03/03/2024
के निमुखा जनताले खाेजेकाे यही हाे?
कथित जन अान्दाेलन भनेर क्रान्ति चलाईयाे,
सरकार काे शुभेच्छुक भनेर घरै जलाईयाे,
मानाे खान नपुग्नेलाई गहना बेचेर चन्दा हलाईयाे,
शिक्षक र पण्डितहरू लाई लात र लाठ चलाईयाे।
के निमुखा जनताले खाेजेकाे यही हाे?
श्राद्ध गर्ने र गराउने लाई पिण्ड खुवाईयाे,
घरमा सुतेकाे मान्छे लगेर गाेली चटाईयाे,
सगुन बाेकेकाे पाेङ र घेङ भिरमा लडाईयाे,
किरिया बसेकाहरू लाई अबिर घसाईयाे।
के निमुखा जनताले खाेजेकाे यही हाे?
जङ्गलबाट अाएँ भन्नेलाई ´छाते` चाहिएकाे छ,
सय मिटर हिड्न पर्दा काेट बाेकालु चाहिएकाे छ,
कारबाट झर्न ढाेका खाेलिदिने ´ढाेके` चाहिएकाे छ,
अगिपछि लाग्ने पचासाैं सुरक्षाकर्मी चाहिएकाे छ,
के निमुखा जनताले खाेजेकाे यही हाे?
भारत मै लुकेर भारतलाई विस्तारवाद भनियाे,
दूर देस अमेरिकालाई साम्राज्यवाद भनियाे,
अबाेध जनतालाई दलालकाे उपमा दिईयाे,
अाज एमसिसिकाे नाममा लालमाेहाेर लाईयाे।
के निमुखा जनताले खाेजेकाे यही हाे?
जनवादी बिबाहकाे नाममा अाएका जन्ती फर्काईयाे,
20 जना माथिकाे भाेज खुवाउनेलाई चन्दा दराईयाे,
जनवादीका ´पिता` भनिनेकाे नातिनीकाे बिहे देखियाे,
पाँचतारे हाेटल रिजर्भ गर्दै, मुख हेर्न हेलिकप्टर कुदाईयाे।
के निमुखा जनताले खाेजेकाे यही हाे?