Thirendra Dahal

Thirendra Dahal म आफ्नै जीवन भाेगाइका कथा लेख्छु ।

पढ्नुभयो ?
19/10/2024

पढ्नुभयो ?

सन्दर्भ: मुस्कान दिवस !
04/10/2024

सन्दर्भ: मुस्कान दिवस !

On the way through Khotang district, Jante dhunga-Khote Hang-Diprung-Sakela-Diktel; for survey of yearly rural road proj...
14/09/2024

On the way through Khotang district, Jante dhunga-Khote Hang-Diprung-Sakela-Diktel; for survey of yearly rural road projects...☺️

"कर्मण्ये वाधिकारस्ते मा फलेषुः कदाचन"शुभ प्रभात!
27/07/2024

"कर्मण्ये वाधिकारस्ते मा फलेषुः कदाचन"
शुभ प्रभात!

I got 4 reactions and 1 reply on my recent top post! Thank you all for your continued support. I could not have done it ...
26/06/2024

I got 4 reactions and 1 reply on my recent top post! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

पाेष्ट मेरा लुकीलुकी हेरेकाे पनि देख्तछु
लाइकामेन्ट देखेर ताेरीका फूल देख्तछु
झाेँक चल्दैछ बिछट्टै तर अाफैँलाइ राेक्तछु
शब्दका घनले ताकी चाेरका नाकमा ठाेक्तछु

के के न नाश हुने झैँ बडप्पन खुब देखाउने
अाफ्नामा चाहने हाेहाे अन्त पीठ देखाउने
सुटुक्क हेरने मात्र देखिन खुब लजाउने
चिनिँदैन र मात्रै हाे नत्र मन् छ बजाउने 😊

कर्मण्ये बाधिकारस्ते मा फलेसु कदाचन:
ढीला गरेँछु झैँ लाग्छ साथीकाे लिष्ट ताछन
कैल्हे लाग्छ उतै जाउँ एक्लाे बिरानाे गाउँमा
सजाउँ धरती एक्लै रमाउँ त्यही ठाउँमा😆

पाेष्ट मेरा लुकीलुकी हेरेकाे पनि देख्तछुलाइकामेन्ट देखेर ताेरीका फूल देख्तछुझाेँक चल्दैछ बिछट्टै तर अाफैँलाइ राेक्तछुशब्...
03/04/2024

पाेष्ट मेरा लुकीलुकी हेरेकाे पनि देख्तछु
लाइकामेन्ट देखेर ताेरीका फूल देख्तछु
झाेँक चल्दैछ बिछट्टै तर अाफैँलाइ राेक्तछु
शब्दका घनले ताकी चाेरका नाकमा ठाेक्तछु

के के न नाश हुने झैँ बडप्पन खुब देखाउने
अाफ्नामा चाहने हाेहाे अन्त पीठ देखाउने
सुटुक्क हेरने मात्र देखिन खुब लजाउने
चिनिँदैन र मात्रै हाे नत्र मन् छ बजाउने 😊

कर्मण्ये बाधिकारस्ते मा फलेसु कदाचन:
ढीला गरेँछु झैँ लाग्छ साथीकाे लिष्ट ताछन
कैल्हे लाग्छ उतै जाउँ एक्लाे बिरानाे गाउँमा
सजाउँ धरती एक्लै रमाउँ त्यही ठाउँमा😆

https://www.youtube.com/watch?v=bL0SNPjTTDQ&t=43s
29/03/2024

https://www.youtube.com/watch?v=bL0SNPjTTDQ&t=43s

निर्माण व्यवसायीको लापरवाहीको कारण धनकुटाको भेडेटार-महाभारत-आहाले जोड्ने सडक खण्ड अन्तर्गत १० किलोमिटर सडक काल...

त्याे अँध्याराे दिन / के नेपाल य्रहरी यति जाबो अनुसन्धान गर्न सक्षम छैन ?........................विहान सबेरै कान्छाे छाे...
01/03/2024

त्याे अँध्याराे दिन / के नेपाल य्रहरी यति जाबो अनुसन्धान गर्न सक्षम छैन ?........................
विहान सबेरै कान्छाे छाेराे आएर "बाबा सिटी भाडा!" भन्दा पाे समयकाे ख्याल भयाे- साढे सात बजिसकेकाे रहेछ । एक बजेकाे परीक्षाकाे तयारीका लागि विहान तीनबजे नै उठेर साेफामा पुस्तककापी असरल्ल छरेर पढिरहेकाे थिएँ । बुढेसकालकाे पढाइ यस्तै न हाे ! अरूबेला फुर्सद नहुने, फुर्सद भए पनि ध्यान नदिने अनि परीक्षाकाे अघिल्लाे दिनदेखि हाँप र झाँप । त्यही डेढदुइ दिन पढेका कुरा परीक्षामा आए पास नत्र फेल ! मेराे पनि पारा उही हाे । बेलुका पनि राती एघार बजेमात्र सुतेकाे । परीक्षााका दिन त अझ एकैपल्टमा कसैले बाेलाएकाे नसुनिने । छाेराले पनि तीनचार पल्ट बाेलाएपछि मात्र सुनेछु । छाेराहरूकाे एस् इ इ नजिकै भएकाले नियमित पढाइका अतिरिक्त विहान दुइ र साँझ एक पिरियड काेचिङ पनि चलिरहेकाले विहान आठ बजे नै स्कुल पुग्नु पर्छ । सात चालिस भैसकेछ त छिटाे जाओ भन्दै भाडा दिएँ । ऊ गयाे । म आफ्नै सुरमा पुन: पढाइतिर केन्द्रित भएँ ।

