Delhi 2 Nepal Tour Volvo Scania Bus

  • Home
  • Delhi 2 Nepal Tour Volvo Scania Bus

Delhi 2 Nepal Tour Volvo Scania Bus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Delhi 2 Nepal Tour Volvo Scania Bus, Tour Agency, .

08/07/2023

Discover the breathtaking Sudurpaschim Province of Nepal! From majestic peaks Api and Saipal to the enchanting landscapes and wildlife diversity of Khaptad and Shuklaphanta National park, it's a nature lover's paradise. Immerse yourself in lush valleys and cascading waterfalls exploring the rich cultural heritage, warm hospitality, and vibrant culture that showcase the spirit of the locals.
Imagine Nepal

11/11/2022

sleepar Rail yatra Japan मा हेर्नुस्

10/11/2022

Swiss / SwitzerLand मा रेल हेर्नुस् कीर्तिमान हाम्रो देश नेपाल् मा कहिले हुन्छ निर्माणकार्य

09/11/2022

जनक मिथिला sita

एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर कैद गरेका हिउँ चितुवाका केही सुन्...
08/11/2022

एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर कैद गरेका हिउँ चितुवाका केही सुन्दर दृष्यहरू ..

स्रोत: नेपालका लागि अमेरिकी राजदुतावास

07/11/2022

Well डिभेलप China

दिल्ली सरोजनि नगर सम्पर्क whatsup / IMO +91 9717133531  +977 9857077511 कैलश कपिलवस्तु होलिडे & टुरिजम प्रा ली देखि दैनि...
04/11/2022

दिल्ली सरोजनि नगर सम्पर्क
whatsup / IMO +91 9717133531 +977 9857077511

कैलश कपिलवस्तु होलिडे & टुरिजम प्रा ली देखि दैनिक

बुटवल दिल्ली ; बुटवल दिल्ली ; बुटवल दिल्ली

बुटवल सम्पर्क 9847160650...9821038000
9857077511....9800727500

१२ सय मिटरको चट्टान फोर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ‘असम्भव’ सर्तले भारत र चीन जोड्ने जोगबनी–टिपता...
04/11/2022

१२ सय मिटरको चट्टान फोर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ‘असम्भव’ सर्तले भारत र चीन जोड्ने जोगबनी–टिपताला ट्र्याक अधुरो
चट्टान फोर्ने अनुमति पाइहालिने विश्वासमा सडक आयोजना र ठेकेदार कम्पनीले ब्लास्टिङका उपकरण कार्यस्थलमा ल्याएर थन्क्याएकै एक वर्ष नाघ्यो
ताप्लेजुङ — धेरैले चिन्ने र नाम लिने गरेको ओलाङचुङगोलादेखि २५ किलोमिटर दूरीमा छ चिनियाँ नाका टिपताला । सीमावर्ती बिन्दु टिपतालादेखि गोलासम्मै २ लेनको गाडीबाटो बनिसकेको छ । गोलाबाट तल सदरमुकाम फुङलिङ झर्ने क्रममा पाटी भन्ने स्थानसम्म पनि १० किलोमिटर ट्र्याक खुलेको छ ।

यता फुङलिङबाट मित्लुङ–सिवा–तापेथोक–लेलेप–इलाडाँडा हुँदै सुकेपानीसम्मको ट्र्याक सडकमा साना सवारीसाधन चल्छन् । बीचमा करिब १२ सय मिटरको चट्टान छ । त्यही चट्टान फोर्ने काम अड्किँदा दुवैतर्फका सडक जोडिन सकेका छैनन् ।
चट्टान तगारो बनेको खण्ड विराटनगरको जोगबनी (रानी भन्सार) बाट धनकुटाको मूलघाट–दोभान हुँदै तमोर नदीको किनारैकिनार टिपताला जोड्ने सडकअन्तर्गत पर्छ । निर्माण पूरा भएपछि जोगबनी–टिपताला नेपाल–भारत–चीन जोड्ने सबैभन्दा छोटो (करिब ३ सय किमि) त्रिदेशीय सडक बन्नेछ । तर चट्टानका कारण काम अवरुद्ध भएकै एक वर्ष भइसकेको छ ।

