EPS Chingu Travel

EPS Chingu Travel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS Chingu Travel, Travel Company, Seoul.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने——————त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरी १ तारिख...
03/02/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने
——————
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरी १ तारिख शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ। यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ। पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ।”
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उहाँले जानकारी दिनुभयो। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ। सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ। आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ।

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन्। उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन्।
https://gorkhapatraonline.com/news/141351

नेपाल एयरलाइन्सको बजार हिस्सा २५ बाट ११.२८ प्रतिशतमा झर्‍यो, सबैभन्दा बढी यात्रु बोक्नेमा कतार
07/01/2025

नेपाल एयरलाइन्सको बजार हिस्सा २५ बाट ११.२८ प्रतिशतमा झर्‍यो, सबैभन्दा बढी यात्रु बोक्नेमा कतार

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ। सन् २०२० म.....

04/01/2025
१९ पुस । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान आकस्मिक अवतरण गरिएको छ । यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि...
03/01/2025

१९ पुस । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान आकस्मिक अवतरण गरिएको छ । यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको हो ।

कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।

१९ पुस । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान आकस्मिक अवतरण गरिएको छ । यात्रुको स्वास्थ्यमा समस्या ...

Address

Seoul
100-011

Website

Alerts

Be the first to know and let us send you an email when EPS Chingu Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category