कुनै जरूरी काम थालेकाे छ भने कहिल्यै नसम्झिनेले सम्झिएर फाेन गर्छन्, कहिल्यै आइनपुग्ने आइपुग्छन्, तारन्तार फाेन आएर आफू निकै व्यस्त, ठूलै मानिस भएकाे फिलिङ पनि गराउँछन् ! त्यस्तै हाेला कि भनेर फाेन स्विच अफ् पाे गराैँ कि भन्ने साेच नआएकाे पनि हाेइन तर कहिलकाहीँ त साँच्चिकै इमरजेन्सी पनि पर्नसक्छ, त्यस्ताे कैयाैँ पटक भएकाे छ भन्ने ठानेर फाेन बन्द गरेकाे थिइनँ । छाेराहरूकी आमा मेराे शशुराली उनकाे माइतमा भर्खरै बुढी फूपूकाे देहान्त भएर काम चलिरहेकाले हिजाेमात्र उता गएकी थिइन् । उताबाट पनि कुनै पनि बेला जरूरी कल अाउन सक्ला भन्ठानेर पनि त्यसाे गरेकाे थिइनँ । साइलेन्टमा राखाैँ कि भन्ने पनि आयाे एक मनमा तर त्याे पनि गरेकाे थिइनँ । अहिले स्विच अफ पनि नगर्ने साइलेन्टमा पनि नराख्ने, अनावश्यक फाेन अति आउन थाले भने चाहिँ विचार गराैँला भन्ने साेचेर पढाइमा ध्यान लगाएँ ।

बुढेसकाल, घरव्यवहारकाे बाेझ, बच्चाहरूकाे पढाइ र उनीहरूकाे प्रमुख परीक्षाकाे समय, केही रहर केही बाध्यतावस थुप्रिएकाे रिणकाे बाेझ, जीवनयात्राकाे मुख्य कथानकका बीचबिचमा जेलिएका अनगिन्ती पटकथाहरूले एकाग्र भएर पढ्न किन दिन्थे ! ध्यान त त्यही बैँककाे किस्ता, भाका पुग्न लागेका सापटीहरू अनि छाेराहरूले एकडेढ महिनापछि हुने एसइइमा कसाे गर्ने हाेलान् भन्ने विषयहरूतिरै थियाे । शशुराली घरमा दुख परेका बखत पुग्न पनि पुग्न नसकेकाे पीडाले त झन् मिनेट मिनेटमा ठुँगीरहेकै थियाे । जस्तै विषम परिस्थिति भए पनि बुढा बुढी अलिअलि ठाकठूक गर्दै गृहस्थी चलाउनुकाे मजै बेग्लै हुन्छ । आज त्याे रिक्तता पनि महसुस हुँदै थियाे, अचानक माेबाइल बज्याे । यसाे हेरेँ- नयाँ न्म्वर रहेछ । कुनै निर्माण व्यवसायीले फाेन गर्याे कि अथवा पहाडतिर निर्माण भैरहेका गुम्बाका मान्छे पाे हुन् कि ! आज एक दिन त पढ्न दिनु नि हाै ! एक मन त आ ! उठाउँदिन है भन्ने पनि लाग्याे तर तै एकपल्ट चैँ उठाउँछु अनि चैँ अब साइलेन्टमा राख्नुपर्ला भन्ने साेच्तै उठाएँ ।

एक अपरिचित किशाेर आवाज आयाे- 'अंकल गृष्म दाहालकाे बाबा हाे ?' 'हजुर हाे त भाइ ।..' म आत्तिएँ, 'किन भाइ के भयाे र ?' कतै एक्सिडेन्ट पाे भयाे कि भन्ने भयले म निकै हतास थिएँ । 'उसकाे यहाँ आयल निगम अगाडि एक्सिडेन्ट भएकाे छ । आर्या न्युराे हस्पिटल पठाइदिएका छाैँ । छिटाे आउनुहाेला ।' मलाई अरू केही साेध्न आट आएन । 'हुन्छ भाइ म आइहाल्छु । धन्यवाद छ है खबरका लागि ।' यत्ति भनेर फाेन राखेँ ।

कहिलेकाहीँ त जिन्दगीले पनि मजाक गर्छ ! याे कस्ताे परीक्षा लिएकाे हाे ? एउटा गम्भीर परीक्षाकाे तयारीकै बेला यस्ताे परीक्षा ! के याे संयाेग मात्र हाे ? आफ्नै पित्तथैलीकाे अपरेसन गरेकाे डेढ महिना मात्र हुँदैछ । नियमित कार्यालय जान थालेकाे धेरै भएकै छैन, अर्काे आपत !

सायद विचार शून्यता भनेकाे यस्तै अवस्थालाइ भनिएकाे हाेला । आफैँले आकाशतिर फर्किएर हेर्नुपर्ने गरी हलक्क बढेकाे छाेराे, जीवनकाे पहिलाे महत्वपूर्ण परीक्षाकाे मुखमा दुर्घटनामा परेकाे खबर आउँछ । त्याे पनि एकाविहानै, दैनिक चर्या शुरू गर्ने बेलामा । अझ घरमा आफूमात्र, एक्लै भएकाे अवस्थामा । महानगरका सडकमा सवारीहरूकाे चाप निकै बढेकाे छ पछिल्लाे समय । यस अघि ठूलाे स्कूल बसमा जाने गरेकामा काेचिङ शुरू भएसँगै सिटी रिक्सामा जानुपर्ने भएदेखि नै म जाेखिम महसुस गरिरहेकाे थिएँ । नभन्दै आज यस्ताे खबर आयाे । केही अगाडिसम्मका उद्वेग, संवेग केही बाँकी रहेनन् मनमष्तिष्कमा । के अवस्थामा हाेला ऊ, कस्ताे महसुस गर्दै हाेला अथवा महसुस गर्ने अवस्थामा नै पनि हाेला कि नहाेला । अझ भनाैँ, यी सबै महसुस गर्ने अवस्थाबाट नै पर पाे भैसक्याे कि ! के थाहा ! मनले स्विकार त गर्न सक्तैन नै तर मैले स्विकार नगरेर के फरक पर्छ र । अाखिर जे भैसकेकाे छ, त्याे त भैसक्याे । फर्काउन सकिँदैन अब जे गरे पनि । फाल्गुन महिना साह्रै अलच्छिनकाे रहेछ मेरा लागि ! २०७४ साल फागुन ७ गते इलाममा भएकाे आफ्नै दुर्घटना सम्झेँ । त्यसबेला पनि अरू कसैले गराएकाे दुर्घटनामा परेर म साेह्र दिनसम्म हस्पिटल बसी लगभग कालकाे मुखबाट फर्केकाे मान्छे ! आज पनि फागुन ६ गते, छाेराकाे एक्सिडेन्टकाे खबर सुनिन्छ । कति अलच्छिनी महिना रहेछ याे..... ! एपपल्ट कलब्याक गरेर अवस्था चैँ कस्ताे छ भनेर साेधाैँ कि भन्ने पनि नलागेकाे हाेइन तर फेरि आफूलाइ राेकेँ । अहँ, खबर धेरै अप्रिय पाएँ भने आफूलाई सम्हाल्न नसकूँला कि फेरि ! एक्लै छु । काेसँग रूने ? कसलाई देखाउने पीडा ? ''तपाइँकाे अर्काे बाबु पनि सँगै छ । ऊ ठीकै छ ।'' फाेनमा भनेकाे सम्झिएँ । 'संसार सकिएकाे छैन, मैले छिटाे हस्पिटल पुग्नुपर्छ ।' मैले आफूलाई सम्हाल्ने कोसिस गरेँ ।