सदरमुकाम फुङलिङबाट ६८ किलोमिटर दूरी पार गरेर सुकेपानी पुगेका गाडी त्यहींबाट फर्कन्छन् । ‘राज्य संयन्त्र, जिल्लाका नेता र मन्त्रीसमेत लागिपर्दा पनि प्रशासनतन्त्रभित्रको मनोमालिन्यले चट्टानको अवरोध हटाउन नसक्दा ट्र्याक अधुरै छ,’ उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजनाअन्तर्गत फुङलिङ–गोला–टिपताला सडक निर्माण योजनाका प्रमुख ठेकेदार पेम्बा शेर्पाले भने ।

विस्फोट गर्नुपर्ने चट्टान कञ्चनजंघा संरक्षण क्षेत्रभित्र पर्छ । चट्टान फोर्ने अनुमति पाइहालिने विश्वासमा सडक आयोजना र ठेकदार कम्पनीले ब्लास्टिङका सबै उपकरण कार्यस्थलमा ल्याएर थन्क्याएका छन् । तर ट्र्याक खोल्न ३१ हेक्टर जमिनको रूख हटाउनुपर्ने र जमिनको सट्टाभर्ना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई दिनुपर्ने ‘अनौठो सर्त’ ले सडक–सम्पर्कको योजना तामेलीमा बसेको छ ।

‘वन क्षेत्रले ओगटेको ३१ हेक्टर जमिनको मूल्य होइन, जमिन नै सट्टाभर्नामा चाहिने विभागको अडान अनौठो छ,’ यो सडक क्षेत्र समेटिने फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन वलुङ (शेर्पा) भन्छन्, ‘सट्टाभर्ना दिनलाई नम्बरी यति जमिन त सिंगो ओलाङचुङगोला क्षेत्रमा खोजी गरेर पनि भेटिन्न ।’

ताप्लेजुङको फक्ताङ्लुङ–७ को इलाडाँडा क्षेत्र, जहाँ पुगेर चट्टान फोर्न रोकिँदा सडकको ट्रयाक खुल्नै पाएको छैन । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

चट्टान रहेको क्षेत्रमा पर्ने रूख (६ सय २७ वटा) हटाउन र जमिनको क्षतिपूर्तिका लागि अर्थ मन्त्रालयले ५ करोड ५० लाख रुपैयाँको स्रोत पनि सुनिश्चित गरिसकेको छ । यो सडक सञ्जालमा आइपरेको अवरोध हटाउन जिल्लाका नेता योगेश भट्टराईसहितले विगतमा निकै सहयोग गरे पनि वन मन्त्रालयभित्रको तदर्थवादी कार्यशैलीले गाँठो नफुकेको वडाध्यक्ष वलुङ बताउँछन् । ‘तीन देश जोड्ने, त्यसमाथि यस भेगकै आर्थिक तथा सामाजिक चहलपहल बढाउने सडकलाई पूरा गर्न सबैको चासो हुनुपर्ने हो तर ओलाङचुङगोलावासीको मात्रै सरोकार हो झैं गरी सबै पन्छिरहेका छन्,’ उनले भने ।

मन्त्रिपरिषद् बैठकले गत वैशाख १४ मा इलाडाँडा–सुकेपानीमाथिको चट्टानी भूभाग र आसपासको रूख कटानी गर्ने सहमति दिए पनि निर्णयमा ‘उक्त कार्य कानुनअनुसार गर्नू’ भनेर दोहोरो आशय राखेको थियो । ‘स्रोतबापतको रकम बुझी सडक निर्माणको बाटो खोलिदिनू या राष्ट्रिय महत्त्वको सडक भएकाले बिनाअवरोध निर्माण गर्नू’ भन्ने निर्णय मन्त्रिपरिषद्ले गरिदिएको भए यति उल्झन बेहोर्नु नपर्ने वडाध्यक्ष वलुङ बताउँछन् ।

