
16/04/2025
१७८० वटा थप नयाँ राहदानी बनेर आएको सम्बन्धी सूचना !
--------------------------------------------------
राहदानी नवीकरणको लागि २७ मार्च २०२५ सम्म आवेदन दिनुभएका संलग्न लिंक https://shorturl.at/P4y3I मा नाम समावेश भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुंदा आफ्नो नयाँ राहदानी बुझिलिनको लागि पुरानो राहदानी र राजस्व तिरेको सक्कल रसिद सहित राजदूतावासमा यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
पूर्वी क्षेत्रमा राहदानी वितरण
राहदानी बुझ्ने स्थान दमाम राखेका तथा उल्लिखित लिंक https://shorturl.at/P4y3I मा नाम समावेश भएका आवेदकहरूको राहदानी १८ अप्रिल २०२५ शुक्रबार दमामको अल असेम रेष्टहाउस फर फेस्टिवल, अल फैसलियाबाट बिहान ८:०० बजे देखि ११:०० बजेसम्म वितरण हुने व्यहोरा जानकारी गराइन्छ । यसअघि प्रकाशन गरिएको लिष्ट एवं सोभन्दा अघिका लिष्टमा नाम आइसकेको भएपनि अझै राहदानी लिन बाँकी रहेका तथा राहदानी बुझ्ने स्थान दमाम भएका आवेदकको राहदानी पनि सोही स्थानबाट सोही मिति र समयमा वितरण गरिने छ ।
नयाँ राहदानी बुझ्न पुरानो राहदानी सक्कल र राजस्व तिरेको सक्कल रसिद सहित आवेदक स्वयं उपस्थित हुनुपर्ने छ । कम्पनीको आधिकारिक पत्र पेश गरेको खण्डमा पत्रमा उल्लिखित आवेदकको राहदानी तोकिएको व्यक्तिलाई निजको परिचय एकिन गरी (अकामा हेरी) दिन सकिने छ ।
दमामको अल असेम रेष्टहाउस फर फेस्टिवल, अल फैसलियाको लोकेशनः https://goo.gl/maps/mM9umqbEP5eTPKob8
यदि कसैको ठाँउ परिवर्तन भएको छ भने राजदूतावासको फोन: ०११४६१११०८ मा कार्यालय समयमा फोन गरेर जानकारी गराउनु होला।
--------------------
नेपाली राजदूतावास, रियाद ।
१६ अप्रिल २०२५
Find local businesses, view maps and get driving directions in Google Maps.