Dasrath Gurung

  • Home
  • Dasrath Gurung

Dasrath Gurung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dasrath Gurung, Travel Agency, .

16/06/2022
20/05/2022

लामाे समयदेखिकाे आफ्नो गढ जिल्ला दाेलखाका धेरै स्थानबाट एमाले बढारिएकाे छ । २०७४ मा ९ मध्ये ७ स्थानीय तह र ७४ मध्य...

नेकपा मावबािदलाई हसिया हथैढामा मतदान गरी बिजयी गराऊ
02/05/2022

नेकपा मावबािदलाई हसिया हथैढामा मतदान गरी बिजयी गराऊ

गौरीशंकर गाउपालिका अध्यक्ष उमेदवार बिश्वास कार्की र प्यानलको साझा प्रतिवद्धता पूर्ण पाठ -
(क) खानेपानी तथा सिंचाइः
 घरघरमा खानेपानीको धारा सहितको स्वच्छ पानी व्यवस्था गरिनेछ ।
 कृषियोग्य भूमिमा सिंचाइ तथा थोपा सिचाइ व्यवस्थापन गरिनेछ ।
(ख) शिक्षाः
 मेरो विद्यालय म बनाउँछु प्रधानाध्यापक कार्यक्रम मार्फत प्रत्येक वर्ष सिकाइ उपलब्धी वृद्धि गर्न जिम्मेवार र शिक्षकलाई जवाफदेही बनाइनेछ ।
 यस पालिका भित्रका सबै माध्यमिक विद्यालय आवासीय व्यवस्थापन गर्दै कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था गर्दै लैजाने,
 विपन्न विद्यार्थीहरूलाई निशुल्क पोशाक र पाठ्यसामग्रीको व्यवस्था गर्ने,
 कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने
 माध्यमिक विद्यालयहरूलाई क्रमश स्कुल बसको व्यवस्था गर्दै जाने ।
 हरेक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरी १० जनालाई एमबीबीएस, इन्जिनियर, सिए, कृषि तथा पशु चिकित्सक जस्ता दक्ष जनशक्ति उत्पादनका लागि छात्रवृत्ति व्यवस्था गर्ने
 विद्यालयस्तरमा गुणस्तरीय, व्यवहारिक, प्राविधिक तथा नैतिक शिक्षामा जोड दिइनेछ ।
 माध्यमिक विद्यालयहरुमा विषयगत प्रयोगशालाको व्यवस्था गर्ने
 आधारभूत तहमा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने
(ग) जनस्वास्थ्य ः
 हरेक स्वास्थ्य चौकीमा एम्बुलेन्स व्यवस्था गर्ने
 आकस्मिक सेवा दिनु परेमा उपचार स्थानसम्म निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने,
 हरेक स्वास्थ्य चौकीमा दिर्घ रोगी (सुगर, उच्च रक्तचाप) जस्ता रोग परीक्षणका लागि प्रयोगशाला स्थापना र औषधी व्यवस्था गर्ने
 मुटु रोग, क्यान्सर, मृगौला डायलोसिस जस्ता रोगीलाई आर्थिक सहयोग गर्ने,
 सबै महिलाहरूलाई स्वस्थ्य चौकीमार्फत सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने,
 वडाको सिफारिसमा विपन्न समुदायलाई उपचार गर्न नसक्नेहरूलाई आर्थिक सहयोगको व्यवस्था गर्ने,
 हरेक वडामा विशेषज्ञ चिकित्सक सहितको घुम्ती स्वास्थ्य शिविर वार्षिक रुपमा सञ्चालन गर्ने,
 महिला स्वास्थ्य स्वयम्सेविकाको सेवासुविधा समयसापेक्ष वृद्धि क्षमता विकास पनि गराउने
(घ) यातायात, सडक तथा भौतिक निर्माणः
 सिद्धाकोथान–सुरी सडक, पुक्ति खोला–पिखुती सडक, भोर्ले–गाउँपालिका केन्द्रसम्मको सडक, पिखुती–मानेडाँडा सडक, भोर्लेदेखि मार्बू, टुनिटार–खारे, गुरुम्फी–चंखु, गुरुम्फी–मस्तिङ–चङ्खु सडक संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा स्तरोन्नती गर्दै क्रमशः ढलान र कालोपत्रे गर्दै लगिने छ ।
 अत्यावश्यक बाहेकका सडक नयाँ ट्रयाक नखोल्ने, ट्रयाक खुलेका सडक स्तरोन्नती गर्दै १२ महिना सञ्चालनयोग्य बनाउने,
 सडकको पहुँचबाट बाहिर रहेको गौरीशंकर गाउँपालिका वडा नं. ९ को टासिनाम, सिमिगाउँ, रिगुसम्म सडक निर्माण गर्ने
 हरेक टोल बस्तीबाट वडा कार्यालयसम्म पुग्ने सहज पहुँच मार्ग बनाउने, ९ वटै वडाबाट गाउँपालिका केन्द्रसम्म पुग्ने द्रुत मार्ग निर्माण गर्ने
 छ्योत्छ्योत–सिमिगाउँ हुँदै बेदिङ– ना गाउँसम्म केबलकार निर्माण गर्ने (पिपिपि) अवधारणा अनुसार
 चंखु–कोयाङभञ्याङ, स्यामा, सडक जोड्ने,
 टोलबस्तीबाट विभिन्न कामका लागि गाउँपालिका कार्यालयसम्म आवत जावतको लागि कार्यविधि बनाएर यातायातको व्यवस्था गरिनेछ ।
(ङ) कृषि, पशुपालन तथा वनः
 आधुनिक कृषि प्रणालीमा प्रोत्साहन गर्ने,
 सहज बीऊ विजनका लागि बीऊ बैंक सञ्चालन गर्ने,