तमोर किनारमा पैदल यात्रु । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न विभाग हुॅदै कञ्चनजंघा संरक्षण क्षेत्रसम्म आउनुपर्ने हुन्छ । संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले यो सडक सञ्जाल सबैलाई आवश्यक रहेको उल्लेख गर्दै यससम्बन्धी दोधार तत्काल हट्नुपर्ने पक्षमा आफू रहेको प्रतिक्रिया दिए । निर्माण कम्पनीका अनुसार काम रोकिएपछि सातवटा एक्स्काभेटर मेसिन, एउटा जेसीभी, दुईवटा ट्र्याक्टर, एउटा डिजेल ढुवानी ट्यांकर, दुईवटा बोलेरो र ब्लास्टिङका लागि कम्प्रेसरलगायतका मेसिन थन्किएका छन् । यही काममा खटिएका ४५ जना कामदार पनि त्यत्तिकै छन् ।

ओलाङचुङगोलामा जन्मेर देश/विदेशमा रहेका गाउँलेको समूहले स्वेच्छामा रकम संकलन गर्दै गोलादेखि चिनियाँ सीमा टिपतालासम्म आफैं सडक खनाएका हुन् । गोलामै जन्मेहुर्केका नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, अमेरिकामा व्यवसाय गर्ने तेन्जिङ उक्याव, समाजसेवी याङकिला शेर्पा, तामला उक्यावसहितले समूहमा मिलेर सडक निर्माणका लागि करिब चार करोड रुपैयाँ उठाएका थिए ।

ढुंगा फोर्दै कामदार । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन वलुङ (शेर्पा) का अनुसार टिपतालासम्म पुग्ने सडकको ट्र्याक खुलेपछि दुई वर्षजति चिनियाँ साना सवारीसाधन ओलाङचुङगोलासम्मै आउन थालेका थिए । तर, करिब तीन वर्षअघि कोरोना संक्रमण बढेपछि चीनबाट सवारीसाधन आउन बन्द भयो, यो सडकको मर्मत सम्भार पनि रोकियो । अहिले पनि चिनियाँ कम्पनीका डोजर, क्रेनसहितका केही गाडी गोला–टिपताला सडकमै अलपत्र देखिन्छन् ।

गोला–टिपताला मात्र नभएर गोलादेखि तल इलाडाँडा पारिसम्मै ट्र्याक खन्ने जिम्मा चिनियाँ कम्पनीले लिएको थियो । कोरोना संक्रमणको लहर र चीनले टिपताला नाका बन्द गरेपछि चिनियाँ कम्पनी गोलातर्फ छिरेको छैन । त्रिदेशीय सम्पर्क हुने नाकाको महत्त्व बुझेर चीनले टिपतालामा सुक्खा बन्दरगाह निर्माण गरिसकेको छ ।

रानीपुलदेखि ओलाङचुङगोलासम्मको ३७ किलोमिटर लामो माथिल्लो खण्ड निर्माणको ठेक्का पेम्बा ठिले शेर्पाले लिएका छन् । यही खण्डमा करिब १२ सय मिटरको चट्टानको तगारो छ । ‘यो आर्थिक वर्षभर म पहल गर्छु, भएन भने सबै योजना र सपना अन्त्य हुन्छ,’ पेम्बा ठिलेले भने ।

