Everest Region Trek

  • Home
  • Everest Region Trek

Everest Region Trek This page is automatically generate on the basis of face book user interest.

16/10/2018

Source : Lhakpa Tsheri Sherpa (KPRM)

सन्दर्भ खुम्बु क्षेत्रको #रूमकोपैसा
सगरमाथा (Everest) रहेको क्षेत्र अर्थात खुम्बु क्षेत्र जहाँ बार्षीक पैतालीस हजार भन्दा बढी टुरिष्टहरू गुम्न आउछन् । यहि क्षेत्रको पर्यटन नै धेरै जनाको ब्यबसाय र रोजगार बनेको छ ।
त्यहि मध्ये पर्यटकहरूलाई सेवा सुविधा दिए वापत केहि पैसा आम्दानी गर्ने आशाले करोडौं पैसा लगानी गरेर होटल तथा लजहरूको स्थापना गरेर ब्यबसाय चलाउनेहरू पनि हुन्।
पुर्ख्यौली पेशा नभई पर्यटकको आगमन सँग सँगै सिक्दै आएको यो ब्यबसाय पछिल्लो समय धरासयमा पर्दै गएको छ । राम्रो सेवा सुविधा दिएर पर्यटक र पर्यटक ल्याउने गाईड तथा एजेन्सीहरूलाई आकर्षण गर्नको सट्टा रूम फ्रि मा दिएर हुन्छ कि , खाना फ्रि मा दिएर हुन्छ वा रक्सी र मासु दिएर लोभ्याउन सकिन्छ अनि त्यसको सट्टा महँगे मेनु बनाएर बिदेशिलाई बेच्ने भनि होटल ब्यबसायीहरूबिच एउटा अस्वस्थ प्रतिस्पर्धाको सिर्जना भयो ।त्यसैको फाईदा उठाउदै एजेन्सी र गाईडहरूले पनि होटल छनौट गर्दा त्यसको गुणस्तर भन्दा पनि त्यहा के के फ्री मा पाईन्छ भनि खोज्न थाले।
जसको कारण रूमको पैसा सहित प्याकेजमा एकमुष्टा पैसा तिरेर आउने पर्यटकहरू मारमा परेका छन् भने अन्य पर्यटकहरूले पनि रूम फ्रि माग्न सिकीसकेका छन्।
त्यसैको उपज आहिले खुम्बुमा रहेको नब्बे प्रतिशत होटल तथा लजहरूले रूम फ्री मा दिन्छन । र गाईडहरूले खानाको पैसा पनि तिर्नु पनि पर्दैन ।
तर अहिले सम्म कसैले पनि खुम्बुमा रूमको पैसा तीर्नु पर्दैन भनि कहि कतै कुरा गरेको लेखेको पाईदैन । तर रूम फ्रि मा दिनुपरेकोले लगानी उठाउनै नसक्नु , हवाई यातायातमात्र ढुवानीको माध्ययम भएकोले केहि दिन मौसम ख़राब भै प्लेन नआउदा पसलेहरूले सामानको भाउ आकाश छुने गरि बढाउनु , एक जना मात्र टुरिष्ट ल्याउनेलाई पनि खाना फ्री मा खुवाउनु पर्ने, हाई अल्टीच्युडको अत्याधिक जाडोमा काम गर्नु पर्ने जस्ता कारणहरूले गर्दा राजधानी काठमाण्डौको तुलनामा मेनुको दर रेट अलिकती महँगे राखेको , ब्याट्री चार्ज गरे बापत पैसा लिएको, अनी ग्यासको पैसा उठाउनको लागि उमालेको पानी (तातो पानी) को पैसा लिएको जस्ता कुराहरूलाई ब्यापक रूपमा चर्चा गरेर खुम्बु त साह्रै महँगे छ भनि विश्वब्यापि हल्ला गर्न कोहि पनि पछि परेन ।तर वास्तविकता हेर्ने हो भने संसारमै रूम फ्री मा पाउने एउटा मात्र ठाउ खुम्बु क्षेत्र हो ।
यस्तै कुराहरूलाई मनन गर्दै हामि गाउ पालिकाको टिमले “होटल तथा लज संचालकहरूलाई संगठित भै एक जुट हुनुपर्छ र यो अस्वस्थ प्रतिस्पर्धा को अन्त्य गरी गुणस्तरीय पर्यटन भित्र्याउनु पर्छ प्रतिस्पर्धा को नाममा एउटा कुरा फ्रि मा दिएर अर्को कुरालाई महँगे बनाउनु हुदैन “ भनि दिएको सुझावलाई मनन गरि होटलवालाहरु भेला भै केहि ठाउमा होटल एसोसिएशन गठन गर्नु भयो र एसोसिएशन को पहिलो कामको रूपमा रूम फ्री मा दिन बन्द गर्ने गरि काउन्टर मार्फत रूमको पैसा उठाउन थाल्नु भयो । फ्रि मा दिने प्राथाले जरा गाडीसकेको अवस्थामा काउन्टर मार्फत पैसा उठाउनुको विकल्प नै थिएन ।
होटल एसोसिएशन अर्थात होटल संघ जसको काम नै होटलवालाहरूको हक र हित को लागि काम गर्नु हो र सुरूवातको कार्य सफल पनि हुदै थियो। तर अचानक यो संघको क्रियाकलाप प्रती फेसबुक मार्फत आक्रमण गरेको पाईयो । धेरै वटा स्टाटसहरू अनि त्यही स्टाटसको मुनी लेखिएको कमेन्टहरू पढ्दै गए अनि अचम्म लाग्न थाल्यो त्यसरी विरोध गर्ने त प्राया जसो ट्रेकिङ गाईडहरू पो हुनुहुदोरहेछ । होटल एसोसिएशनका साथिहरूलाई सोधे “ गाईड दाई हरूलाई पनि रूमको पासा लिएको हो ?” सबै बाट एउटै जवाफ आयो “हैन उहाहरूलाई त खान बस्न सबै फ्री हो” झन् अचम्म लाग्न थाल्यो त्यसो भए पाँच सय रूपैया बढी कमाएको मा बिरोध किन त?
