Tasvir Talks

Tasvir Talks Tasvit Talks is a platform to showcase moments captured by anyone related to heritage and culture.

रुद्रेश्वर महादेव, भनिमण्डल ।
03/01/2025

रुद्रेश्वर महादेव, भनिमण्डल ।

कालिन्चाेक भगवती 🙏🙏🙏
01/01/2025

कालिन्चाेक भगवती 🙏🙏🙏

कात्तिक नाचकाे प्रमुख आकर्षण भगवान विष्णुकाे चाैथाे अवतार नृसिंह भगवान तथा दैत्य हिरण्यकश्यपुकाे द्वाेन्द ।
31/12/2024

कात्तिक नाचकाे प्रमुख आकर्षण भगवान विष्णुकाे चाैथाे अवतार नृसिंह भगवान तथा दैत्य हिरण्यकश्यपुकाे द्वाेन्द ।

श्वेत बाराहि, बादेगाउँ, ललितपुर
29/12/2024

श्वेत बाराहि, बादेगाउँ, ललितपुर

यलया कुमारी माजु 🙏🙏
28/12/2024

यलया कुमारी माजु 🙏🙏

श्री हरि हरि हरि हरि बाहण लोकेश्वर (चाँगुनारायण)
27/12/2024

श्री हरि हरि हरि हरि बाहण लोकेश्वर (चाँगुनारायण)

पाल्हा द्याे (शंकटा)
26/12/2024

पाल्हा द्याे (शंकटा)

ल नाम भन्नुहाेला थाहा हुनेजतिले, कुन कुन भैरव हुन भनेर ।
24/12/2024

ल नाम भन्नुहाेला थाहा हुनेजतिले, कुन कुन भैरव हुन भनेर ।

श्री करुणामय पाटन तःबहालमा विराजमान भए पश्चात तस्वीर लिने हाेडबाजी मध्य बाजी मारेका एक हत्केला ।
19/12/2024

श्री करुणामय पाटन तःबहालमा विराजमान भए पश्चात तस्वीर लिने हाेडबाजी मध्य बाजी मारेका एक हत्केला ।

नेपाल संवत ११४५ थिंलाथ्व चतुर्दर्शी (मिति २०८१ मंसिर २९ गते) शनिबारकाे दिन श्री करुणामय लाइ पाटनकाे तःबहालमा विराजमान गर...
18/12/2024

नेपाल संवत ११४५ थिंलाथ्व चतुर्दर्शी (मिति २०८१ मंसिर २९ गते) शनिबारकाे दिन श्री करुणामय लाइ पाटनकाे तःबहालमा विराजमान गराउनु अघि र विराजमान गराइसकेपछिकाे तस्वीर ।

‘वर्षा र सहकालका’ देवता श्री रातो मच्छिन्द्रनाथ लाई वर्षको ६ महिना पाटनको त:बहाल र अर्को ६ महिना बुङ्गमतिको मच्छिन्द्रबह...
10/12/2024

‘वर्षा र सहकालका’ देवता श्री रातो मच्छिन्द्रनाथ लाई वर्षको ६ महिना पाटनको त:बहाल र अर्को ६ महिना बुङ्गमतिको मच्छिन्द्रबहालमा राख्ने चलन रहेको छ । सुर्य दक्षिणायनमा हुँदा श्री राताे मच्छिन्द्रनाथ (करुणामय) लाई " बुंङ्गमती " राख्ने र सुर्य उत्तरायनमा " पाटन त:बहाल" मा बिराजमान गराउने परम्परा अनुसार यहि आउँदाे मंसिर २९ गते शनिबारका दिन श्री राताे मच्छिन्द्रनाथ (करुणामय) लाई बुङ्गमतिको मच्छिन्द्रबहालबाट पाटनकाे तःबहालमा विराजमान गराइने छ ।

‘वर्षा र सहकालका’ देवता श्री रातो मच्छिन्द्रनाथ लाई वर्षको ६ महिना पाटनको त:बहाल र अर्को ६ महिना बुङ्गमतिको मच्छिन्द्रबह...
08/12/2024

‘वर्षा र सहकालका’ देवता श्री रातो मच्छिन्द्रनाथ लाई वर्षको ६ महिना पाटनको त:बहाल र अर्को ६ महिना बुङ्गमतिको मच्छिन्द्रबहालमा राख्ने चलन रहेको छ । सुर्य दक्षिणायनमा हुँदा श्री राताे मच्छिन्द्रनाथ (करुणामय) लाई " बुंङ्गमती " राख्ने र सुर्य उत्तरायनमा " पाटन त:बहाल" मा बिराजमान गराउने परम्परा अनुसार यहि आउँदाे मंसिर २९ गते शनिबारका दिन श्री राताे मच्छिन्द्रनाथ (करुणामय) लाई बुङ्गमतिको मच्छिन्द्रबहालबाट पाटनकाे तःबहालमा विराजमान गराइने छ ।

