03/09/2023
कर्णाली चिसापानीको नाम लिनु भन्दा पहिले तल्लो छिमेकि संगको हाम्रो बिगत हेरौं, जसले ८२% फाइदा(लेख अनुसार) उपभोग गर्नेछ।
हामिहरु मालामाल बन्छौं भनेर गरेको भारत संगको केहि संझौता पहिला हेरौं।
१) एक करोड युनिट सित्तैमा- गिरिजा बाबू जांदा भएको संझौता। (१२० मेगावाटको टनकपुर बाट करिव १.५ मेगावाट त्यो पनि संझौता अवधि समाप्त भए पछि)
२) १२६ अर्व पन्चेश्वर बाट पाउने हल्ला गराइयो। लगानी अनुसार प्रतिफल भनियो। सुन्दैमा कति राम्रो। अनि संझौतामा एक क्लिस्ट लाइन खुस्स घुसाइयो। " प्रयोग गरिरहेको पानीमा हक नलाग्ने भनेर"। हाम्रा रास्ट्र्सेवक र पार्टी आलोचित बने, अहिले पनि छन।एमाले पार्टी फुट्यो । अनि आयोजनाअगाडि बढ्यो। महाकाली पानी पूरा रेगुलेट गरेर सिंचाइ, खानेपानी, बाढी नियन्त्रण हुने गरि ३१५ मि अग्लो बांध बनाउन हामिले समर्थन जनाएर प्रोजेक्ट लागत बेसरी बढाइयो। अब हाइड्रोपावरमा धेरै फाइदा हुने भन्दै १५% भन्दा कम फाइदा हुने नेपाललाई कति लागत भिराउने कसरत हुदैछ।
३) नौमुरे बहुउद्देश्यीय आयोजना बनाइदिने भनेर दुई देशका प्र म हरुले (प्रचण्डजि को भ्रमण) संझौता गरेको, त्यो नाम निसाना छैन।
४) संसारकै सबैभन्दा सस्तो जलाशययुक्त ४१८० मे वा उत्पादन हुने आयोजना मासेर बर्षामा ९०० मे वा उत्पादन हुने आयोजना जि यम आर लाई दिनु आत्मघाती हुन्छ भनेर यो पंक्तिकार लगायत दर्जनौ जलश्रोतका सरोकारवालाले संझौता नगर्न मुख्य सचिव, दर्जनौं सभासद, प्राकृतिक श्रोत समिती अध्यक्ष, योजना आयोग उपाध्यक्ष, मन्त्री हरु र प्र म हरुलाइ अनुरोध, दवाब दिइयो। तत्कालिन मुख्य सचिव र केही सभासदको पहलकदमिको वावजुद केही लागेन।
५) अवत संझौतै नगरी किस्तीमा बर्षको ३० अर्व नजराना बुझाउन ६५,००० रोपनी जग्गा डुवानमा पार्दै ६०,००० नेपाली लाई बिस्थपित गर्दैछौं । केही बिग्रेको छैन, हाम्रामा कृषिमा काम गर्ने मान्छेनै छैनौं। डलर बाहिरबाट आएपछि भारुमा चामल किन्न पाइएला नि।
६) ५ अर्व डलर एउटै आयोजना बाट बर्सेनि आउने भएपछि त हामी त संसारमै धनी हुने भै हालियो नि। हाम्राे प्र म ले त नाम लिन थाली सक्नु भएको छ चिसापानी आयोजनाको।
७) शुभकामना छ हामी सबैलाइ।
भुटानले चेत्यो, सवक(कुनैबेला सेयर गरौंला) सिकाएर सम्पन्न बन्यो। यी सबैमा मुलत: हाम्रै कमजोरी प्रमुख हो । त्यो सद्बुद्दी माथिल्लो तटमा भएका हामिलाइ कहिले आउला?
(HPP Sir)
कर्णाली चिसापानी बहुद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययनको प्रारम्भ सप्तकोशी जलाशययुक्त आयोजनाको विकल्पका र....