कोहि लेख्छन् गाउ पालिकाले अर्काको रूमको पैसा उठायो जब कि गाउ पालिकाले यस बापत एक रूपैया पनि लिएको छैन र लिदैन पनि ।उठाएको पैसा एसोसिएशन ले प्रशासनिक खर्च कटाएर बाकी सबै रूम बचेको भौचरको आधारमा होटललाई दिन्छ ।
कोहि लेख्छन् काउन्टर थापेर रूमको पैसा उठाउन मिल्दैन रे त्यसो भए के हवाईजहाजको टिकट पनि प्लेन भित्रै लिनु त ?
कोहि लेख्छन् रूमको पैसा उठाए पनि नउठाए पनि होटलवालाको खुसि हो रे पैसा नचाहिने ब्यबसायि कोहि पनि हुदैन तिर्नेले ईमानदारसाथ तिरेको भए यस्तो अवस्था किन सिर्जना हुन्थ्यो र । अझ हुदा हुदा TAAN को अध्यक्ष ज्यू को पनि बिरोध छ रे फुडिङ महँगे छ लजिङ फ्रि हुनुपर्छ रे मेरो प्रश्न “टानको अध्यक्ष ज्यू तपाईको एसोसिएशनमा आबद्ध कुन चाहि ट्रेकिङ एजेन्सी ले आफ्नो वेबसाईटमा खुम्बुमा रूमको पैसा तिर्नु पर्दैन भनेर लेखेको छ हँ ? कुन चाहि एजेन्सीले बिदेशि सँग रूमको पैसा नलिई खुम्बु पठाएको छ ?
यदी छैन भने बिदेशि सँग रूमको मनग्य पैसा लिने अनी खुम्बुमा एक रातको पाँच सय रूपैया (साडे चार डलर) उठाउदा अनियमितता भयो भन्ने कतिको सहि तर्क हो ?
कोहि लेख्छन् रूमको पैसा उठाए पछि भरीयालाई पनि बास फ्रि मा दिनुपर्छ रे भरिया गाईड होटलवालाहरू भनेको एक अर्काको परिपुरक हो पर्यटनको ब्यबस्थापन हुनको लागि यो सबै पक्षको ब्यबस्थापन हुन जरूरी छ बिदेशिको लागि बनाएको रूम र मेनु बराबरको पैसा तिर्नु भयो भने भरिया मात्र हैन जसले पनि बास पाउछ तर भरियाहरूको पनि आफ्नै साथिहरू हुन्छन चिनेका आफन्तहरूको होटल हुन्छ आफ्नै किसिमको खानपिन हुन्छ त्यसैले भरियाकोले उसले गरेको श्रमको ज्याला जत्तिको त्यत्ती नै पाउनु पर्छ र पैसा तिरेर आफ्नो इच्छा अनुरूप बस्न पाउनु पर्छ , गाईडको पनि त पारिश्रमिक तोकेको छ नि त्यो पारिश्रमिक तोकेकै जत्ती पाउनु पर्छ र लिनु पर्छ । रूमको पैसा भरियाको ज्याला र प्याकेजमा पठाएको बिदेशिको खानाको पैसा माथि कमिशन खान पाईन्छ कि टिप्स पाउछ कि भन्ने आशामा ट्रेकिङ जानु भन्दा आफ्नो दैनिक ज्याला मनग्य लिने र आफु पनि टेनसन फ्रि अरूलाई पनि टेनसन फ्रि भएर रमाईलो गर्दै र गराउदै ट्रेकिङ जानुपर्छ । यो कुराहरूको लागि गाईड तथा भरियाहरू पनि संगठित भएर एसोसिएशन खड़ा गरेर अघि बड्नुस मेरो साथ सहयोग सधै रहनेछ । तर गाईड भरिया र होटलवालाहरू नै एक अर्का सँग नमिल्दा टुरिष्ट ले दुख पाउछ जसले समग्र टुरिजममा असर पर्छ । गुणस्तरीय पर्यटन चल्नको लागि गाईड भरिया होटलवाला र यो सुन्दर खुम्बु क्षेत्र ब्यबस्थित हुनुपर्छ ।
बाठोहरूले ते उहिले नै (Trekking Agency Association of Nepal) TAAN खडा गरेर पनि होटलवाला, गाईड र भरियाले लिने पैसा महँगो छ भन्दै बिदेशि सँग सकेसम्म धेरै लिने र खुम्बुमा पठाउदा मिलेसम्म थोरै पठाउने गरि करोडौं कमाए अझ त्यतीले पनि नपुगेर भरिया र गाईडको उद्दार गर्छु भनि काउन्टर थापेर TIMS बेचेर अरबौं कमाएर लगे अनि हामि चाहि लगानी गरेको पनि उठाउन नसकेर धरापमा बस्नु पर्ने ? केहि साथिहरूले रूमको पैसा लिए पछि त्यसबापत पाउनु पर्ने सुविधा पनि दिनुपर्छ भनेर राम्रो स्टाटस र कमेन्ट पनि लेखेको छन् यसलाई होटल एसोसिएशन हरूले सुझावको रूपमा लिएर सुधार गर्न जरूरी छ न्यूनतम रूमको पैसा लिइ सकेपछि राम्रो र सफा ओड्ने ओछ्याउने अनि मोबाईल र ब्याट्री चार्ज गर्ने जस्ता न्यूनतम सुविधा दिन कन्जुस गर्नु पनि हुदैन अझ थप सुविधा छ भने सुहाउदो दर रेटमा बिदेशिको इच्छा अनुसार बेच्नु पनि पर्छ र मेनु लगायत अन्य कुराहरूको दर रेट पनि बजार सुहाउदो राख्ने त्यसको क्वालिटी ठिक छ छैन चेक गर्ने कार्यहरू पनि क्रमश गर्दै जानु पर्छ।
यो मेरो ब्यक्तिगत धाराणा हो यसको आशय सबै होटलले रूम फ्रि मा दिन्छ सबै गाईडले कमिशन खान्छ सबै भरियाले पारिश्रमिक पाएन र सबै एजेन्सीले बदमास गर्छ भन्ने होईन केहि राम्रा र उदाहरणिय होटल, गाईड ,भरिया र एजेन्सीहरू पनि छन् सबै त्यस्तै भन्न सके सबैको भलो हुन्थ्यो भन्ने मात्र मेरो सोच हो ।
तपाईहरूको अमुल्य सुझावको लागि कमेन्ट बक्स ख़ाली छ ।
धन्यवाद !!!