 भुगोल अनुसार एक घर न्यूनतम १० फलफुल खेती अभियान सञ्चालन गर्ने
 भुगोल अनुसार आलु, खुर्पाने, केरा, अम्बा, कफि, चिया, अलैंची, कागती, किबी पकेट क्षेत्र विकास गर्ने,
 तरकारी, फलफूल र दुध बिक्री गर्ने किसानलाई परिमाणका आधारमा निश्चित अनुदानको व्यवस्था गर्ने
 खाली र बाँझो रहेका जग्गा सदुपयोग गर्ने नीति लिइ खेती गर्ने अभियान सञ्चालन गर्ने
 मासुजन्य कुखुरा, हाँस, कालिज जस्ता पंक्षि तथा बाख्रा, भेडा, भैंसी पालन फर्म सञ्चालन गर्ने व्यवसायलाई प्रोत्साहन दिने र बिक्रीका आधारमा निश्चित अनुदान दिने व्यवस्था गर्ने
 प्रत्येक वडामा चिस्यान केन्द्रको व्यवस्था गर्ने,
 उत्पादित कृषि सामग्रीको बजार व्यवस्था गर्ने,
 बीऊ विजन, आलु तथा तरकारी फलफूल भण्डारणका लागि शितभण्डार व्यवस्था गर्ने
 बहुमूल्य जातका कृषि वनमा आधारित नर्सरी स्थापना गर्ने
 वडा–वडामा माटो परीक्षण घुम्ती सेवा र रोगकिरा नियन्त्रण अभियान सञ्चालन गर्ने
 बाली बीमा, पशुबीमा र किसान बीमाका लागि गाउँपालिकाले थप अनुदान व्यवस्थापन गर्ने
 बाँदर, दुम्सी मृर्ग जस्ता जनावरले बालीनालीमा पु¥याउने क्षतिपूर्तिका लागि कार्यविधि बनाएर व्यवस्था गर्ने,
(च) रोजगार र स्वरोजगारः
 एक घर एक रोजगारको व्यवस्था गर्ने,
 गाउँपालिका भित्र सञ्चालन हुने जलविद्युत आयोजना, उद्योग, विकास निर्माणका कामका लागि उपलब्ध भएसम्म गाउँपालिका भित्रै दक्ष जनशक्ति प्रयोगमा जोड दिने,
 स्वरोजगारमूलक सिप विकास तालिमपछि रोजगारीका लागि उद्यमशिलतामा सहयोग गर्ने
 घरमा नै बसी गर्न सक्ने कामको व्यवस्था गर्ने,
 वैदेशिक रोजगारमा जानेहरूका लागि तालिमको व्यवस्था गर्ने,
 वैदेशिक रोजगारबाट आएकाहरूलाई गाउँमा नै उद्यमी कार्यक्रम गर्न प्रेरित गर्ने,
(छ) आयआर्जन तथा स्थानीय सिप प्रवद्र्धनः
 राडी पाखी तथा लुकुनी निर्माणमा प्रोत्साहन गर्ने,
 चोयाबाट बन्ने विभिन्न सामग्री निर्माणमा सहयोग गर्ने,
 कृषि औजार तथा भाँडाकुँडा बनाउने, कपडा सिउने तथा जुत्ता चप्पल तयार गर्ने परम्परागत, गाउँघरमा भएका पेशालाई आधुनिकीकरण गराउने
 काठका विभिन्न भाँडा तथा सामग्री निर्माण गर्न प्रेरित गर्ने,
 वन तथा कृषिमा आधारित काष्ठ तथा गैरकाष्ठ उद्योगका लागि प्रोत्साहन गर्ने
 जडीबुटीबाट सञ्चालित उद्योग सञचालनमा प्रोत्सहान गर्ने,
 न्यूनतम् ५ जनालाई रोजगार दिने कृषि, पशुपालन तथा वनमा आधारित फार्म वा उद्योगलाई कार्यविधि बनाई अनुदानको व्यवस्था मिलाउने
(ज) सञ्चार प्रविधि, खेल तथा मनोरञ्जनः
 पालिकाको सबै बस्तीमा द्धन् सेवा सञ्चालनको सुनिश्चित गर्ने,
 मोबाइलको नेटवर्क नपुगेका बस्तीमा सेवा विस्तार गर्ने
 सबै विद्यालय, स्वास्थ्य चौकी लगायतका सार्वजनिक कार्यालयमा फाइबर सहितको इन्टरनेट सुविधा विस्तार गर्ने
 वडा तथा गाउँपालिकाबाट दिइने सेवा डिजिटल बनाउँने
 प्रत्येक वडामा एक खेल मैदान बनाउने,
 पालिकास्तरीय एक हाईअल्टिच्युड स्टेडिएम बनाउने
 खेलाडी उत्पादनमा जोड गर्ने र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरी पालिकाको सहयोगमा विशेष प्रशिक्षणको व्यवस्था गर्ने
(झ) पर्यटन पर्वर्धनः
 च्छ्योरोल्पा हिमतालसम्म पुग्ने प्रवेशद्वार छ्योतछ्योत सिमिगाउँ, टासिनाम, खारे र मार्बूको छ्योकुमहुँदै जाने पदमार्गको स्तरवृद्धि गर्ने,
 पर्यटकीय क्षेत्र अनुसार जातीय पहिचानका आधारमा संग्रहालय र घरबास (होम स्टे)को व्यवस्था गर्ने
 चेर्दुङसम्म सहज रुपले पुग्ने पदमार्गहरु निर्माण गर्ने,
 चंखू, मार्बुबाट कालोपोखरी, पाँचपोखरी र जटापोखरी पुग्ने पदमार्ग निर्माण,
 पिखुती–हुप्पा–हनुमन्ते पदमार्ग निर्माण,
 पर्यटकीय स्थलहरुको पहिचान गरी प्रबद्र्धनका लागि विशेष योजना निर्माण गरी कार्यान्वयन गर्ने
 विगू गाउँपालिकासँगको सहकार्यमा जगतदेखि सिंगटीसम्म तामाकोसीमा राफ्टिङ सञ्चालन गर्ने,
 सोथली पदमार्ग सुधार गर्ने,
 मठमन्दीर संरक्षण र सम्वद्र्धन गर्ने,
 गुम्बा र चर्च संरक्षण र सम्बद्र्धन गर्ने,

