyar, Gokul Bhatta, Bhabishek Dhungana, Ansu Begam Rai

आज नुवाकोटमा रात्रिकालिन ऐतिहासिक योसीं (लिङ्गो) उठाउने जात्रा! आज वैशाख १० गते, सिन्दुरे जात्रा प्रथम दिनका कार्यक्रमहर...
22/04/2024

आज नुवाकोटमा रात्रिकालिन ऐतिहासिक योसीं (लिङ्गो) उठाउने जात्रा!

आज वैशाख १० गते, सिन्दुरे जात्रा प्रथम दिनका कार्यक्रमहरु:
- लगभग बेलुकी ५/६ बजे बाट आरम्भ हुने
- कुमारीद्वारा धामी शुद्ध हुने (धामी नुहाउने)
- शहरटोल क्षेत्रपाल (द्वारे को घर अगाडी) बली ग्रहण गर्ने
- धामी बुढी भैरवी मन्दिर प्रस्थान
- बुढी भैरवी परिसरमा योसीं उभ्याउने
- धामी बुढी भैरवी बाट इन्द्रचोक हुंदै भैरवी मन्दिर परिसर प्रस्थान
- भैरवी मन्दिर परिसरमा योंसी उभ्याउने
- अन्य अस्टमात्रिका, सृंहिनी, बृंहिनी, कुमार, गणेश सहित देवी मन्दिरबाट खटमा विराजमान।

यो जात्रा हेर्न आउनुहुन सबैमा निमन्त्रणा छ!😀😀

नुवाकोट जिल्ला, बेलकोटगडि न. पा. वडा १२, अवस्थित बासुकीनाथले हामी सबैलाई रक्षा गरुन् 🙏🕉शुभ विहान, शुभ दिन 😊
22/04/2024

नुवाकोट जिल्ला, बेलकोटगडि न. पा. वडा १२, अवस्थित बासुकीनाथले हामी सबैलाई रक्षा गरुन् 🙏🕉
शुभ विहान, शुभ दिन 😊

नुवाकोट सिन्दुरे जात्रा २०८० सम्बन्धि जानकारीको साथै निमन्त्रणा !बैशाख १० गते - य:सिं ठडाउने (चलनचल्ती -लिङो)बैशाख ११ गत...
19/04/2024

नुवाकोट सिन्दुरे जात्रा २०८० सम्बन्धि जानकारीको साथै निमन्त्रणा !

बैशाख १० गते - य:सिं ठडाउने (चलनचल्ती -लिङो)
बैशाख ११ गते - भैरवीकाे रथ सहित धामि धमिनी जाल्पादेवि देविघाट जाने
बैशाख १२ गते - खाल्चा
बैशाख १३ गते - नुवाकाेटमा सिन्दुरे जात्रा

यो पोस्ट सेयर गरिदिनु होला, सबै नेपालीजनमा पुरौ! स्थानीय जात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्थरमा अझै परिचय अनि प्रचार गरौ!

यो फुंगफुंग झरना नुवाकोट जिल्लाकै सबैभन्दा लामो झरना हो । यो ककनी गाउँपालिका वडा नं. ४ स्थित धनसारमा पर्छ । यो झरनामा यत...
18/04/2024

यो फुंगफुंग झरना नुवाकोट जिल्लाकै सबैभन्दा लामो झरना हो । यो ककनी गाउँपालिका वडा नं. ४ स्थित धनसारमा पर्छ । यो झरनामा यत्तिको पानी सधैं रहिरहन्छ । यो झरना पुग्न रानीपौवा बजार देखि तल तिरको बाटोबाट झन्डै ४ किलो मीटरको दूरीमा पर्दछ । जुरेथुम ३५ किलो बजारबाट पनि उस्तै दूरी पर्दछ ।

चिम्टेश्वोर महादेव ले सबैको रक्षा गरून्।। #जयशम्भु  #चिम्टेश्वोर  #महादेब ❣️🙏
18/04/2024

चिम्टेश्वोर महादेव ले सबैको रक्षा गरून्।।
#जयशम्भु #चिम्टेश्वोर #महादेब ❣️🙏

नुवाकोट जिल्लाको उत्तरी भेगमा अबस्थित म्यागङको सुन्दरता लोभलाग्दो छ, घुम्नको लागि एक पटक पुग्नै पर्ने रमणीय ठाँउ, आफ्नो ...
17/04/2024

नुवाकोट जिल्लाको उत्तरी भेगमा अबस्थित म्यागङको सुन्दरता लोभलाग्दो छ, घुम्नको लागि एक पटक पुग्नै पर्ने रमणीय ठाँउ, आफ्नो ठाँउको प्रचारको लागि, सक्दो सेयर गरम है!

