01/01/2024
चिसोका कारण रुघाखोकी लागेमा हाच्छ्यू आउने, खोकी लाग्ने, नाक बन्द हुने, स्वाँ–स्वाँ हुने तथा घाँटी खस्खसाउने गर्दछ । जबकी रुघाखोकीका साथमा एलर्जी पनि भएमा माथि उल्लेखित लक्षणका साथै थप लक्षण देखिने गर्दछ । जस्तैः नाक, कान, घाँटी, आँखा तथा छाला चिलाउने, छालामा ससाना विविरा देखिने आदि भएमा वा रुघाखोकीका कारण श्वास फेर्नमा कठिनाई भएमा, धेरै खकार आएमा, खकार पहेँलो, हरिया वा रगत सहितको खकार देखिएमा, खकारमा रगत देखिएमा, उच्च ज्वरो आएमा, रुघा लागेको दुई–चार दिनसम्म पनि रुघा निको नभएमा, लक्षण झन् झन् कडा हुँदै गएमा, जीउ गल्न थालेमा, हातखुट्टाका औंला तथा नङ्ग, जिब्रो तथा नाकको टुप्पो नीलो भएमा, सुत्नमा समस्या भएमा भने तुरुन्तै अस्पताल लैजानुपर्छ ।