Super lumbini travels & turs pvt.ltd

Super lumbini travels & turs pvt.ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Super lumbini travels & turs pvt.ltd, Travel Agency, nepalgunj Road, Butwai.
(3)

25/02/2013

प्रधानन्यायाधीशले शीर्ष नेतालाई भने- ‘म त्याग गर्न तयार छु’
राजीनामा दिनसमेत रेग्मी तयार देखिएको निश्कर्ष
31

१४ फागुन, काठमाडौं । नयाँ चुनावी सरकारको नेतृत्व गर्न प्रधानन्यायाधीश खिलराज रेग्मी तयार हुनुभएको छ । नेतृत्वका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको समेत उहाँले नेताहरुलाई आश्वासन दिनुभएको छ ।सोमबार बिहान रेग्मीलाई भेट्न बालुवाटारस्थित उहाँको निवासमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, केपी ओली र विजयकुमार गच्छदार लगायत नेताहरु सरकारको नेतृत्व लिइदिन आग्रह गर्दै पुग्नुभएको थियो । सो भेटमा प्रधानन्यायाधीश रेग्मीले आफूले नेतृत्व लिन्न नभनेको र यसका लागि तयार रहेको बताउनुभएको हो ।
‘मैले हुन्न भनेकै छैन, तपाईहरु सबै आउनुभएको छ, म तयारै छु ।’ -रेग्मीले शीर्ष नेताहरुलाई आश्वासन दिनुभयो । स्रोतअनुसार शीर्ष नेतासँगको भेटमा प्रधानन्यायाधीश रेग्मीले ‘तपाईहरुलाई चुनावी सरकारका लागि प्रधानन्यायधीशको नेतृत्व चाहिएको हो कि मेरो नेतृत्व चाहिएको ? भन्ने प्रश्नसमेत राख्नुभएको थियो । रेग्मीको प्रश्नमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ‘हामीलाई तपाईको नेतृत्व चाहिएको’ भन्ने जवाफ सिदनुभएको थियो भने गच्छदारको भनाइलाई सच्याउँदै प्रधानमन्त्री डा. भट्टराईले प्रधानन्यायधीशको नेतृत्व चाहिएको बताउनुभएको थियो ।
नेताहरुको भनाइ सुनेपछि प्रधानन्यायधीश रेग्मीले यसविषयमा अदालतमा मुद्दा परेको स्मरण गराउँदै ‘मेरो भूमिकाविना चुनाव हुँदैन र देशले निकास पाउँदैन भन्ने तपाईहरुलाई लागेको छ भने म त्याग गर्न तयार छु ।’ भन्नुभएको थियो ।’त्याग गर्न तयार छु’ भन्ने रेग्मीको अभिव्यक्तिलाई लिएर कतिपय विश्लेषकले उहाँले प्रधानन्यायाधीशबाट राजीनामा दिन तयार भएको अर्थमा समेत व्याख्या गर्न थालेका छन् । रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएरै भए पनि चुनावी सरकारको नेतृत्व सम्हाल्न इञ्छाशक्ति देखाए पनि प्रधानमन्त्री निकट स्रोतचाँहि व्यक्तिलाई नभएर स्वतन्त्र न्यायालयजस्तो संस्थालाई विश्वास गरेर जिम्मेवारी दिन लागिएको हुनाले रेग्मीले राजीनामा नगर्ने दाबी गर्छ । ‘व्यक्तिलाई नभई प्रधानन्यायाधीशलाई जिम्मेवारी दिन लागिएको हो, त्यसैले राजीनामा गरेर आउने भन्ने प्रश्नै हुँदैन ।’ सरकारी स्रोतको दाबी छ ।
यद्यपि रेग्मीले ‘हुन्छ’ भने पनि नयाँ सरकार गठनको संवैधानिक एवं कानूनी प्रक्रिया मिलाउन अझै एक साता लाग्न सक्ने स्रोतको विश्लेषण छ । रेग्मीलाई रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको टुंगो आगामी फागुन २४ लाग्ने बताइएको छ । तर, प्रधानन्यायाधीशबाट राजीनामा दिएको अवस्थामा भने मुद्दाको औचित्य नरहने हुनाले तत्काल प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ । तर, नयाँ सरकार जेठ २४ पछिमात्रै बन्ने भए पनि निर्वाचन आयोगले आजैदेखि सक्रियता देखाउने भएकाले जेठमा चुनाव सम्भव हुने नेताहरुको दाबी छ । २४ गते अदालतबाट आउने फैसलाले समेत राष्ट्रिय सहमतिलाई नबिथोल्ने दाबी नेताहरुले गरेका छन् ।
चुनावी सरकारको नेतृत्वका लागि रेग्मी तयार भए पनि बाधा अड्काऊ फुकाऊमार्फत् मन्त्री परिषद्ले प्रस्ताव पारित गरी राष्ट्रपतिसमक्ष पुर्‍याउनुपर्ने र त्यहाँबाट अनुमोदन भएपछि मात्रै सरकार गठनसम्बन्धी प्रक्रियाले बैधानिकता पाउने देखिन्छ । शीर्ष नेतासँग सोमबारको भेटमा प्रधानन्यायाधीश रेग्मीले कार्यदलले तयार पारेर शीर्ष नेतालाई बुझाएको प्रस्ताव हेर्ने बताएकाले सम्भवतः आजै उहाँलाई सो प्रस्ताव उपलब्ध गराउने स्रोतले जनाएको छ ।

16/02/2013

Timeline Photos

16/02/2013

Super lumbini travels & turs pvt.ltd's cover photo

16/02/2013

welcome

Address

Nepalgunj Road
Butwai
01345679

Website

Alerts

Be the first to know and let us send you an email when Super lumbini travels & turs pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category