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ मा रहेको सिलट्याङ्की
17/04/2024

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ मा रहेको सिलट्याङ्की

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ स्थित पुनर्निर्माणको पखाईमा रहेको ऐतिहासिक साततले दरबार । नेपाल एकीकरणको समयमा पृथ...
16/04/2024

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ स्थित पुनर्निर्माणको पखाईमा रहेको ऐतिहासिक साततले दरबार । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबार वि.सं. २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माणको लागि टेको लगाइएकोमा अझै निर्माण अघि बढ्न सकेको छैन ।

नुवाकोट दरबार क्षेत्र 😀
16/04/2024

नुवाकोट दरबार क्षेत्र 😀

देविघाट मन्दिर (जालपादेवी), नुवाकोट !
15/04/2024

देविघाट मन्दिर (जालपादेवी), नुवाकोट !

नुवाकोट भ्रमण वर्ष २०८१नुवाकोट दरवार क्षेत्रको नागरिक समाजको पहलमा नुवाकोट भ्रमण वर्ष २०८१ आयोजना गरिएको छ। नुवाकोट भ्रम...
14/04/2024

नुवाकोट भ्रमण वर्ष २०८१

नुवाकोट दरवार क्षेत्रको नागरिक समाजको पहलमा नुवाकोट भ्रमण वर्ष २०८१ आयोजना गरिएको छ। नुवाकोट भ्रमण बर्ष २०८१ साल भरी संचालन हुनेछ। यो बर्ष एक पटक नुवाकोट दरवार क्षेत्रको भ्रमण गरौ भन्ने मूल नारा तय गरिएको छ।

भ्रमण बर्षको उदेस्य

१.सबै नेपाली दाजुभाइ तथा दिदी वहिनीलाइ यो बर्ष एक पटक नुवाकोट दरवार क्षेत्रको भ्रमण गराउन प्रचारात्मक कार्यक्रम गर्ने।

२".नुवाकोटको सिन्दुरे जात्रा, नेपालकै लामो रथ यात्रा" को अवलोकन भ्रमणको लागि सरकारी उच्च अधिकारीलाई निमन्त्रणा गरी सिन्दुरे जात्रा पर्वको संरक्षण गर्ने।

३ काठमाडौं उपत्यका भित्रका सम्पदा र संस्कृति संरक्षण अभियन्ताहरूलाइ उपत्यका बाहिरको सम्पदा र संस्कृति बचाउ अभियानमा सहयोग गर्न बाजा गाजा सहित सिन्दुरे जात्राको अवलोकन गर्न अब्हान गर्ने।

४.नुवाकोट दरवार क्षेत्रमा होटल तथा रिसोर्ट संचालन गर्न इच्छुक लगानीकर्ताहरूको सम्मेलन आयोजना गर्ने।

५.नुवाकोट दरवार क्षेत्रको पर्यटन विकासको लागी सम्वन्धीत संघ संस्था, पर्यटक गाइड लगायतका ब्यक्तित्वहरुलाइ नुवाकोट दरवार क्षेत्रको अवलोकन भ्रमण गराउने।

६.नुवाकोट दरवार क्षेत्र भित्रका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरूको सूचि र भ्रमण स्थलहरूको जानकारी दिने नक्साङ्कन सहितको पुस्तक प्रकाशित गर्ने।

७.नुवाकोट दरवार क्षेत्र भित्र भ्रमणमा आउने पर्यटकहरूलाई गाइड गर्न स्थानीय पर्यटक डाइड (tourist guide) को तालिम संचालन गर्ने।

देश तथा विदेशमा रहनुभएको सम्पुर्ण नेपाली महानुभावहरुमा सुख ,शान्ती , समृद्धि एवंम उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ वर...
13/04/2024

देश तथा विदेशमा रहनुभएको सम्पुर्ण नेपाली महानुभावहरुमा सुख ,शान्ती , समृद्धि एवंम उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ वर्ष २०८१ हार्दिक शुभकामना व्यक्त गर्दछौ।

यो कुन ठाँउ हो, हजुरहरुलाई थाहा छ? जानकारीको लागि  कमेन्टमा हेर्नुस् है त!
12/04/2024

यो कुन ठाँउ हो, हजुरहरुलाई थाहा छ? जानकारीको लागि कमेन्टमा हेर्नुस् है त!