06/10/2018

The story behind "free" at Khumbu

Freedom is desired words by all animal beings including human. We need freedom on living, freedom of speech and so on. We all want animal to be free to live their wild life, similarly we human beings also want to be free and get closer to nature, to feel the ultimate wilderness. As we all are human, we do have limitation on wilderness, after a certain level of adventure, we seek for comfort zone.

Yearly more over 35000 travellers come to Khumbu region to feel the ultimate mountain wilderness and once they reached to the limit of mountain adventure they have to rely on local tea shop to well furnished hotel build around. Just to serve and get some returns, every tea shop and other hotel operators have their own level of investment, we can't say the volume of investment is high or low by figuring the investment amount. If a person earn yearly 200 thousand after a year of hard work, made an investment of 100 thousand then it's huge investment for them. Or a person earn 100 million in year and made investment of 100 thousand may not count as big investment. As I see there are majority of small scale of business around Khumbu which belongs to huge investment as compare to their annual income.

Human are rational beings. Our demand and desire will never end. Some time we tend to forget to limit our rationality on freedom. As I travel around Khumbu, recently I was shocked by business story shared by 64 years old man from one village of Khumbu, he said it's been 4 decades he is doing hotel business in beautiful village surrounded by beautiful alpine hills and mountain situated on the way to popular tourist destination of Khumbu. After effort of 4 decades by his family what he has is 400 thousand in bank for retire life and a hotel with 8 common rooms. Followed by his saying, now he is operating his hotel just to feed 2 meals per day to his family. He assume his earning of 4 decades is invested on the hotel and now the hotel is not giving good returns. He said no one is ready to pay room charge for his room. Everyone is asking free room, he added he have to made additional investment on solar every two years just to give light to the dinning room and sleeping room as there is no electricity, but again travellers are not ready to pay for battery charge. He continued the story by sharing expenses behind any thing which is hot in his kitchen, as he is living in national park area he has no any access to local fuel like wood from forest, so they have to rely on mile fuel like gas but no one is ready to pay on hot water boiled by those expensive fuel.

Apart from free room, battery charge and hot water, the limit of asking free exceed to hot shower to discount on Dhal Bath, % commision to the guide and so on. The margin is already too low on food but again guide and porter along with guest used to have free meal with meat and ask milk coffee thrice in a day. But again the bargaining power of hotel is too low to keep good goodwill of their lodges.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Everest Region Trek posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share