हत्त न पत्त कपडा फेरेँ । बाइक स्टार्ट गरेकाे मात्र थिएँ फेरि माेबाइल बज्याे । हेर्छु, फेरि अर्काे नयाँ नम्बर ! के सुन्नु पर्ने हाेला नि भनेर डराउँदै उठाएँ, ठूलाे छाेराकाे आवाज आयाे, 'बाबा नाेबेल ल्याएकाे, यतै आइस्याे छिटाे ।' 'ल म हिँडेकाे ।' मैले फाेन काटेँ र हुइँकिँएँ ।

हस्मपिटलकाे गार्डले बाइक उता बिल्डिङकाे पछाडि पार्किङमा लानु भन्दै थियाे । हतारमा छु अहिले लैजाउँला ल भन्दै इमरजेन्सी भित्र दगुरेँ । उसलाई बेडमा सुताइएकाे थियाे । ज्यान सग्लै देखिएकाले अंगभंग अथवा ठूलाे चाेटपटक चैँ लागेकाे रहेनछ भनेर अलिक राहत महसुस भयाे । अचानक मनमा अर्काे साेच आयाे- हाेसमा चैँ हाेला कि नहाेला ! किनभने उ अचेत जस्ताे घाेप्टाे परेर सुतेकाे थियाे । नजिकै गएर हेरेँ- टाउकाकाे माथि पट्टि देब्रे भागमा चाेट लागेकाे रहेछ । सानाे सानाे बाेटुकाे घाेप्ट्याएर राखेजस्ताे गरी टुटुल्काे उठेकाे रहेछ र त्याे उठेकाे भागमा रगत लत्पतिएकाे रहेछ । घाउकाे पकृति हेर्दा बाहिर काटेकाे थिएन तर भित्री चाेट लागेकाे हुनसक्ने प्रबल सम्भावना देखिन्थ्याे ।

नजिकै गएर उसलाइ बाेलाएँ- 'गृष्म !'दुई पटक बाेलाउँदा पनि नबाेलेपछि डर बढ्दै थियाे, अर्काे छाेराले भन्याे, अघिसम्म ऐया ऐया भन्दै थियाे । नबाेलेकाले मेराे डर हटिसकेकाे थिएन । मैले काेट्याएर फेरि बाेलाएपछि उ बाेल्याे- ऐया ...!
कस्ताे छ अहिले ? 'किन मलाई के भयाे र ?' ''बाटाे काट्दा ख्याल गर्नुपर्छ है छाेरा भनेर मैले सँधै भन्ने गरेकाे थिएँ । यत्रा भैसक्याै अझै जान्दैनाै । हेर् त के भयाे आज । याे नाेबेल हस्पिटलकाे इमरजेन्सी वार्ड हाे । तेराे एक्सिडेन्ट भएकाे तँलाई थाहा छैन?'' ''अहँ ! हाेइन हाेला....म त हस्पिटल गएकाे सपना पाे देखिरहेकाे थिएँ...साँच्चै पाे हाे ?''

छाेराकाे बेड समाएर एउटी महिला उभिइरहनुभएकाे थियाे । उहाँले तपाइँ याे भाइकाे मान्छे हाे भन्दै बाेलाउनुभयाे र दुर्घटना कसरी भएकाे थियाे भनेर सुनाउनुभयाे । 'बुलेट बाइक थियाे- उत्तरतिरबाट आउँदै गरेकाे । बाइकवालालाई केही भएन । म पनि हस्पिटल जान्छु भनेर कञ्चनबारीसम्म आएका थिए तर त्यहाँबाट यता आएनन् । म त्यहीँ हाम्राे अस्पतालमा काम गर्छु । अर्काे एउटा सानाे भाइ मात्र सँगै देखेर मलाई छाेड्न मन लागेन र मैले ल्याइदिएकाे । तपाइँ आउनुभयाे अब म जान्छु ल !' मैले ती दिदीलाई साक्षात देवीकै अवतार सम्झिएँ र हात जाेडेर दिदी तपाइँलाई धेरै धेरै धन्यवाद है भनेर विदा दिएँ । उहाँले जाँदाजाँदै बुलेट बाइक है भनेर बाइक नम्बर पनि दिनुभयाे । मैले पुन: धन्यवाद दिएर दिदीलाई विदा गरेँ । ती चेलीको सधै उन्नति प्रगतिको कामना गर्छु।