जोगबनी–टिपताला सडकअन्तर्गत मूलघाट–सुवाङखोला सडक खण्ड (९५ किमि) परियोजनाका प्रबन्धक कुवेर नेपाली राज्य संयन्त्र र निजी क्षेत्रको सहयोग र सहकार्यमा अवरोध हटाएर काम अघि बढाउनुपर्ने धारणा राख्छन् । राष्ट्रिय गौरवको आयोजना नभए पनि प्राथमिकतामा रहेको यस सडक आयोजना पूरा भएपछि नेपालकै नमुना बन्न सक्ने उनको भनाइ छ । ‘यसै अन्तर्गतको मूलघाट–सुवाङखोला खण्ड जग्गा अधिग्रहणबिनै सर्वपक्षीय सहमतिमा अघि बढेको छ,’ उनले भने ।

तमोर करिडरअन्तर्गत सुवाङ खोला–दोभान–ओलाङचुङगोला सडक योजनाका प्रबन्धक अमिन्द्र खड्काले इलाडाँडा–सुकेपानीमाथिको चट्टान हुँदै सडक खोल्ने हकमा जग्गाको सट्टा जग्गा दिनुपर्ने सरकारको निर्णयले जटिलता आइपरेको बताए । ‘त्यहाँको रूख काट्ने अनुमति रहे पनि राष्ट्रिय वन र संरक्षण वनका हकमा रहेको फरक व्यवस्थाका कारण कठिनाइ आएको हो,’ उनले भने, ‘राष्ट्रिय वनका हकमा पैसा दिएर सट्टाभर्ना गर्न मिल्छ तर संरक्षण वनका हकमा यसो गर्न नमिल्ने रहेछ ।’

तर सिंगो क्षेत्रको सामाजिक–आर्थिक सरोकारलाई हेरेर राष्ट्रिय सहमतिमा उक्त क्षेत्रको वन र जग्गा उपयोग गरेबापत पैसा सट्टाभर्ना दिने प्रबन्ध मिलाउनुपर्ने उनले सुझाए । वन सचिव पेमनारायण कँडेलले चट्टान फोर्ने विषयमा वन मन्त्रालय र कानुन मन्त्रालयसहितले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताए ।

‘हालै वन नियमावली–२०७९ आएको छ, यसले संरक्षण क्षेत्रका विषयमा पनि सहजीकरणको उपाय दिएको छ,’ उनले भने । नयाँ नियमावलीमा संरक्षित क्षेत्रमा सडक निर्माण वा अरु विकास संरचनाका काम गर्दा जग्गा सट्टाभर्ना दिन नसके पैसा दिन सकिने प्रबन्ध गरिएको उनको भनाइ छ । ‘ओलाङचुङगोला जोडिने सडक आयोजनाको इलाडाँडा–सुकेपानी क्षेत्रको अवरोध छिट्टै हटाउने गरी कानुन मन्त्रालयसँग परामर्श गरिरहेका छौं,’ उनले भने, ‘केही महिनाभित्रै सडकको तगारो

धेरैले चिन्ने र नाम लिने गरेको ओलाङचुङगोलादेखि २५ किलोमिटर दूरीमा छ चिनियाँ नाका टिपताला । सीमावर्ती बिन्दु टि.....

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थ...
30/10/2022

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्न कमर्सियल ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिनुपर्ने सर्त राखेको छ।
Tata
Global Ime
Riddhi siddhi Cement
कमर्सियल ग्राउण्ड ह्याण्डलिङसमेत गर्ने गरी अनुमति दिए मात्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न सकिने हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले बताए। 'सरकारले सुविधा दिएको अवस्थामा हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्न तयार छौं,' उनले भने।

कम्पनीले दिगो व्यवसायिक योजनाअनुसार भैरहवाबाट गर्न सकिने उडानका सम्भावना अध्ययन गरिरहेको उनले बताएका छन्। 'सरकारले आधारभूत सुविधा दिएदेखि हामी यो विमानस्थलबाट नियमित उडान गर्ने तयारीमा छौं,' उनले भने, 'हाम्रो क्षमता अनुसार सरकारले व्यवसायिकरूपमा ग्राउण्ड ह्याण्डलिङ पनि गर्न दिए हामी यो विमानस्थलबाट सेवा सुरु गर्छौ।'