(ञ) सुशासन तथा न्यायीक सेवा
 सार्वजानीक खर्चमा पारदर्शीता, मित्यव्यायी र जवाफदेही पद्धती अपनाइनेछ ।
 गाउँपालिकाका सबै खर्चहरुलाइ मासिक रुपमा वेभसाइटमा अपलोड गरिनेछ ।
 हरेक योजनाको पारदर्शिता, जनसहभागीता र जनप्रतिनिधि र कर्मचारीको जवाफदेहिताका लागि सार्वजनिक सुनुवाइ, सार्वजनिक लेखा परीक्षण, सामाजिक परीक्षणको औजार प्रयोग गरिने छ ।
 जघन्य अपराध तथा अदालत जानै पर्ने भनि कानुनमा व्यवस्था गरेकाभन्दा बाहेकका झै झगडा, मुद्धाहरु सकेसम्म सरल रुपमा मेलमिलाप केन्द्र र न्यायीक समिति मार्फत वडा र गाउँपालिका भित्रै समाधान गर्ने संयन्त्र तयार गर्ने,
(ट) अन्यः
 वास्तविक किसान पहिचान गरी परिचय पत्र र किसान पेन्सनको सुरुवात,
 हरेक घरमा विद्युत सेवा प¥याउने, विद्युत प्रसारणमा प्रयोग भएका काठको पोल विस्थापन गर्ने र २० युनिटसम्म विद्युत निशुल्क गर्ने
 गाउँपालिका भित्रका भूमिहिनहरुलाई जग्गा वितरण गरी सुकुम्बासीमुक्त गाउँपालिका घोषणा गर्ने,
 आमाबा आयआर्जन कार्यक्रम,
 अपाङ्ग सहुलियत कार्यक्रम,
 सडक किनारामा फलफूलको वृक्षारोपन कार्यक्रम,
 सहकारीलाई ३ खम्बे अर्थनीति अन्र्तगत परिचालन गर्ने,
 नागरिकका बचत सुरक्षित र सहि क्षेत्रमा लगानीका लागि सहकारी क्षेत्रको अनुगमन, नियमन प्रभावकारी बनाउने,
 कृषिजन्य वस्तु उत्पादन, संकलन र बजारीकरणका लागि कृषि तथा बहुउद्देश्यीय सहकारीहरुलाई परिचालन गरिने ।
 विपत् राहत कोषको स्थापना गर्ने, बाढी, पहिरो, आगलागी, चटयाङ जस्ता पीडितका लागि तत्काल राहत र पुर्नबासको व्यवस्था गर्ने
 विपद्का कारण टहरामा बस्नु परेका परिवारका घर पुर्ननिर्माण गर्ने

07/04/2022
24/08/2021

ozaaa

24/08/2021

ozaa

Address


Website

Alerts

Be the first to know and let us send you an email when Dasrath Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share