Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल

  • Home
  • Nepal
  • Bajhang
  • Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल

Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल A part of Sudurpashchim Province, is one of the seventy-seven districts Bajhang of Nepal.
(11)

04/06/2024

T-20 विश्‍वकप क्रिकेट प्रतियोगिता २०२४ मा हाम्रो देश नेपाल छनौट भई आज राति ठिक ९ः१५ बजेबाट खेलिने NEPAL V/S NETHERLAND को खेल जयपृथ्वी नगरपालिका खेलकुद समिति र सेवामार्ट चैनपुर बझाङ्गको सहकार्यमा सेवामार्ट रिङ्गरोड चैनपुर अगाडी प्रोजेक्टरबाट खेल प्रसारण हुने व्यहोरा सम्पुर्ण खेलप्रेमी खेलाडीलाई जानकारी गराईन्छ ।

जयपृथ्वी नगरपालिका
खेलकुद समिति
बझाङ्ग

03/06/2024

हार्दिक श्रद्धाञ्जली
भारतको बेग्लोरमा राती खाना पकाउने ग्यास लिकेज भई ग्यास पट्किएर घाइते भई भिक्टोरिया अस्पतालमा उपचारको क्रममा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा न ११ सुइल घर भई विगत ६ बर्ष देखि रोजगारीको सिलसिलामा भारतको बेग्लोरमा बस्दै आउनुभएका मदन बोहरा,उहाँकी श्रीमती प्रेमजला धामी बोहरा,छोरीहरु अनिता बोहरा,निता बोहरा र उहाँको छोरा प्रशान्त बोहराको दु:खद निधन भएको खबरले असाध्यै मर्माहत बनेका छौ। उहाँहरु सबै ५ जना परिवार प्रति हार्दिक श्रद्धाञ्जली।

30/05/2024
30/05/2024

भारत को ब्याउलर मा बच्चा हेर्ने काम आएको हुदा इच्छुक ब्यक्ती ले खबर गर्नु होला।

याद छ नि।
27/05/2024

याद छ नि।

बझाङकाे चैनपुर आसपास।📸तस्विर। Gaurab Bohara✅
26/05/2024

बझाङकाे चैनपुर आसपास।
📸तस्विर। Gaurab Bohara✅

उधमी आवश्यकता सम्बन्धि सूचना।
23/05/2024

उधमी आवश्यकता सम्बन्धि सूचना।

21/05/2024

बझाङ्ग जिल्ला जयपृथ्वी नगर पालिका वडा नं ८ ग्वानी निबासी जंग बाेहाेरा बर्ष ६० का भारतकाे हल्दानी भन्ने ठाउबाट मिति २08१/जेठ ५गतेबाट सम्पर्क बाट बिहिन भएकाले भेट्नु हुने दाजुभाईले मेराे सम्पर्क नं 9848457639 मा सम्पर्क वा सामाजिक संञ्जालमा पाेष्ट गर्न हुन अनुराेध गर्दछु

काफल खाउ हे त।
19/05/2024

काफल खाउ हे त।

बझाङको खप्तड छान्ना गाउँपालिका भवन।
17/05/2024

बझाङको खप्तड छान्ना गाउँपालिका भवन।

17/05/2024

काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लाका नौँ जना पक्राउ परेका छन्।
कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समुह बिच बुधवारवार झडप भएको थियो। झडपमा धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछामका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी रहेका छन्। बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी रहेका छन्।यस्तै बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीका २० वर्षीय तेज थापा र २२ वर्षीय तपेन्द्र खाती रहेका छन्।
कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा बुधबार बेलुकी दुई समुह बिच झडप हुँदा काठमाडौं कीर्तिपुर नगरपालिका–१० चिड्डुबिहारका २४ वर्षीय साजिस श्रेष्ठलाई तपेन्द्रराज खाती समेतको समुहले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहार गरेर फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलिले १ थान खुकुरीसहित पक्राउ गरेको हो। उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान भइरहेको जनाएको छ ।

🙏
16/05/2024

🙏

11/05/2024

बित्थडचिर गाउ पालिकाको स्याडिमा राष्ट्रिय प्रशारण लाईनकच ६ वटा भन्दा वढी बिजुलीको पोलमा चट्याङले क्षति पुगाएपछी गय राती देखि नै बझाङ जिल्ला भरी विधुत सेवा अवरुद्द,मर्मत कार्य जारी वेलुका सम्म सुचारु हुन सक्ने।

07/05/2024

खप्तडछान्नाको गोरखालीमा चट्याङ लागेर चार जना घाइते, तीनको अवस्था गम्भीर
तेस्रो ध्रुव समाचार
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर तीन चार जना घाइते भएका छन् । मंगलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ आउँदा नजिकै रहेका चार जना घाइते भएका हुन् । स्थानीय बाल्मीकि जोशीका अनुसार बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् भने एकिन्द खड्का सामान्य घाइते भएका छन् ।
घाइतेलाई गडराय स्वास्थ्य चौकी लिँदै गरेको स्थानीय फिट्टु खड्काले बताउनुभयो । यता खप्तडछान्ना गाउँपालिका अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिनुभयो ।

आवश्यकता: काम गर्ने इमान्दार जोडी चाहियो ! लम्की चुहा गाउपालिकाको चुहाबाट १ कि.मि दक्षिण मा अवस्थित "उशिन इको सेल तथा भु...
04/05/2024

आवश्यकता: काम गर्ने इमान्दार जोडी चाहियो !