भगवान विष्णुकाे तेस्राे अवतार वराह अवतार र दैत्य हिरण्याक्ष बीचकाे द्वन्द ।वराह अवतार भगवान विष्णुको तेस्रो अवतार हो । ए...
19/11/2024

भगवान विष्णुकाे तेस्राे अवतार वराह अवतार र दैत्य हिरण्याक्ष बीचकाे द्वन्द ।

वराह अवतार भगवान विष्णुको तेस्रो अवतार हो । एकपटक हिरण्याक्ष नाम गरेको दैत्यले धर्तीमा आतंक मच्चाएको थियो यो दैत्यले देवताहरु र ऋषिमुनिहरुलाई समेत निकै नै सताएको थियो। सबैलाइ दुख दिने क्रममा एकपटक महाबली हिरण्याक्षले धर्तीलाई समुन्द्रमा लगेर लुकायो। यसले गर्दा सारा ब्रह्माण्डमा उथल -पुथल मच्चिन लाग्यो र सारा सृष्टिको नियम भंग हुन थाल्यो।

यस्तो अवस्थामा देवताहरु र ऋषि-मुनिहरु मिलेर भगवान विष्णुको प्रार्थना गरे। देवता र ऋषि-मुनिहरूको प्रार्थना पछि भगवान विष्णुले आश्वस्त पार्दैं सहयोग गर्ने वचन दिए र वराहको रुप धारण गरे। वराह रुप धारण गरेका विष्णुले ठूलो गर्जन सहित समुन्द्र मुनि गएर समुन्द्रबाट पृथ्वीलाई सुँढमा राखेर बाहिर निकाल्दै गर्दा दैत्य हिरण्याक्ष रिसले चुर हुँदै वराह रुप धारण गरेका भगवान विष्णुमाथी विभिन्न अस्त्र सस्त्रले आक्रमण गर्न थाल्यो। हिरण्याक्षले प्रहार गरेको अनेकौं अस्त्र सस्त्र विफल तुल्याउँदै शक्तिशाली वराह अवतारको अगाडी दैत्य हिरण्याक्ष पराजीत भए ।

19/11/2024

कसैले साेधे खुशी के हाे, परिभाषा बताउन यहि दृष्य देखाइदिनु ।
सन्दर्भः कार्तिक नाच हेर्न रमाउँदै बसेका नानीहरु । 😉

नेपाल मण्डल (स्वनिग) मा सयाैं वर्ष पुराना परम्परा, जात्रापर्वहरु सदाबहार जिवन्त रहनु र हाल आएर अहिलेका नयाँ पुस्ताले अझ ...
17/11/2024

नेपाल मण्डल (स्वनिग) मा सयाैं वर्ष पुराना परम्परा, जात्रापर्वहरु सदाबहार जिवन्त रहनु र हाल आएर अहिलेका नयाँ पुस्ताले अझ बढी चाख दिएर सहभागि हुँदै जानुमा यहाँ देखाइएका जस्ता अभिभावक र नेवा संस्कृतिलाइ असाध्यै रुचाउने साना साना बालबालिकाहरुकाे निकै ठुलाे भुमिका रहेकाे छ । यस्ताे भिड छ र त नेवा संस्कृति, परम्परा र चालचलन अझ पनि सुरक्षित छ ।

दृष्यः कार्तिक नाच हेर्न चिसाे रातलाइ चुनाैति दिँदै दर्शक भइ आएका अभिभावक र बालबालिका ।

17/11/2024

Hard work pays off 🙏🙏
हरेक वर्ष पाटनकाे कार्तिक डबलीमा हुने कार्तिक नाचमा अनवरत रुपमा लागि परी १० दिन सम्म कात्तिक नाचलाइ धेरै भन्दा धेरै दर्शक माझ पुर्याउन हुन लागिपरेका सानो पाईलाका संस्थापक श्री सुदर्शन महर्जनज्युद्वारा #फेसबुक_पेज तथा #युट्युब मार्फत प्रत्यक्ष प्रशारण गरे बापत प्रोत्साहन स्वरुप कार्तिक नाच संरक्षण समितिद्वारा कदर पत्र प्रदान गरिएकाे सानाे दृष्य।

15/11/2024

कात्तिक नाच, नवौं दिन ~ नृसिंह अवतार (हिरण्यकश्यपु बध)

Address

Jawalakhel
Lalitpur
44601

Telephone

+977 1 9863793578

Website

Alerts

Be the first to know and let us send you an email when Tasvir Talks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nepal Travel Guide

We will be providing each and every mini details and history about the places of Nepal to promote Nepalese Toursim.