राजा वीरेन्द्र वीर विक्रम शाह

  • Home
  • Nepal
  • Lalitpur
  • राजा वीरेन्द्र वीर विक्रम शाह

राजा वीरेन्द्र वीर विक्रम शाह वीरेन्द्र वीर विक्रम शाह(वि.सं. २००२-२?

राजा र नेता बीचको फरक !सिरियामा बसद अल-असरको सत्ता मोहको कारण हालसम्म ३ लाख बढी सिरियाली मारिएका छन् भने पचासौं लाख सिरि...
12/12/2024

राजा र नेता बीचको फरक !

सिरियामा बसद अल-असरको सत्ता मोहको कारण हालसम्म ३ लाख बढी सिरियाली मारिएका छन् भने पचासौं लाख सिरियाली देश बाहिर नारकीय शरणार्थी जीवन बाँच्न बाध्य छन्।

बसद असर परिवार र पत्नी अस्मा असद आस्मा सहित अहिले रुसको राजधानी मस्कोमा छन्।असदले अफ्ठेरो परिस्थितीमा देश छोडेर भाग्ने योजना सहित निकै पहिलादेखी लगभग २ अर्ब डलर बराबरको सम्पत्ती रुसमा पुर्र्याइएर लगानी गरिरहेका रहेछन्। राजधानी मस्कोमा २० वटा सुविधासम्पन्न अपार्टमेन्ट रहेछ।जसको मूल्य करिब ४० मिलियन डलर पर्ने रहेछ।असद सँग अर्बौं डलरको सम्पत्ती रुस लगायत अरु देशमा छ।

सिरियाका मानिसहरु एक टुक्रा पाउरोटी खान नपाउँने अबस्थामा छन्।उता त्यो देशमा २५ बर्ष शासन गरेका शासक बसद रुस भागेर भव्य महलमा विलासी जीवन आनन्दले बाँच्न थालिसके।

गिरिजा प्रसाद कोइरालाले माओवादी विरुद्ध सेना परिचालन गर्न खोज्दा आफ्नो शासन-व्यवस्था विरुद्ध लडेका माओवादीलाई आफ्नै देशका दाजुभाई विरुद्ध सेना परिचालन गरेर मार्न हुन्न भनेर रोकेका थिए।

जम्मा २५ बर्ष लामो आफ्नो शासन- सत्ता जोगाउँन समृद्ध देश सिरियालाई बसद असरले विदेशी सेनाको क्रिडास्थल बनाए। समृद्ध देशलाई तहसनहस र ध्वस्त पारे।आफ्नो पुर्खाले दुःखले निर्माण गरेर विदेशी सँग लडाई लडेर जोगाएका २४० बर्ष पुरानो सत्ता भन्दा नेपाली जनताको ज्यान प्यारो लागेर २१ जनाको मृत्यु हुने बित्तिकै राजा ज्ञानेन्द्रले शासन-सत्ता छोडिदिएका थिए।

राजतन्त्रमा कांग्रेस,एमाले र माओवादी लगायत गणतन्त्रबादीले राजाले विदेशी बैंकमा लगेर पैसा थुपारेका छन्।हामी त्यो पैसा नेपाल फिर्ता ल्याएर सबै नेपालीलाई धनी बनाउँछौं भनेर जनता उचाले।अहिले राजतन्त्र पूर्ण रुपमा सक्किएर गणतन्त्र आएको बीस बर्ष पुग्न लाग्दा पनि राजा र उनको परिवार,आफन्तको कुनै पनि विदेशी बैंकमा पैसा भेटिएको छैन।

राजालाई विदेशी बैंकमा पैसा लगेर थुपारेको आरोप लगाउँने नेता र तीनका आफन्त र परिवारले विदेशी बैंकमा लगेर पैसा थुपारेका छन्।राजका छोराहरु विदेश पढेपनी यहि देशमा फर्किए र यतै बस्ने गर्थे।अहिलेका शासकका सन्तानहरु विदेशमै पढ्छन् र उतै सेटल भएर बसेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलका छोरा समेत बेलायतमा जमेर बसेका र भ्रष्टचारको पैसा बेलायतमा लगानी गरेको कुरा मिडियामै आएको छ।