लामो समय र वैदेशिक ऋण लगानीमा बनेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले पूर्वघोषित योजनाअनुसार बिजनेस ल्याउन सकेको छैन। हाल यो विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले मात्र साताको तीन वटा उडान गर्दै आएको छ। अबुधाबी बेस रहेको विज एयरले आगामी आइतबार (अक्टोबर ३०) देखि नियमित उडान सुरु गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

काठमाडौंको चाप घटाउने भनिएको विमानस्थल तयार भए पनि वायुसेवा कम्पनीहरु भैरहवाबाट उडानमा आकर्षित छैनन्। नागरिक उड्डयन प्राधिकरणले नै यसका लागि काम गर्न नसकेको देखिएको छ। भैरहवाबाट उडानका लागि वायुसेवा कम्पनीहरुले बढीको सुविधा लिन 'बार्गेनिङ' गरिरहेका छन्। त्यही क्रममा हिमालयले पनि ग्राउन्ड ह्यान्डलिङ सुविधा माग गरेको हो।

हिमालयले आफ्नो सेवा सुरु गरेसँगै विमानस्थलमा वायुसेवा प्रदायक कम्पनी थपिनका साथै केही गन्तव्यमा लागू हुँदै आएको भाडादर सस्तिने प्राधिकरणले जनाएको छ। जीबीआइएबाट हुने उडान गन्तव्यबारे भने हिमालयले टुंगो गरिसकेको छैन।

सेल्फ ग्राउण्ड ह्याण्डलिङमा किचलो

ग्राउन्ड ह्यान्डलिङ सेवामा वायुसेवा कम्पनीहरु चनाखो छन्। यसमा नेपाल वायुसेवा निगमको एकाधिकार जस्तै छ। जसलाई प्राधिकरणले न सुधार्न सकेको छ, न त हस्तक्षेप गर्न।

हिमालयले दुई वर्षअघि नै सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमति पाए पनि काम गर्न नपाएको उपाध्यक्ष श्रेष्ठले बताएका छन्। 'सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिन सरकारले समर्थन गरे पनि हामीले प्रक्रिया सुरु गर्नै पाएनौं,' उनले भने, 'हामीले सबै कानुनी प्रक्रिया पुरा गरिसकेका छौं। अन्तर्राष्ट्रिय चलन अनुसार होम बेस एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न सक्ने व्यवस्था छ। तर हामीले कानुनी मापदण्ड पुरा गर्दा पनि यो सेवा दिन नसकेको अवस्था छ।'

हाल ग्राउण्ड ह्याण्डलिङ सेवा लिएवापत कम्पनीले नेपाल वायुसेवा निगमालाई हरेक महिना करोडौं रुपैयाँ तिर्दै आएको उनले जानकारी दिए।प्राधिकरणका पदाधिकारी निजी क्षेत्रका कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङ सेवा दिन पाउने प्रक्रियामा अगाडि बढाउने योजना बताउन चुक्दैनन्। तर राजनीतिक नियुक्ति पाउने पदाधिकारी फेरिन्छन्, ग्राउन्ड ह्यान्डलिङ सेवामा एकाधिकार हट्दैन।

नेवानिका लागि ग्राउन्ड ह्यान्डलिङ आम्दानीको दरिलो स्रोत हो। निगम व्यवस्थापनमा फितलो बनेको प्रभाव सेवा प्रवाहमा पर्ने देखिएकाले जोखिम नियन्त्रणका लागि कारवाही अगाडि बढाउन लागेको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले एक कार्यक्रममा बताएका थिए।

'कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सक्ने कानुनमा छ,' उनले भनेका थिए, 'नेपाल वायुसेवा निगमले दिदै आएको यो सेवामा प्रश्न उठ्दै आएको छ। निगमका कर्मचारी आन्दोलन हड्तालमा आए सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन्छ। यो जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक छ। कानुनले समान कार्यन्वयन र विकल्पका लागि क्यान सचेत छ।'

