18/02/2024
आइतबारे रित्तो फूटनोट 👇🏾
निंद्रै लागेन चियों सिरकबाट उठेर झ्यालमा उभिदै गरेको सुर्यलाइ तिलाञ्जली ।हातमा त्यही रेगुलर कालों कफी कालो कालो सोचका कुरा 👉🏾 प्लिज कन्टिन्यु थिचे थिच्नुस नथिचे केही छैन, यो रिल हैन फोटो पनि छैन छ त बस डार्कडार्क डेडली कुरा 🙏
सधैको थेगो फुर्सदै छैन ! के घण्टाको फुर्सद छैन ? ८ घ.को जा...गिर अनी १६घ.के मा गिर्छौ हामी/म ? हो गिर्छौ हामी/म कहिले फेबुमा, भाइवरको अत्यावश्यक कलमा , वाट्सएयाप्सको टेक्टींङमा ,जुमका भिडीयो कल अरु थुप्रै छन भॉङभसुडी कसरी बिर्सीए इन्सटाग्राम ? आजकल त्यो गॉउ झन पपुलरलीनी चलेको छ टिकटकसंगको प्रतिस्पर्धाले गर्दा , रिलको जमाना छ । प्रसंग फुर्सदको थियो कता गिरेका बेक्मफुसे कुरा .....बेक्मफुसे भन्दा बिम्बआकाश गाउने गायिका बार्थिकाको झझल्को आयो । गज्जवको शब्द, त्यस्तै संगीत साथै दमदार मनुष्य हुन उनी मनकी धनी सोच, बिचार र भावनाकी करोड़पति । यसपाली त झन गेडा जस्तों ज़िन्दगीसंग आस्ट्रेलिया जाने क्रममा नर्केले पासपोर्ट हंगकंगमा हराए छ #टेंशन
हो यसरी मडारिन्छ मन बिचार अनी कॉहा छ फुर्सद ? कॉहा छ केही लेख्ने समय के लेख्ने खै प्लट खै पात्र खै ब्याकराउण्ड ? मनको बकवास गर्ने ? अबुइ ब्याकराउण्डको कुरा, भो नगरौ त्यो कुरा कस्को कस्को हेर्ने कस्लाइ समाउने कस्लाइ छोड़ने ? सबका सब माहान १०० मा १०० इ.........मान ! माफ़ गर्नुस इमा थोप्लाहरु कुदेछन मान पछाड़ी शान्त छ। भर्खरै दिवंगत आत्मीय मित्र स्व. मिस्टर एम मिस यु । तिम्रो स्टाइल शानदार थियो यार साथी । खेतॉ खेती कुमार भन्थौ।
बाबा जती त झन बाफरे , आजकलका एआइका कुरा गर्ने आध्यात्मिक स्मार्ट बाबा लौ देखी लस्सन केलाइदिने बाबाहरु इनका
इ........मान पहिला योग अलि पछि भॉडा मोल्ने सॉबुन देखी कण्डोम सम्म भोग। #पिताञ्जली ! जय बाबा रक्षा गर बाबा आउ सक्छौ भने ध्यान गर ध्यान स्यान गर यु नो स्यान राइट....। ध्यान हो यस्मा छ मज़ा ए सोलिड किक यू नो, त्यो लेबल अफ शुन्य। हो अब शुन्य हुदै समाधि तिर जाउ ।
यो वैशाखीमा चुरी किनौला हाइद्रावादी । लुकेर बसेको माया पिरती बङङै खोलौला । वाह माया पिरतीको कुरा , नगर एइ नगर एइ
खै कसरी शुरु गर्ने यो प्रेमको प्लट गहिरो छ चोटै चोट लागेको छ, मलम लगाउने हात हैन पाउ रहेछन यहॉ मिलाएर बुझ पातकी ।ढक्कन सही रहिछे। ज़िन्दगी जिउने, कुरा काटने अनि सिक्ने ज़रिया बनेको छ । कॉहा बाट सिक्ने रे बौवा ? हराए सबै कौवा कॉहा गए होला नी ति अबासी कॉगका बथान कही कतै तिनका हत्यारा हामी त हैनौ ?
प्लानेट अर्थ ए वनडरफूल ब्यूटीफ़ुल अर्थको वातावरणको अर्थ न वर्थ दोविन्दनाथ
सत्यानाश गर्ने हामी होमोसेपियन्स नै हौ । बसको झ्यालबाट मिनरल वाटरका प्लास्टिक बतलहरु र चिप्सका खोस्टा फ्याक्दै हात टकटकाउनेहरु रियल हत्यारा हुन । पुर्व पश्चिम राजमार्ग / डम्पीङ साइड बनाइ दिया । साला दिल बहुत रोता। निश्चित छ एक दिन हामी सबै चैइट हुनै पर्छ तर यो संसारलाइ हत्या गर्ने अधिकार कसैको छैन । थ्यत नेता जस्तो कुरा , भड़ास दिनु पर्छ टाइम आफ्टर टाइम मन हल्का हुन्छ । कती किलोको मन छ होला है प्रश्न मार्क ?
अहं आज कुनै प्लट आउदैन , मेरो कालों कफीलाइ दोस दिदै क्रीम मिलाएर पिउने गर तिम्रो मगज सहज होला की भनेर मस्का चस्का लगाउन आउदै होलीन भोली मिसेज़ फलानाकी बेब…। कस्ले देख्ने होला है भोली , हो भोलीले भोली नै देख्छ वर्तमान रुन्छ त्यो अर्कों पाप रहेछ । वर्तमानको हत्या गर्नु पाप नै हो त्यसको ज़िम्मेदार डर हो ।
मलाइ थाहा छ उसको पहिलो शब्द 👉🏾 किन पालेको दारी कस्तो सुहाएन तिम्लाइ👈🏾 म पनी भन्ने नै छु तिमी पाल न त दारी अ फ़ीमेल दारी। यस्तै छ यहाँ, के लेख्नु मुल मुद्धा ? हरेस नखाएस चरेस पनी नखाएस ।
मडारिरएका बादल अनी केश कहिले कॉही ऑखामा पस्छन पस्छन स्विकार गर्ने पर्ने हुन्छ , बिकल्प छैन । आज केही लेख्न सकिने वाला छैन ।
माफ़ गरिदिनु हुने नै छ भन्ने आशाका साथ एउटा कालों कफी अनी स्टकहोमको भाडाको घर जस्ले चॉडै अलबिदा सुन्ने नै छ म बाट म त चलदिन्छु।कालोकफी कालोसोच भगौडे भन्छन मलाइ । मलाइ मन पर्छन ती दाइ हाम्रो किणा सेमसेम
रुघा मर्कीले सताएको छ तॉतो पानी , किनेमाको झोल र सिद्रा माछाको सुपले मार्केट लिएको छ #थ्याङयु। अब सुत्छु भन्दै छु म ..........के तपाइसंग निंद्रा छ ? छैन भने कितावहरुसंग किन्नु न सरलतामा निदाउनु न , अरे यार न्याकेट आया न्याकेट जाना है । अब सुतौ ?
नो डेट टुडे अन्ली टाइम & स्पेस
#शिवेकु