राजा ज्ञानेन्द्रले बसद असरले जस्तै आफ्नो व्यापार बाट आम्दानी गरेको सम्पत्ती कहिल्यै विदेश लगेर थुपारेनन्।जति कमाए नेपालमै लगानी गरे र नेपालीलाई नै रोजगारी दिए।आजपनी राजा ज्ञानेन्द्रको शेयर रहेको कम्पनीहरुले नेपालमा सबैभन्दा धेरै कर तिर्छन्।

शासन सत्ता गुम्यो,धेरै पुर्ख्यौली सम्पत्ती राष्ट्रियकरण भयो,जताततै ज्ञानेन्द्र विरुद्ध घृणा फैलिएको थियो।कठिन परिस्थितीमा समेत राजा ज्ञानेन्द्र र उनको परिवार देश छोडेर भागेनन्।आफूले भनेको मानेर नेपाललाई भारतको छत्रछाँयामा राख्न सहमत भएमा राजतन्त्र जोगाइदिने भारतको प्रस्ताव सिधै इन्कार गरेर आफ्नो सत्ता टिकाउँन यो देश विरुद्ध घात गर्दिन भनेर सत्ता नै गुमाए।

संसारको जुनसुकै विकसित देशमा गएर बस्न सक्ने अवस्था र हैसियत भए पनि यहि देशमा छन्।नेपाली जनतामाझ निष्फिक्री हाँस्दै हिडिरहेका छन्।

कठिन र अफ्ठेरो परिस्थितीमा देश छोडेर अफगानिस्तानका राष्ट्रपती असरफ घानी,सिरियाका बसद अल-असर,बंगलादेशकी नेतृ शेख हसिना देश छोडेर भागे।अफ्ठेरो परिस्थिती आएमा यो देशका अहिलेका शासक सबै विदेश भाग्छन्।उनीहरुले त्यसको लागी भ्रष्टचारको पैसा पनि विदेश लगेर सुरक्षित भईसकेका छन्।

तर,नेपालका राजा ज्ञानेन्द्र भागेनन् र भाग्दैनन् पनि।यहि फरक छ राजा र नेता बीच।

✍️ Ram Dhungana

02/05/2024

प्युठानका चर्चित भाइरल भेलु बाजेको पत्नी बितेको ६ महिना नपुग्दै प्युठान अस्पतालमा उपचारको क्रममा आज दु:खद निधन भएको छ !

नेपालमा आएका बिदेशी खेलाडीलाई स्वागत गर्ने अहिले र पहिलेको तरिका । 😮
25/04/2024

नेपालमा आएका बिदेशी खेलाडीलाई स्वागत गर्ने अहिले र पहिलेको तरिका । 😮

13/04/2024

🙏

13/04/2024

Late king and qeen
Always in our heart

With Kekaj online nepal – I just got recognized as one of their top fans! 🎉
10/04/2024

With Kekaj online nepal – I just got recognized as one of their top fans! 🎉

Pls follow and like
09/01/2024

Pls follow and like

23/11/2023

बल्खुमा अश्रुग्यास झेल्दै प्रदर्शनको लाइभ रिपोर्टिङ, दृश्यमा

नेपालमा राजसंस्था मात्र हटेको हो राजाप्रतिको जनताको माया अझै घटेको छैन।हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ🇳🇵❤️🙏
10/11/2023

नेपालमा राजसंस्था मात्र हटेको हो राजाप्रतिको जनताको माया अझै घटेको छैन।हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ🇳🇵❤️🙏

01/11/2023

बीरेन्द्र बीर बिक्रम शाह

जो खुशी छ अरूलाई पनि खुशी बनाउँछ
29/10/2023

जो खुशी छ अरूलाई पनि खुशी बनाउँछ

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारको ७६  औं शुभजन्माेत्सबको पावन अवसरको उपलक्ष्यमा मौसूफ सरकारको सु...
07/07/2022

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारको ७६ औं शुभजन्माेत्सबको पावन अवसरको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं सुदीर्घ जीवनका लागि भगवान श्री पशुपतिनाथसंग प्रर्थना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Happy birthday to our king Gyanendra Bikram Shah🎉🎊🎊

Address

Lalitpur

Telephone

9818249164

Website

Alerts

Be the first to know and let us send you an email when राजा वीरेन्द्र वीर विक्रम शाह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share