लम्की चुहा गाउपालिकाको चुहाबाट १ कि.मि दक्षिण मा अवस्थित "उशिन इको सेल तथा भुवनेश्वर एग्रो फार्म" का लागि मेहनती दम्पतिको आवशायक छ। ईको सेलका अलावा २०/२५ वटा बाख्रा पालन पनि गरिनेछ।
बस्नका लागि घरको ब्यवस्था छ नै, त्यसका अलावा खानका लागि मेहनत गर्ने हो भने करेसा बारी र खेतका लागि २ बिगाहा जगा पनि उपलब्ध छ, जुन तपाईंकै मातहतमा रहनेछ (तपाइले चाहेको खण्डमा)।
दम्पत्तिको छोरा छोरी भएमा नि:शुल्क १० कक्षासम्मको शिक्षा लागि प्रावधान पनि मिलाइनेछ।
२ बर्ष राम्रो काम गरेर एक आपसमा बिश्वासको वातवरण भएमा शेयर पनि दिन सकिनेछ।
यसमा काम गर्न ईच्छुक नेपाली मोहनती ईमान्दार नागरिकले (सकेसम्म पश्चिमतिरकै) मलाई सम्पर्क गर्नु गराउनुहोला।

"संगसंगै उद्यमी बनौं ।"
उद्यम संचालकः Parash Mani Mishra
Whats app: 0047 99882935

महिला हराएको सूचना बझाङ जिल्ला केदार स्यूं गाउँपालिका वडा नं १ चौडाम घर भएकी हालको बसाई तमिलनाडु राज्य पलनी मा बस्दै आएक...
02/05/2024

महिला हराएको सूचना
बझाङ जिल्ला केदार स्यूं गाउँपालिका वडा नं १ चौडाम घर भएकी हालको बसाई तमिलनाडु राज्य पलनी मा बस्दै आएकी जानकी भण्डारी यही मिति २०२४ /४ महिना ३० गते दिउँसो १ बजे चार वर्षे छोरी साथमा लिएर फरार भएकी र अहिलेसम्म सम्पर्कमा नआएकी हुँदा भारतमा रहनुभएका दाजुभाई दिदीबहिनी आमाबुबा आफन्तजन विभिन्न संघसंगठनमा जोडिनुभएका साथीहरू तपाईँ सम्पूर्ण सम्पूर्णले उहाँ जानकी भण्डारीलाई कहि कतै देख्नुभयो , कतै भेटाउनुभयो भने तलको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहोला र यो पोष्टलाई सबैजनाले सेयर गरिदिनुहोला तपाईंको एक सेयरले कहिँ कतै फेला पनि पर्न सक्छ। धन्यवाद।
सम्पर्कको लागि फोन नम्बर
6385518862
9036730381
9289840774

बझाङ  जिल्ला को छबिस पाथिभेरा गाउपालीका वडा नम्बर ७ चानिखाए टोल बस्ने हरिलाल धामी को नाति सुरेश धामी को छोरा जेनिस धामी ...
30/04/2024

बझाङ जिल्ला को छबिस पाथिभेरा गाउपालीका वडा नम्बर ७ चानिखाए टोल बस्ने हरिलाल धामी को नाति सुरेश धामी को छोरा जेनिस धामी बर्ष १० का उपचार हुननपाएको कारण अहिले दिन प्रति दिन शरीर मा बिराम फैलिरहेको कारण उहा बच्चालाई उपचार गर्न आर्थिक अभाव भयको हुनाले सम्पूर्ण सहयोगी मनलाई हार्दिक अनुरोध गदछौ
उहाको आर्थिक इस्थिती नाज़ुक भयको हुनाले सम्बंधित वडा सम्बंधित गाउपालीका उपचार को व्यवस्था मिलाउन हुन हार्दिक अनुरोध गदछौ।

30/04/2024

EMERGENCY
बझाङ जिल्ला अस्पतालमा A negative अथवा O negative ब्लड चाहिएको हुदा ग्रुप मिल्ने रक्तदाताले भोलि 9746318589 नम्बरमा सम्पर्क गरिदिनुहोला ।

बझाङ सदरमुकाम चैनपुर नजिकै रानीबनमा हिजो साँझदेखि सुरु भएको सक्रिय डढेलो अहिले पनि निकै फैलिरहेको छ ।
30/04/2024

बझाङ सदरमुकाम चैनपुर नजिकै रानीबनमा हिजो साँझदेखि सुरु भएको सक्रिय डढेलो अहिले पनि निकै फैलिरहेको छ ।

आहा काठमाडौ :ढकमक्क फुलेका ज्याकरान्डा फूल र  काठमाडौंको  सौन्दर्य ।
29/04/2024

आहा काठमाडौ :
ढकमक्क फुलेका ज्याकरान्डा फूल र काठमाडौंको सौन्दर्य ।

29/04/2024

नेकपा एसले एमालेको भोट सोचे जति काट्न नसक्दा र मष्टा र खप्तडछान्ना गाउँपालिकामा अन्तरघात हुँदा पराजय व्यहोरेको कांग्रेसको विश्लेषण ।

29/04/2024

वि.सं.२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । बझाङमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।

Address

सुन्दर सुदुर पश्चिम् प्रदेश नम्बर ७
Bajhang
10500

Alerts

Be the first to know and let us send you an email when Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajhang Nepal सुन्दर सुदुर पश्चिम् नेपाल:

Videos

Share


Other Bajhang travel agencies

Show All