परीक्षा प्राय: कठीन नै हुने गर्छन् । याे परीक्षा मेरा लागि अति कठीन साबित भयाे यद्यपि म उत्तीर्ण भएँ । संयाेग कस्ताे थियाे भने गत माघ मसान्ततिर मेराे एउटा बेँककाे एटिएम एक्सपायर भएकाे थियाे तर नयाँ बनाउन भ्याएकाे थिइनँ । जम्मा दुइवटामा काराेबार एक्टिभ रहेकाे र एटिएम पनि तीनै दुइटाकाे मात्र बनाएकाे थिएँ । करीब दुई हप्ता अगाडि मैले नियमित काराेबार गर्दैगरेकाे अर्काे एउटा बैँककाे चेकबुक नै हराएकाे थियाे । त्यसकाे एटिएमबाटै काराेबार भैरहेकाले फुर्सदमा बनाउँने विचार गरेकाे थिएँ । तर तीनचार दिन अगाडि एटिएममा केही खराबी नै नदेखिई अचानक कार्ड अक्सेप्ट हुन छाडेकाे थियाे । बैँकमा देखाएपनि समाधान भएकाे थिएन । नयाँ पनि बनाएकाे थिएन । अचानक छाेराकाे दुर्घटनाकाे खबर सुन्दा एक्कासी गाेजी छाम्न पुगेँछु- जम्मा दुइसय रूपैयाँ रहेछ। उनीहरूलाई नै सिटीभाडा चाहिने भएकाले प्राय: सय पचासका नाेट गाेजीमा हुन्थे । आवश्यक पर्दा एटिएमबाट झिक्ता भैहाल्थ्याे । तर अभरमा यस्ता प्रविधि पनि काम नलाग्ने रहेछन् ।

त्यही दुईसय बाेकेर हस्पिटल पुगेकाे थिएँ । डक्टरलाई छिटाे हेरिदिन अनुराेध गरेँ । डक्टरले प्रारम्भिक उपचार प्रकृया शुरू गर्न केही औषधी लेखिदिए । शुरूमै कम्तिमा पनि तीनहजार चाहिने भयाे । नजिकै रहेकी दिदी र भान्जालाई जानकारी गराएर भान्जालाई माेबाइल ट्रान्सफर गरिदिएर त्यो पैसा झिकेर ल्याउन अह्राएँ । जे हाेस्, प्रविधिकाे प्रयाेग गरेर समस्या टारियाे । पैसाकाे जाेहाे भयाे ।

जेठा छाेरालाई काउन्टरमा पठाएर लाइनमा बस्न लगाएँ अनि थप सहयाेग पाउने आशाले आफ्नै घरमा बस्ने इन्टर्नका इण्डियन डक्टर लाेकेस र डक्टर जतिनलाइ बाेलाएँ । लाेकेश एनअाइसियूमै रहेछन् । उनले आएर इमरजेन्सी इन्चार्जलाई मेराे परिचय गराएर केही परेमा उहाँलाई भन्नू, मेराे आवश्यकता परेमा फाेन गर्नू भनेर गए । मलाई धेरै ढाडस अनुभव गरेँ। छाेराकी अामालाइ खबर गराैँ कि नगराैँ भन्ने दाेधार भयाे केही बेर । अवस्था नबुझी फाेन गर्न मन पनि लागेन । चाेटपटक धेरै नदेखिए पनि टाउकामा चाेट भएकाले गम्भीर हुनसक्ला कि भनेर फाेन गरेर जानकारी गराउने निर्णय गरेँ । यस्ताे बेलामा भन्न गाह्राे हुने रहेछ । प्रत्यक्ष नदेखुन्जेल ममा जे बितेकाे थियाे त्यस्तै अवस्था उता हुने निश्चित थियाे । सुन्ने मान्छे नअात्तिउन् भनेर वास्तविक भएकै घटना खुलस्त नभनेर केही कुरा लुकाएर भन्ने वा सुनाउने चलन छ हाम्राे तर पुग्दा प्राय: अर्कै अवस्था देख्नुपर्छ । समाजमा यस्ताे प्राय: भैरहेकाे हुन्छ । कसैकाे देहान्त भैसकेकाे भए पनि आफन्तलाई खबर गर्दा विरामी, सिकिस्त, निकै साह्रै मात्र भनेर सुनाउने वा बाेलाउने चलन हुन्छ तर आउने मान्छकाे सहजताका लागि त्यसाे भनिएकाे भए तापनि त्यसले झनै अनिश्चितता बढाउने भएकाले थप तनाव दिने गर्छ । मैले त्यस्ताे नहाेस् भनेर यकिन रूपमै आत्तिनुपर्ने अवस्था नभएकाे, नआउँदा पनि हुने तर जानकारी नै नगराउने कुरा त भएन भनेर सम्झाएँ तर आमाकाे मन किन मान्थ्याे ! जे नहाेस् भनेर नआउँदा पनि हुन्छ, आउने भए पनि आरामले आउनू भनेर सम्झाएकाे थिएँ आखिर त्यसै भइछाडेछ- उनी भाइसँग बाइकमा आइछन्, १०० किलाेमिटर प्रतिघण्टाकाे स्पिडमा !

त्यतिञ्जेलमा दिदी र भान्जा पनि आइपुगे । उपचार शुरू भयाे । विस्तृत चेकअपकाे प्रकृया शुरू भयाे । त्यत्तिकैमा एकजना मानिस रिपाेर्ट तयार गर्दै, साेध्दै आए । ती प्रहरी रहेछन् र पदले असइ रहेछन् । उनले सबै विवरण साेधे । अघि ती दिदीसँग पनि साेधेर विवरण लिइसकेका रहेछन् । मबाट थप विवरण लिए अनि इमरजेन्सी वार्डकाे कागजमा पुलिस केस काे स्टाम्प लगाइदिए । उनले सबे विवरण ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयमा रिपाेर्ट गरिसकेकाे जानकारी गराउँदै बजारभरि सिसिटिभी जडान गरिएकाले बाइक र चालक चाँडै पक्राउ पर्ने जानकारी गराए । मैले आफ्नाे तर्फबाट केही पहल, निवेदन गर्नुपर्छ कि भन्दा उनले आफूले दुर्घटनाकाे लगत्तै रिपाेर्ट गरेकाले आवश्यक नपर्ने जानकारी दिए । केही साेध्नुपरेमा मेराे नम्बर सेभ गरिराख्नु भन्दै आफ्नु माेबाइल नम्बर पनि दिए अनि मेराे नम्बर पनि उनले लिए । त्यसपछि पनि उनी निकै बेर त्यतै देखिए ।

