Tal Pokhara

Tal Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tal Pokhara, Tourist Information Center, .

24/10/2023
औठी हराएको सूचना ॥ सम्बन्धित व्यक्तिले दिएको जानकारीको आधारमा यहि मिति २०७९ साल माघ २४ गते मंगलवारको दिन साँझ करिव ५ बजे...
11/02/2023

औठी हराएको सूचना ॥
सम्बन्धित व्यक्तिले दिएको जानकारीको आधारमा यहि मिति २०७९ साल माघ २४ गते मंगलवारको दिन साँझ करिव ५ बजेतिर तालपोखरामा दुङ्गा चढी मन्दिर जाने क्रममा तालपोखरा मा आउनुभएका एक पर्यटकले डुङ्गा चढ्ने ठाउँको सिडीमा औठी झरेको र उक्त औठी डुङ्गा चालकका अनुसार यस क्षेत्र बाट कसैले लिएर गएको भन्ने बुझिएकाले सो औठी तालपोखरा संरक्षण समितिको टिकट काउण्टरमा बुझाई इमान्दारिताको परिचय दिनुहुन अनुरोध छ । फिर्ता गर्नेलाई उचित पुरस्कारको व्यवस्था गरिनेछ । अन्यथा सिमित व्यक्तिहरुको नाम आइसकेको र तालपोखराको सि.सी. टि.भी. फुटेज समेत हेरेर कानुन बमोजिम अनुसन्धान को प्रक्रिया अगाडी बढाउने कुरा प्रष्ट पार्न चहान्छौं ।
तालपोखरा संरक्षण परिवार
रामपुर पाल्पा

02/01/2023

२०७९ मंशिर ११ देखि २०७९ पुष १८ सम्मको डुङ्गा टिकट आम्दानी रु ९००५० ( नब्बे हजार पचास ) भएको जानकारी गरिन्छ ।

रोजगारको लागी सुवर्ण अवसर यहि मिति २०७९ । ०९ / १७ गते बसेको तालपोखरा संरक्षण समितिको पहिलो वैठकको निर्णय अनुसार यस तालपो...
01/01/2023

रोजगारको लागी सुवर्ण अवसर
यहि मिति २०७९ । ०९ / १७ गते बसेको तालपोखरा संरक्षण समितिको पहिलो वैठकको निर्णय अनुसार यस तालपोखरा संरक्षण समितिलाई निम्नानुसारको योग्य र सक्षम कर्मचारी आवश्यक परेको हुनाले इच्छुक योग्यताप्राप्त नेपाली नागरिकले दरखास्द दिन आहृवान गरिन्छ ।
पदः कार्यालय सहायक ( १ )
जिम्मेवारी : दैनिक कार्यालय संचालन / डुङ्गा संचालन टिकट व्यवस्थापन तथा लेखा राख्ने
योग्यता : १२ पास वा सो सरह
सीपः कम्प्युटर चलाउन जानेको
उमेर : १८ वर्ष पुरा भएको ४० वर्ष ननाघेको
तलव / सुविधा : आपसी समझदारीमा
निवेदन दस्तुर : रु २००
इच्छुक ब्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि सहित मिति २०७९ / ०९ / २४ आइतवार सम्ममा निवेदन दिनुहुन जानकारी गरिन्छ ।
अध्यक्ष
भरतराज देवकोटा
तालपोखरा संरक्षण समिति
रामपुर न.पा . ६ तालपोखरा

01/01/2023

तालपोखरा संरक्षण समितिको चौथो अधिवेशन (2079/09/16) वाट आगामी ३ वर्षको लागि भरतराज देवकोटाको अध्यक्षतामा निम्नानुसारको सदस्य रहेको समिति गठन भएको छ । सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना ।
1. अध्यक्ष : भरतराज देवकोटा
2. उपाध्यक्ष : मित्रा ढकाल
3. सचिवः शिव देवकोटा
4. कोषाध्यक्ष : लक्ष्मी ढकाल
5. सदस्य : सुदन प्रकाश रेग्मी
6. सदस्यः कृष्ण कुमार अर्याल
7. सदस्य : जनक भण्डारी
8. सदस्यः डेमा देवकोटा
9. सदस्यः हुमा देवी देवकोटा
10. सदस्य : घनश्याम ढुङ्गाना
11. सदस्य : सन्तोष पौडेल
12. सदस्यः सिता भण्डारी
13. शिवराम कँडेल
14. गंगा परियार
15. सन्तोष देवकोटा

31/12/2022
25/12/2022

उपस्थितीकोलागि हार्दिक निमन्त्रणा ॥
यहि मिति २०७९/०९/१६ गते शनिवारका दिन यस तालपोखरा संरक्षण समितिको नयाँ समिति पुर्नगठन गर्ने उद्देश्यका साथ भेला राखिएको हुदा संस्थाका धनधान्याचल महायज्ञका अध्यक्ष, विभिन्न उपसमिती, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, समितीका पूर्व समितिका सदस्यहरु, सल्लाहकारहरु, वडा अध्यक्ष तथा सम्पूर्ण सदस्यहरु, वडाको राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु, वुद्धिजिवी, समाजसेवी, दानदाताहरु, संस्थाका साधारण, विशिष्ट तथा आजिवन सदस्यहरु, शुभचिन्तकहरु, पत्रकारहरु तथा सम्पूर्ण सरोकारवालाई उपस्थितीको लागि हार्दिक निमन्त्रणा गरेछौं ।
स्थान : तालपोखरा पार्क
समयः विहानको ८ बजे

अध्यक्ष तथा तालपोखरा संरक्षण समिति परिवार
रामपुर नगरपालिका ६, तालपोखरा

26/11/2022

२०७९ कार्तिक १३ देखि २०७९ मंशिर १० सम्मको डुङ्गा टिकट आम्दानी रु ९०१६० भएको जानकारी गरिन्छ ।

तालपोखराको सौन्दर्यता ।
09/11/2022

तालपोखराको सौन्दर्यता ।

Some photos of past programs of Taalpokhara
06/11/2022

Some photos of past programs of Taalpokhara

Address


Website

Alerts

Be the first to know and let us send you an email when Tal Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share