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा स्थानीय स्तरमा खेर गईरहेको लालीगुरासलाई संकलन गरी बहुउपयोगी जुस (Squash) बनाउन थालिएको...
10/04/2024

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा स्थानीय स्तरमा खेर गईरहेको लालीगुरासलाई संकलन गरी बहुउपयोगी जुस (Squash) बनाउन थालिएको छ ।

आज भन्दा झन्डै ९ बर्ष अघि, २०७२ सालको भुकम्प पश्चात् जिर्ण बनेको नुवाकोटको साततले दरबार (नुवाकोट  दरबार), जुन अहिलेसम्म ...
10/04/2024

आज भन्दा झन्डै ९ बर्ष अघि, २०७२ सालको भुकम्प पश्चात् जिर्ण बनेको नुवाकोटको साततले दरबार (नुवाकोट दरबार), जुन अहिलेसम्म पनि पुन:निर्माण हुन सकेको छैन! अहिले पनि उहीँ हालतमा रहेको छ।😥😥

२०८० सालको सिन्दुरे जात्राको कार्यक्रम!१.  २०८० चैत्र २५ गते आइतबार चैत्र कृष्ण चतुरदर्सी बेलुका भैरवी बुढी भैरवी भेट सो...
09/04/2024

२०८० सालको सिन्दुरे जात्राको कार्यक्रम!

१. २०८० चैत्र २५ गते आइतबार चैत्र कृष्ण चतुरदर्सी बेलुका भैरवी बुढी भैरवी भेट सोही रात श्री नारायण देउता ब्रम्हायणी स्थान प्रस्थान ।

२. २०८० चैत्र २६ गते सोमबार चैत्र कृष्ण ‌औंसीका दिन श्री नारायण देवता व्रम्हायणीबाट धरमपानी आउने सोही दिन बेलुका नारायण देवता रथ मा राखी श्रीका धामी¸ गणेश¸कुमार र गुठीयारहरु बाजागाजा निसान सहित जत्रा गर्दै आलम तान्ने¸सिदुर हाल्ने¸ विधि पुर्वक नारायण भित्राउने ।

३. २०८१ बैसाख ५ गते चैत्र शुक्ल नवमी लिङ्गो तान्ने (इन्द्रध्वज तान्ने )

४. २०८१ बैसाख ९ गते चैत्र शुक्ल त्रयोदसीका दिन श्रीका धामी देवीघाट जाल्पा मन्दिर निमन्त्रणा गर्न जाने ।

५. २०८१ बैसाख १० गते चैत्र शुक्ल चर्तुदसीका दिन बेलुका धामी नुहाउने, क्षेत्रपालमा गई महावनी लिने, रातको ८ बजे बुढी भैरवीमा तल्लो लिङ्गो उठाँउने र सोही ठाउँबाट यात्रा गर्दै बली चडाउँदै भैरवी मन्दिरको अगाडि आउने तत्पश्चात माथिल्लो लिङ्गो उठाउने काम नेपाली सेनाबाट हुने, त्यसपछी निमन्त्रणा पूजा गरी सोही रात भैरवी माई देवीलाई रथमा राख्ने ।

६. २०८१ बैसाख ११ चैत्र शुक्ल पूर्णिमाका दिन विहान साततले दरबारमा सिन्दुर हाल्ने र तुलजा भवानीको मन्दिरमा धामीबाट महाबली लिई धामी धमिनी¸ कुमार¸ गणेश¸ निसान गुठियार सहित भैरवीस्थान आई भैरवी माइको रथ उठाई बाजागाजा रकमी गुठियार सवै धरमपानी, बाराही¸ बट्टार इनारपाटी¸बाडाचौतारो हुदै देवीघाट पुग्ने, सोही राती विधिपूर्वक पुजा गरी रांगा¸ बोका¸ माछा¸ सहितको भोग धामीलाई दिएपछि पुर्णिमाको काम सम्पन्न हुने ।

७. २०८१ बैसाख १२ गते वैशाख कृष्ण प्रतिपदाको विहान इ गर्ने, विधिपुर्वक पुजाआजा गर्ने बेलुका रथ धामी धमीनी देवीघाट बाट फर्कने तयारी गर्ने, राती देवीघाट बाडाचौतारो इनारपाटी बट्टार पुरानोबजार हुदै बाराहीबाट धरमपानीमा वैशाख १३ गते विहान आइपु‌ग्ने ।

८. २०८१ बैसाख १३ गते बैशाख कृष्ण द्वितियाको दिन दिनको ३ बजे विदुर २ धरमपानीबाट श्री भैरवी माइको रथ श्रीकाधामी, धमिनी, गणेश¸ कुमार गुठीयार बाजागाजा साजवाज निसान सहित आसागुर्जा टोली¸ सैनिक सुरक्षाका साथ भैरवी स्थान तर्फ प्रस्थान गर्ने¸ भैरवी माइको प्राङ्गणमा सिन्दुर हालेर तुलजा भवानीको मन्दिर पुग्ने, सोही रात भैरवी मन्दिर परिसर शितपाटी डवलीमा श्रीका धामी द्वारा राँगा¸ बोकाको भोग खाने ।

