यसरी बनेको थियो विपि राजमार्ग । निर्माण कम्पनी हाजामाले बनाएको डकुमेन्ट्री ।
माछा मार्ने मेला । सिन्धुली-काभ्रे सिमाना भएर बग्ने कोखाजोर खोलामा हरेक वर्ष यसरी नै माछा मार्ने मेला लाग्छ।वरिपरि ६-७ गाउँका ४ हजार हाराहारी मानिस माछा मार्न भेला हुन्छन् ।महाभारत पर्वतबाट बग्ने यसै कोखाजोर खोलामा १३० मेगावाटको जलाशययुक्त हाइड्रोपावर समेत बन्ने प्रक्रियामा छ।
सिन्धुली । भिडियो :- वीर बहादुर सुनुवार ।
सिन्धुली जनज्योति माध्यमिक विध्यालय फोस्रेटारको स्वर्ण महोत्सवमा नित्य प्रस्तुत गर्दै स्कुलका शिक्षक शिक्षिका ।
विपि राजमार्गको रिठ्ठे भिरमा ऐना चढाइनुको धार्मिक विश्वास ।
विपि राजमार्गको रिठ्ठे भिरमा ऐना चढाइनुको धार्मिक विश्वास । भिडियो :- सागर लामिछाने मगर ।
हुस्से पाखोबाट सिन्धुलीमाढी नियाल्दा ।
हुस्से पाखोबाट सिन्धुलीमाढी नियाल्दा । सिन्धुलीमाढी तिब्र गतिमा शहरीकरण हुँदैछ । भिडियो :- मिलन मोक्तान ।
विपि राजमार्गमा विद्युतिय चार्जिङ स्टेसन ।
सिन्धुली रामाटारका रामहरी पौडेलले पेट्रोल पम्प खोल्ने योजना छोडेर ५० लाखको व्यक्तिगत लगानीमा विद्युतिय चार्जिङ स्टेसन तयार पारेका छन् । उक्त चार्जिङ स्टेसन तयार भएपछि विपि राजमार्गमा विद्युतिय सार्वजनिक यातायात गुड्न थालेको छ ।
सिन्धुली मुलकोटमा विधुतिय चार्जिङ स्टेसन तयार भएको छ ।
विपि राजमार्ग अन्तर्गत सिन्धुली मुलकोटमा विधुतिय चार्जिङ स्टेसन तयार भएको छ ।
सिन्धुली काडाङमा भलिबल खेल्दै युवा ।
सिन्धुली काडाङमा भलिबल खेल्दै युवा । कोरोनाको महामारीले गाउँमा युवाको उपस्थिति बढेको छ ।
सिन्धुली कमलामाइ नगरपालिकाको १०७ वर्षीय कुमारी सुनुवारको जोस जागर ।
सिन्धुली कमलामाइ नगरपालिकाको १०७ वर्षीय कुमारी सुनुवार अहिले पनि दैनिक २ वटासम्म दाम्लो बाट्नु हुन्छ । उहाले बाटेको दाम्लो किन्न मानिस घरमै पुग्छन् । केही दाम्लो आफैं बजार गएर बेच्नु हुन्छ । १०७ वर्षको उमेरसम्म उहाँको काम गर्ने जागर अहिलेसम्म उस्तै छ । भिडियो :- उर्मिला भट्टराई ।
सिन्धुली कमालामाइमा असारे गित गाउदै आमा समुह ।
सिन्धुली कमालामाइमा असारे गित गाउदै आमा समुह । भिडियो :- जानुका बस्नेत ।
बिचौलिया हावी भएपछि आफ्नो उत्पादन बेच्न किसान आफैं बजारमा ।
बिचौलिया हावी भएपछि आफ्नो उत्पादन बेच्न किसान आफैं बजारमा । सिन्धुली चपौलीका खडेन्द्र चौलागाईं आफुले उत्पादन गरेको च्याउ बेच्न सिन्धुलीमाढी आफैं आइपुग्छन । बिचौलियाले ५० रुपैयाँ किलो पनि नदिने च्याउ आफैंले बजार ल्याएर उनले १५० रुपैयाँ प्रति किलोमा बिक्री गर्दै आएका छन् ।