
16/06/2023
गॉजाबारेमा एउटा गुढ रहस्य बुझिराख्नुहोला-
गॉजाको जजसले जान अन्जानमा बिरोध गरिरहेका छन् ती जान अन्जानमा गॉजा तस्करीबाट कुस्त कमाउने वर्गहरुको प्यादा बनिरहेका हुन्छन्। नेपालबाट वर्षेनी रू ५० अर्बको गॉजा तस्करी हुने गरेको अनुमान छ। करिब रू २ खर्बको गॉजा बाली प्रहरीले वर्षेनी नष्ट गर्छ। सयौँ खर्बको गॉजा संभाब्यता छ। सबैलाई मिलाउने तस्कर र तिनका मतियारहरू रातारात करोडपति, अर्बपति बनेका छन्, गरिव किसान युवाहरू भने २/४ किलो गॉजाको भरिया बन्दा ९/१० हजार जना जेलमा कोचिएका छन्। हत्यारा बलात्कारीले कैद माफी मिनाहा पाएका छन् तर गॉजा कसुरदारले कहिल्यै कैद मिनाहा पाउदैनन् ।
नेपालमा बहुमूल्य हिरास्वरूप गॉजा जताततै फालाफाल छ तर देश ऋण र भीख मागेर चलिरहेको छ। अहिलेसम्म रू २१ खर्ब पुगिसकेको यो ऋण आगामी पुस्ताले तिर्नुपर्नेछ। #गॉजा_छिटो_वैध_गर