सबै टेष्टका रिपाेर्ट आए । टाउकाकाे सिटी स्क्यानकाे रिपाेर्ट पनि आयाे । धन्य ! डाक्टरहरूले टाउकामा भित्री चाेट नलागेकाे ठहर गरे । उसले बमिट नगरेकाले भित्री चाेट नलागेकाे अनुमान गरेका थिए उनीहरूले । नभन्दै सिटी स्क्यानकाे रिपाेर्ट सकारात्मक नै आयाे । बल्ल ठूलाे राहतकाे श्वास फेरियाे ।

तर टाउकाे र अाँखा सुन्रिएकाे अनि मुख दुखिरहेकाे भनेपछि फेरि डेन्टल वार्डमा लैजान भनियाे । त्यहाँ एक्सरे गर्नुपर्ने भयाे । एक्सरेले दाहिने बंगारामा सानाे क्र्याक देखायाे । दाहिने कन्सिरीतिर सुनिनु र दुख्नुकाे कारण त्यही भएकाे ठहर भयाे तर त्याे त्यति ठूलाे चाेट नभएकाे र अप्रेसन नै गर्नुपर्ने अवस्था भने नभएकाे सल्लाह पाइयाे । सबै रिपाेर्ट हेरेपछि डाक्टरले धेरै चिन्ता गर्नुपर्ने अवस्था नभएकाे र हप्ता दशदिनकाे औषधी चलाएपछि सबै चाेटपटक ठीक हुने सल्लाह दिए । घर नजिकै भएकाले केही अस्वाभाविक अवस्था देखिएमा तुरून्त अस्पताल ल्याउने गरी हाललाई घर लैजान सकिने अनुमति पाइयाे । यसरी त्याे पूरा दिन एउटा दुस्वप्न जस्ताे, तन्द्रावस्थामा नर्कलाेक विचरण गरेर फर्किएजस्ताे अनुभव गर्दै, जति दुख हैरानी पाए पनि र स्कुलकाे फी तिर्न जम्मा गरेकाे पैसा एकैछिनमा त्यही छाेराकाे उपचारमा स्वाहा भएकाे भए पनि छाेराे सकुशल लिएर फर्किन पाउँदा संसार जितेकाे अनुभव गर्दै बेलुकीपख घर आइयाे ।.........................०००.............................
अनुसन्धान कहाँ पुग्याे त ?
==============
दुर्घटनाकाे भाेलिपल्ट दिनभरि अघिल्लाे दिनकाे घटना साँच्चै हाे कि सपना मात्र थियाे भनेर साेच्तै बित्याे । तेश्राे दिन पाे ती सहयाेगी दिदीकाे खर्च भएकाे थियाे कि साेधिएन पनि भन्ने लागेर फाेन गरेर साेधेँ । उहाँले खर्च नभएकाे र आफूलाई केही दिनुनपर्ने भनेपछि मन हल्का भयाे । इमरजेन्सी छिरेपछि उहाँ बाहिर निस्कनै पाउनुभएनछ अनि सिटी वाला पनि त्यत्तिकै फर्किएछ । धन्य हाेस् त्याे सिटी वालाकाे । हुन पनि त्यतिबेलै त मसँग पाँचसय रूपैया पनि साथमा थिएन ।

सहयाेगी दिदी पछि मैले ती असइलाई फाेन लगाएँ । उनकाे भाषा दुइ दिन अगाडिकाे जस्ताे थिएन । त्यस्ताे यकिनका साथ बजार भरि क्यामेरा भएकाले बाइक चालक चाँडै पक्राउ पर्ने कुरा गर्ने उनले आज भने बाइक नम्बर भए पनि अल्फाबेट नखुलेकाले अहिलेसम्म भेटिएकाे जानकारी नपाएकाे बताए । आफू दुई मिनेट भित्र त्यहाँ पुगे पनि जम्मा भएका मान्छेले बाइक चालकलाई जान दिएकाले तत्काल समाउन नसकेकाे, बाइक लैजान नदिएकाे भए तत्काल नियन्त्रणमा लिन सजिलाे हुने थियाे भनेर गुनासाे गरे । उनले अल्फाबेट थाहा नभएकाे भने पछि म अलिक झस्किएँ र त्यस्ताे बेलामा नम्बर मात्र याद गर्नु पनि धेरै हाे त, अल्फाबेट त प्रहरीले ट्राफिक प्रहरीबाट वा यातायात कार्यालयबाट थाहा पाउन सक्ला नि, त्याे त प्रहरीकाे काम हाेइन र भनेपछि उनले आफूले रिपाेर्ट गरिसकेकाले अब जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयतिरै बुझ्नुहाेला भन्ने कुरा गरे । उनी अझै त्याे नम्बर पनि कुन चैँ बुलेट बाइककाे हाे अल्फाबेट खुलेकाे छैन भन्दै थिए मैले एक त बुलेट बाइक सडकमा नगन्य संख्यामा गुड्छन्, अर्काे कुरा एकाविहानै दुर्घटनाकाे समयमा त्यहाँबाट पास भएकाे बुलेट सायदै धेरै हाेलान्, अनि सडकका सिसिटिभी फुटेज हेरेपछि तुरून्त थाहा भैहाल्छ नि, अरू बाइक भए पाे याे हाे कि त्याे हाे भनेर समस्या हुन्थ्याे त भनेपछि तीनले आफूले रिपाेर्ट गरिसकेकाले अब जिल्ला प्रहरी कार्यालयमै बुझ्नुहाेला भने ।