दुई वर्ष अगाडि मुलुकमै दर्ता भएको वायुसेवा रहेकाले सरकारले हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको थियो। निगमको आम्दानीको स्रोतमा प्राधिकरणले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध भयो। त्यसले प्रक्रिया अघि बढेन।

यती समूह र चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्टको लगानी रहेको हिमालय अहिले फेरि ग्राउण्ड ह्याण्डलिङ आफैं गर्न पाउनुपर्ने सुविधा माग्दैछ। नेवानिका अधिकारीहरु भने संशकित छन्।

१६ वर्षअघि नै थियो कमर्सियल ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने योजना

नेपालमा सरकारको एकाधिकार रहेका उद्योग, कम्पनी तथा सेवाको गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गरेको छ। सरकारले बेला बेलामा निजी क्षेत्रको जिम्मा दिएका उद्योग, कम्पनी र सेवा विवादरहित हुन सकेका छैनन्। न त जिम्मा दिइनु हुँदैन भनेर उठ्ने आवाजले गुणस्तर सुधार्न कोसिस गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेवानिको ग्राउण्ड ह्याण्डलिङ सेवा फितलो भएपछि सन् २००६ मै नागरिक उड्डयन प्राधिकरणले कुनै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई दिने तयारी गरेको उड्डयन विज्ञ त्रित्न मानन्धरले बताए। तर उक्त निर्णयमा अडान लिएर कार्यान्वयनमा लैजान कुनै पदाधिकारी दह्रो हुन सकेनन्।

उनका अनुसार त्यो बेला रातको समय ग्राउण्ड ह्याडलिङका कर्मचारीले मदिरा सेवन गरेको रिपोर्ट आएको थियो। निगमले लापरवाही गर्दा मुलुकको विमानस्थलको छबिमा प्रश्न उठ्ने जोखिम देखेर प्राधिकरणले ग्राउन्ड ह्याण्डलिङ कुनै व्यवसायिक कम्पनीको जिम्मा दिने योजनामा छलफल गरेको थियो।

'यसैलाई मध्यनजर गर्दै त्यतिखेर साँझ ६ बजेपछि कुनै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यो जिम्मेवारी दिनका लागि खुला दर्खास्त आह्वान गर्न प्रस्ताव गरिएको थियो। तर बोर्डबाट यो पास हुन सकेको थिएन,' विज्ञ मानन्धरले भने।

कुनै पनि कम्पनीलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिनु स्वाभाविक हुने उनको मत छ। ऐन नियमावली अनुसार कुनै पनि वायुसेवा कम्पनीले यो जिम्मा लिन सक्छन्। 'भएभरका सबै कम्पनीलाई दिनुपर्छ भनेर पनि हुँदैन। सबैलाई दिइयो भने विमानस्थलको क्षमताले धान्न मुस्किल हुन्छ,' उनले भने, 'स्वदेशी वायुसेवालाई यो जिम्माबाट बन्चित गराउन हुँदैन। यसो भयो भने कुनै पनि समस्या आएको अवस्थामा विकल्प हुन सक्छ।'

तर ग्राउन्ड ह्यान्डलिङ सेवामा हस्तक्षेप गर्न प्राधिकरण मात्रै होइन सरकार नै डराउने गरेको छ।

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट....

लुम्बिनी भैरहवा दोस्रो
18/05/2022

लुम्बिनी भैरहवा दोस्रो

Nepal Inaugurated its 2nd International Airport in 73 years today. The Gautam Buddha International Airport is at Bhairahawa.

Jazeera Airways flight J9545, KWI-BHA (Kuwait City- Bhairahawa) with an Airbus A320 Neo became the inaugural international passenger flight into the new Gautam Buddha International Airport.