९. २०८१ बैसाख १४ गते वैशाख कृष्ण तृतीयका दिन बेलुका साततले दरबार तुलजा भवानी मन्दिर परिसरमा विधि पुर्वक स्यावजी वाड्ने ।

१०. २०८१ बैसाख १८ गते वैशाख कृष्ण सप्तमीका दिन वेलुका लामपाटीमा स्यावजी वाड्ने ।

११. २०८१ बैसाख १९ गते वैशाख कृष्ण अष्टमीका दिन हनुमान ढोका कर्णेलचोकबाट आउनु भएको भगवती लाई नागपानी भगवती थानमा विधि पूर्वक पुजाआज गर्ने ।

१२. २०८१ बैशाख २० गते वैशाख कृष्ण नवमीका दिन बेलुका भैरवीको विधि पूर्वक पुजाआजा गरी भैरवी भित्रने ।
१३. २०८१ वैशाख २१ गते वैशाख कृष्ण दशमीका दिन विहान माथिल्लो लिइगो ढाल्ने ।

१४. २०८१ वैशाख २२ गते वैशाख कृष्णा एकादशीका दिन विहान तल्लो लिङ्गो ढाल्ने।

उपरोक्त कार्यमा विभिन्न स्थानहरुमा वडाई हुने व्यहोरा अनुरोध गर्दै यस वर्षको श्री भैरवी माइको वर्ष बन्धन सिन्दुरे जात्रा पर्व समाप्त हुने!

नुवाकोटको बेलकोटगढी नगरपालिकामा अवस्थित चिम्टेश्वर भ्युटावर । यस ठाउँबाट सातवटा जिल्लाको दृश्य अवलोकन गर्न सकिन्छ।
06/04/2024

नुवाकोटको बेलकोटगढी नगरपालिकामा अवस्थित चिम्टेश्वर भ्युटावर । यस ठाउँबाट सातवटा जिल्लाको दृश्य अवलोकन गर्न सकिन्छ।

Saat tale Dubar (Nuwakot Dubar)Note: Before earthquake
05/07/2023

Saat tale Dubar (Nuwakot Dubar)

Note: Before earthquake

29/04/2022

नुवाकोट View Tower बाट देखिने दृश्यहरु😍😍

"नेपालकै लामो रथयात्रा नुवाकोट को पहिचान, नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रा"२०७९आज बैशाख ३ गते शनिबार बैशाख पुर्णिमाको ...
16/04/2022

"नेपालकै लामो रथयात्रा नुवाकोट को पहिचान, नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रा"२०७९

आज बैशाख ३ गते शनिबार बैशाख पुर्णिमाको दिन अपरान्ह नुवाकोट दरवार क्षेत्रबाट सुरु भइ त्रिशूली र तादी नदीको संगम देवीघाटसम्म भैरवीमाइको भब्य रथयात्रा हुदैछ। साथै ५ गते नुवाकोट दरबार परिषर मा सिन्दुर खेलेर सिन्दुरे जात्रा मनाइदै छ अबलोकन गरि कला सस्कृती जगेर्ना गर्न सबै लागि परौ सबै लाई चुल्हे निम्तो

गोरखाबाट हिडेको एकिकरण मार्ग पदयात्राको टोली आज विहान बिदुर नगरपालिका वडा नं २ स्थित साततले दरवार परिसरमाPic: Mahendra s...
08/01/2022

गोरखाबाट हिडेको एकिकरण मार्ग पदयात्राको टोली आज विहान बिदुर नगरपालिका वडा नं २ स्थित साततले दरवार परिसरमा

Pic: Mahendra shrestha

नुवाकोट जिल्लामा भएको यो कुन मन्दिर हो र यो कुन ठाउँमा अवस्थित रखेको छ ? अनुमान गर्नुहोस्!
17/12/2021

नुवाकोट जिल्लामा भएको यो कुन मन्दिर हो र यो कुन ठाउँमा अवस्थित रखेको छ ? अनुमान गर्नुहोस्!

Nuwakot mini ghantagar❤️
05/05/2021

Nuwakot mini ghantagar❤️

Nuwakot 😀
19/10/2020

Nuwakot 😀

Nuwakot is a part of Bagmati Pradesh, is one of the seventy-seven districts of Nepal. The district, with Bidur as its district headquarters.The district cont...

19/10/2020

Address

Bidur/2, Nuwakot Durbar
Nuwakot
44600

Alerts

Be the first to know and let us send you an email when Nuwakot Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nuwakot Tourism:

Videos

Share


Other Tourist Information Centers in Nuwakot

Show All