ती असइका कुराले मलाई अलिअलि शंका त लागेकै थियाे । पाँच दिनसम्म केही खबर नभएपछि छैटाैँ दिन हामी तीनजना भएर जिल्ला प्रहरी कार्यालय तीनपैनी गयाैँ । साेधपुछ गर्दा दुर्घटनाकाे रिपाेर्ट भएकाे जानकारी पाइयाे । अनि बाइक र चालककाे खाेजी भयाे त भनेर साेध्दा तपाइँले आएर निवेदन दिएपछि पाे खाेजी हुन्छ त भन्ने जवाफ पाउँदा पाे वाल्ल परियाे । बजारभरि सिसिटिभी क्यामेरा राखेर बसेकाे प्रहरीकाे अनुसन्धानकाे गति देखेर हामी चकित भयाैँ ।

हामीलाई सिसिटिभी फुटेज हेर्न पठाइयाे । छाेराकाे दुर्घटनाकाे सिन चैँ मलाइ हेर्न गाह्राे लागिरहेकाे थियाे । तर अब त उ सकुसल घरमा थियाे । त्यसैले जे जस्ताे भए पनि सपना सम्झेर हेर्छु भन्ने अाँट गरेँ । यस अघि नै हामीले फुटेज भेटिन्छ कि भनी सप्तकाेशी पार्टी प्यालेस, एटिबी रेष्टुरेन्ट आदिमा पुगेर साेधीसकेका थियाैँ । त्यहाँ पुगेपछि थाहा भयाे- दुधफाराम अगाडि उत्तर फर्काएर सिसिटिभी क्यामेरा जडान भएका रहेछन् । त्यहाँबाट कटेकाे बाइक सामान्य गतिमा पनि एक मिनेटभित्रै दुर्घटनास्थल पुग्न सक्थ्याे । त्यसमा पनि बुलेट बाइकलाई त झनै तिस पैँतीस सेकेन्ड भन्दा बढी नलाग्दाे हाे । याे क्यामेराकाे फुटेज हेर्ने हाे भने खाेजी भएकाे बाइक र चालककाे पहिचान हुन सक्ने ठहर हामीले गरेका थियाैँ ।

फुटेज हेरियाे । प्रहरी कार्यालयकाे तेश्राे तल्लामा राखिएकाे स्क्रिनबाट नगरमा जडान भएका सबै स्थानकाे सवारीहरूकाे २४ सै घण्टा निगरानी गर्न सकिने व्यवस्था मिलाइएकाे रहेछ । हामीले दुधफाराम, आयल निगम र कञ्चनबारी तीनै ठाउँका फुटेज हेर्याैँ । दुर्घटना लगत्तै ७:४९ मा मलाई फाेन आएकाे थियाे । त्यही समयलाई आधार मानेर केही मिनेट अगाडिदेखिकाे फुटेज हेर्दा ७:४८ मा एउटा बुलेट बाइकले दुध फाराम क्रस गरेकाे देखियाे । जुम गरी हेर्दा दुईजना सवार भएकाे देखियाे । चालकलाई चिन्ने मान्छेले प्रष्ट चिन्न सकिने देखिन्छ । त्यस पछिका केही मिनेट र त्यस अघिका दश पन्घ्र मिनेट कुनै पनि बुलेट बाइक पास भएकाे देखिएन । त्यसपछि हामीले आयल निगम अगाडिकाे फुटेज लगाउन भन्याै र हेर्याैँ । क्यामेराबाट केही दुरी भएकाले स्पष्ट देख्न नसकिए पनि दुर्घटनास्थलमा साेही समयमा मान्छेहरूकाे भीड जम्मा भएकाे फुटेजमा देख्न सकिन्छ । त्यहाँबाट एउटा सिटिमा बसेकाे मेरा छाेराकाे स्कुल ड्रेसबाट सिटीकाे पहिचान गर्याैँ र बाइकवालालाई ट्रेस गर्ने प्रयास गर्याैँ । नभन्दै त्याे बाइक केही अगाडि सम्म सिटीका पछि पछि देखियाे तर बाइकमा एकजना मात्र देखिए । एक्सिडेन्ट पछि पछाडि बस्ने मानिस चढेकाे देखिएन । त्यस दिन विहानै हुस्सु लागेकाले अघिल्लाे र याे फुटेजमा पनि बाइककाे नम्बर प्लेट फाेकस हुन नसकेकाले नम्बर पढ्न सकिएन ।

हामीले फेरि कञ्चनबारी चाेककाे फुटेज चेक गर्याैँ । उक्त बाइक ७:५३ मा चाेकमा पुगी पूर्व माेडिएकाे देखियाे । जबकि हस्पिटलसम्म म पनि जान्छु भनेर उहाँ उम्किनुभएकाे रहेछ ! बाइक पूर्वतर्फ लागेकाे करीब एक मिनेट पछि मात्र सिटी रिक्सा चाेकमा आइपुगेर चाेकबाट पश्चिम लागेकाे देखियाे । आयलनिगमकाे फुटेजमा पछि पछि देखिएकाे बाइकले त्यसपछि सिटीलाई उछिनेर अघिअघि लाग्दै कञ्चनबारीबाट ठूलाेमिलतिर लुसुक्क भागेछ ! सायद उसकाे नाेबेल हस्पिटल उता रहेछ !
====000======