Photo Courtesy- Daman Basnet/Sanjay Bajimaya/ Ram BK

२०७८ बिजया दसौं नेपाल् जान निम्ति Booking 9717133531.....7290070082Raju भुजेल    9871824566नेपाल् सम्पर्क  9857077511......
22/09/2021

२०७८ बिजया दसौं नेपाल् जान निम्ति Booking

9717133531.....7290070082

Raju भुजेल 9871824566

नेपाल् सम्पर्क 9857077511...9801091469

05/07/2021

9857077511......9801091469

15/05/2021

India 2 Nepal यात्रा को निम्ति हामी निरन्तर सेवा मा छौँ

राजु भुजेल .........9871824566

कमल भुसाल ......8383845774

श्रीराज तिमिल्सिना ...... 9717133531

Innova / आर्टिका / १५ seater High Deck winger / ४ seater Car Booking का निम्ति सम्पर्क गर्नु होला ?????

14/04/2021

बिक्रम सम्बत २०७८ साल को यात्रु हरु मा हर्दिक मंगलमय शुभकामना

२०७७ / १२ / १५ / १६ फागु पुर्णिामा ( होरि ) को सम्पुर्ण यात्रु जन मा हर्दिक मंगलमय शुभकामना
28/03/2021

२०७७ / १२ / १५ / १६ फागु पुर्णिामा ( होरि ) को सम्पुर्ण यात्रु जन मा हर्दिक मंगलमय शुभकामना

India 919717133531नेपाल् सम्पर्क 9857077511..........9801091469kathmandu 2 Delhi ; IC 2750 /(N C 4400)pokhara 2 Delhi ; ...
26/03/2021

India 919717133531

नेपाल् सम्पर्क 9857077511..........9801091469

kathmandu 2 Delhi ; IC 2750 /(N C 4400)
pokhara 2 Delhi ; IC 2500 /( N C 4000)
Narayanghat 2 Delhi ; IC 2200 / ( N C 3520)
Butwal 2 Delhi ; IC 1800 / ( N C 2880)
Delhi 2 kathmandu ; IC 2750 /(N C 4400)
Delhi 2 pokhara ; IC 2500 /( N C 4000)
Delhi 2 Narayanghat ; IC 2200 / ( N C 3520)
Delhi 2 Butwal ; IC 1800 / ( N C 2880)

दैनिक दिल्ली ऋषिकेश देहरादुन सुबाथु मुम्बई पुने Goa Banglore चेन्नै केरलाindia सम्पर्क कमल भुसाल नेपाल सम्पर्क 985707751...
06/02/2021

दैनिक दिल्ली ऋषिकेश देहरादुन सुबाथु मुम्बई पुने Goa Banglore चेन्नै केरला

india सम्पर्क कमल भुसाल

नेपाल सम्पर्क 9857077511....9801091469

नयाँ भाडा दर कयम गरिएको विवरण 1200 रुपैया भारु दिल्ली सम्पर्क  9958094502बुटवल सम्पर्क श्रीराज तिमिल्सिना 9857077511 / 9...
22/12/2020

नयाँ भाडा दर कयम गरिएको विवरण 1200 रुपैया भारु

दिल्ली सम्पर्क 9958094502

बुटवल सम्पर्क श्रीराज तिमिल्सिना
9857077511 / 9801091469

जीवन अधिकारी
9842907891 / 9817508634

दाङ देउखुरी
9809807907 / 9864922219

दैनिक दिल्ली 2 Nepal श्रीराज तिमिल्सिना  009779857077511 / 009779801091469 / जीवन अधिकारी  9842907891
30/11/2020

दैनिक दिल्ली 2 Nepal श्रीराज तिमिल्सिना 009779857077511 / 009779801091469 / जीवन अधिकारी 9842907891

Address


Telephone

+9779857077511

Website

Alerts

Be the first to know and let us send you an email when Delhi 2 Nepal Tour Volvo Scania Bus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share