19/06/2021
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा सोमबारबाट सकिदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड १९ व्यवस्थापन निर्देशक समितिले सोमवारदेखि 'स्मार्ट लकडाउन' गर्ने निर्णय गरिसकेको छ । तर अहिले देशभरका विभिन्न स्थानीय प्रशासन कार्यालयहरूलाई स्मार्ट लकडाउन कसरी गर्ने भन्ने दुविधा बढाएको छ । 000 वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक तथा निजी सवारी साधन चल्न पाएको छैन । त्यसो त अहिले देशका झण्डै ७० जिल्लामा निषेधाज्ञा छ सोमबारदेखि निजी सवारी साधन तथा सार्वजनिक सवारी साधन चल्न पाउने कि नपाउने भन्ने धरैले चासो देखाएका छन् । शब्दमा 'स्मार्ट लकडाउन' भने पनि धेरै प्रमुख जिल्ला अधिकारीहरूको बुझाई केही खुकुलो बनाएर निषेधाज्ञा लगाउने भन्ने नै देखिएको छ। तर काठमाडौं उपत्यकाको हकमा भने निषेधाज्ञा जारी नै रहनेछ । यस पटक थप गरिने निषेधाज्ञा वा स्मार्ट निषेधाज्ञामा केही क्षेत्र थप खुल्ने देखिएको छ । पसलहरूको हकमा लुगा कपडा, सुनचाँदीका, भाडा पसल लगायत केही पसललाई खुला गर्ने तयारी भइरहेको छ तर कुन समयमा कुन पसललाई खोल्न दिने भन्ने विषयमा सरोकारवाला पक्षसँग पनि छलफल भइरहेको छ । अहिले जारी भएको निषेधाज्ञामा खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर, पुस्तक पसल, निर्माण सामाग्रीका पसल, फलफूल, माछा मासु, दही दूधका पसललाई समय तोकेर खोल्न दिइएको छ। होटेल रेष्टुरेष्टहरुले एक सातादेखि टेकवे सुविधा दिइरहेका छन् । होम डेलिभरीलाई समेत सञ्चालन गर्न दिइएको छ । 'स्मार्ट लकडाउन' अनुसार निजी तथा सार्वजनिक सवारी साधनलाई चल्न दिने मोडालिटी बनाइएको छ। तर सवारीको पछिल्लो नम्बरको आधारमा कुन दिन कसलाई र कतिसम्म दिने भन्ने छ। जोरबिजोर प्रणाली अपनाउँदा भएको सवारीमध्ये करिब आधा सवारी सडकमा गुड्ने छन् । यसले संक्रमण फैलिन सक्ने भएकाले सुरुका वान थर्डबाट चलाउने गरी संख्या र बार निर्धारित गर्ने स्मार्ट लकडाउनको मोडालिटी छ। तर यसरी सवारी चलाउन सडकमा कार्यान्वयनका लागि खटिने ट्राफिकलाई व्यवहारिक नहुने भएकाले पनि यस विषयमा अझै गृहकार्य भइरहेको छ । त्यस्तै सुरुमा निजी सवारी साधन, ट्याक्सी, पर्यटन सवारीलाई मात्र चल्न दिने । त्यसमा पनि जोरबिजोर लागु गर्ने भन्ने विषयमा तयारी छ । त्यस्तै निषेधाज्ञाको कारण मानिस घरभित्रै थुनिदा दैनिकी चलाउन समेत मुस्किल परेको छ। मजदुरी गर्नेहरू सबैभन्दा धेरै मार्कामा परेका छन् । व्यापार उद्योगधन्दा चौपट्ट त्यसैले संक्रमण नियन्त्रण गर्दै निषेधाज्ञाको मोडिलाटी परिवर्तन नगरिए आम सर्वसाधारणले थप मर्कामा पर्ने निश्चित छ।