न्यायकाे अवस्था .........................
म आफैँ एक अधिकृतस्तरकाे सरकारी कर्मचारी भएकाले विभिन्न किसिमका पहुँचहरू मेरा लागि उपलब्ध नभएका हाेइनन् । केही वर्ष कार्यालय प्रमुखकाे हैसियतमा पनि काम गरिसकेकाे मान्छे भएकाले पहुँच र दबाबकाे तरिका मलाइ राम्रैसँग आउँछ । तर मुखले काम हुन्छ भने हात छाड्नु हुन्न, बातले काम हुन्जेल लातका कुरा गर्नुहुन्न, अथवा सहजै न्याय पाइन्छ भने भनसुन, दबाब र तनाबकाे बाटाे अपनाउनु हुन्न भन्ने मान्यता राख्ने मान्छे भएकाले पहिलाे चरणमा म दुईजना साथी लिएर प्रहरी कार्यालय पुगेँ र त्यहाँ भनिए अनुसार नै निवेदन लेखेर दर्ता गरेर आएकाे छु । मैले त्यहाँ एक सरकारी अफिसरका रूपमा आफ्नाे परिचय पनि दिन सक्थेँ तर त्यसाे गरिन । मैले जानिबुझिकन त्यसाे नगरेकाे हाे । जीवन एउटा अनुसन्धानकाे प्रकृया पनि हाे र म जान्न चाहन्छु- सर्वसाधारणकाे भाषामा सुकिला मुकिला नै देखिएर गएकाे म अथवा हामीप्रतिकाे प्रहरीकाे रेस्पाेन्स कस्ताे हुँदाेरहेछ ! हामी जत्तिकाे आफ्ना कुरा राख्न सक्ने, तर्क र बहस गर्न सक्ने मान्छेलाइ त केही बुझ्दैनन् जस्ताे गरेर जे थाहा छैन भन्ने बुझेकाे छ त्यही 'बाइककाे अल्फाबेट सहितकाे नम्बर उल्लेख गरेर निवेदन दिनुभए चैँ खाेजी गर्न सजिलाे हुने थियाे' भनिन्छ- मानाैँ प्रहरीलाई सबै तथ्यप्रमाण जुटाएर दिने काम पिडीतकाे हाे र उसकाे उपस्थिति त केवल प्रकृयागत आधिकारिकताका लागि मात्र हाे ! याे अवस्था देख्दा लाग्याे- सर्वसाधारण, मैलाधैला, बाेल्न नसक्ने, अपठित नागरिकले न्याय पाउने कुरा सपना भन्दा पनि टाढाकाे विषय रहेछ अझै पनि !

यति हुँदाहुँदै पनि ढिलाे हाेला तर सम्बन्धित चालकलाइ कानुनकाे कठघरामा ल्याउन प्रहरी प्रशासन सक्षम नै हाेला र ल्याउला भन्ने विश्वास भने मरिसकेकाे छैन ।
==========000=============

बुलेट चालक महानुभावलाई सन्देश !
------------------------------------
बुलेट चालक महानुभाव, तपाइँलाई मैले चिनेकाे हाेइन तर तपाइँकाे फाेटाे क्यामेरामा स्पष्ट आएकाे छ । मैले चिने जाने जति ठाउँमा फाेटा पठाएर साेध्ने हो भने एक न एक जनाले तपाइँकाे नाम, ठेगाना सहित इति वृत्तान्त दिन नसक्ने हाेइन । अझ यही सामाजिक सञ्जालमा यहाँकाे सुन्दर तस्विर अपलाेड गर्ने हाे भने यहाँका फाेटामा थुप्रै लाइक र कमेन्टकाे वर्षा हुन कुनै बेर लाग्नेछैन । तर तपाइँ पनि म जस्तै एउटा छाेरा अथवा एउटी छाेरीकाे बाउ नै हाेला, अरूका लागि भन्न सक्दिन आफ्ना छाेराछाेरीका लागि त तपाइँ पनि हिराे, उनीहरूकाे राेल माेडल नै हाेला ! यस्ताे जिम्मेवार हिराे जस्ताे मान्छले यस्ताे कायर र गैरजिम्मेवार मान्छे जस्ताे लुसुक्क भागेकाे सुहाएन है । आज मेराे परिवारमा बितेकाे घटना भाेलि तपाइँका परिवारमा घट्तैन भन्ने के छ र ? तपाइँ जस्ताे बुलेट चढ्ने मेराे हैसियत नहाेला तर अरूलाई लुटेर कमाउने बानी मेराे पनि छैन । स्वाभिमानकै कमाइले मेराे राम्रै गुजारा चलिरहेकाे छ। तपाइँ डराउनु पर्दैन- मैले मेराे छाेराकाे उपचार गराइवरी घर ल्याइसकेँ र ऊ सकुशल आफ्नाे दैनिक दिनचर्यामा फर्किसकेकाे छ । मैले उसलाई तपाइँ कहिले आउनुहोला र ऊ जन्मेदेखिका राेगहरूकाे चेकअप र यसपछि ऊ जिवीत रहुन्जेल मेराे परिवारकाे भरणपाेषण हुन पुग्ने खर्च असुल गर्न, बिनिमयका लागि, अझै हस्पिटलकाे बेडमै राखिराखेकाे छैन । तपाइँ बुलेट बाइक चालक हुनुहुँदाे रहेछ । धन्य ! बस वा ट्रक अथवा ट्रयाक्टर रहेनछ तत्र ता ब्याक गरेरै भएपनि मेराे छाेराेकाे इहलिला समाप्त हुन्थ्याे हाेला ! तर त्यसाे नगरेकोमा तपाइँलाई म धन्यवाद नै दिन चाहन्छु । नत्र सडक दुर्घटनाबाट मान्छे बजेर आउन छाडिसके आजकाल । उपचार गराउन जान्छु भनेर कन्चनबारी चाेकसम्म त जानुभएछ पनि । त्यसपछि बीचमै तपाइँकाे इमान डगमगाएछ नि त ! कमसेकम हस्पिटलसम्म पुर्याएर यस्तै भाे जानेर भएकाे हाेइन भनेकाे भए हामी पनि बाइक नै चढ्ने मान्छे हाैँ बुझिहाल्थ्याैँ नि । तपाइँ पनि मेरा छाेरालाई बाइकले हानेर लडाउँछु भनेर त पक्कै निस्किनुभएकाे थिएन भन्ने हामीलाई पनि थाहा छ त । तपाइँकाे पनि दिनदशा बिग्रेका रहेछन् । त्यसैले ढुक्क भएर आउनुस् र एउटा जिम्मेवार बाउ झैँ प्रस्तुत भएर आफ्नाे गुमेकाे साख फिर्ता लिएर जानुस्, आफ्ना छाेराछाेरीका अगाडि वास्तविक हिराे बन्ने प्रयास गर्नुस् । तपाइँकाे फाेटाे हेर्दा उमेरले म भन्दा एकाध वर्ष भएपनि पाकै जस्ताे देखेँ । त्यसैले तपाइँलाई दाइ जस्तै मानेर यति सुझाव दिन्छु । आपसमा सहजै सुल्झिन सक्ने कुरालाई उल्झन नबनाउँ । तपाइँलाई लागेकाे हुनसक्छ, भागिदिएपछि कसले खाेजी गर्ला र ? तर प्रहरीले खाेजेन भने म आफैँ तपाइँकाे खाेजी गर्छु, त्यति गर्न म आफैँ सक्षम छु । तपाइँ भागेर पानीमुनि गएर लुके पनि एकदिन सामने आउनैपर्नेछ । त्यसर्थ अनावश्यकरूपमा नभाग्दा नै राम्राे हुन्छ । .................०००..........................

प्रहरी प्रशासनलाई अनुराेध ...............................................
आजकाे प्रविधिकाे युगमा नेपाल प्रहरी एउटा सामान्य बाइक र त्यसकाे चालक समेत पत्ता लगाउन नसक्ने असक्षम पक्कै छैन । प्रहरी प्रशासनमा केही बेइमानहरू छद्मभेषमा हुन सक्लान् तर इमान्दार र याेग्य प्रहरीकै संख्या बढी छ भन्नेमा म चाहिँ ढुक्क छु । केही प्रहरीले घटनालाई राफसाफ गराएर ब्यक्तिगत लाभ लिने प्रयास गर्न खाेजेकाे हाे भने त्यस्ता प्रहरी अन्तिममा नाङ्गिनु पर्ला भन्ने हेक्का राख्नुहाेला । जिल्ला प्रहरीकाे नेतृत्वले यस्ता अफिसरहरूलाई पहिचान गरी नेपाल प्रहरी जनताकाे पहुँचमा छ र जनतालाई न्याय दिलाउन सक्षम छ भन्ने तर्फ सजग हुन जरूरी देखिन्छ । रह्याे सम्बन्धित दाेषीलाई सार्वजनिक गर्ने वा कानुनी दायरामा ल्याउने काम यत्राे प्रहरी संगठनले गर्न सक्तैन भने हामी आफ्नै तरिकाले खाेजी गर्न बाध्य हुनेछाैँ भन्ने पनि बुझ्नुहाेला । आजकाे प्रविधिको युगमा हरेक नागरिकले अनुसन्धान गर्न सक्छन् र अलि अलि जान्दछन् पनि । हामी त तपाइँहरूकाे काम तपाइँहरूले नै गरेकाे राम्राे हुन्छ भनेर पर्खिरहेका छाैँ ।

जय नेपाल !

२०८०।११।१८ (1 March, 2024), शुक्रबार ।

मेरो दोश्रो कृति विमोचन कार्यक्रममा सबै महानुभावहरूमा हार्दिक निमन्त्रणा छ । अवश्य आउनुहोला है !
11/02/2024

मेरो दोश्रो कृति विमोचन कार्यक्रममा सबै महानुभावहरूमा हार्दिक निमन्त्रणा छ । अवश्य आउनुहोला है !

I have reached 500 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
25/01/2024

I have reached 500 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

20/11/2023

सबैकाे चासाे पछि भर्खरै उनकाे रेस्क्यू गर्न सफल भइयाे । विराटनगर महानगरपालिकाकाे एम्बुलेन्समा हाली पठाइएकाे छ। पहल, सहयाेगका लागि Our Biratnagar का सञ्चारकर्मी मित्र नवराज कट्टेल, विननपा ४ का वडाध्यक्ष जितन थापाज्यू एवम् विराटनगर महानगरपालिका लगायत सहयाेगी सबैमा धेरैधेरै धन्यवाद !

20/11/2023

छठी मातासँग कामना...
===========
तन् मन् बचन् इन्द्रीय अाज राेक्छु
माता खुशी हाै भनी नित्य ढाेग्छु
हरेस कहिल्यै याे मनले नखाअाेस्
पराेपकार् तर्फ सदैव जाअाेस्

हुन् वाणी प्यारा र श्रुतिमधुरा
रहुन् लक्ष्य सुयाेग्य युगान्त सारा
बनूँ कर्मयाेगी गरूँ कर्म प्यारा
नहुन् कार्य राम्रा कुनै यी अधुरा

छठी माता मेराे छ लाै बिन्ती यही
न इच्छा मेराे वैभव रत्न केही
निराेगी रहूँ कर्म हून् स्वच्छ सारा
सुखी रहून् लाेक अाै बन्धु प्यारा...................000......................

२०८०।०८।०४, विराटनगर

14/11/2023

परिश्रमकाे फल अमिलाे !😊
=============
छाडी घाेच्न मुहारपुस्तिका अनि फ्याँकेर ती तास् पनि
गर्थेँ नित्य म दिन्दिनै श्रम खूबै फल्दाहुनन् खास् भनी
यस्ताे भै लटरम्म फल्छ बिरूवा छतमा चढी लाउनू
एक् दाेटा दिन सक्छु केवल सखे ! साेधेर घर् अाउनू

Address

Nobel Medical College
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Thirendra Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thirendra Dahal:

Share

About me

A Civil Engineer, working in the field of Planning Tourism Sites, Designing Buildings and other Infrastructures, and working as a government officer. Please contact for planning of new or existing tourism destinations, professional advice for civil engineering construction works, private houses, business complexes and others.