Mirmee

Mirmee Share information about Mirmee and its surroundings. Mirmee: where the biggest hydro power plant in Nepal- Kali Gandaki "A" Hydro Power Plant is situated!

You are invited to feel the adventure of Rafting or motor boating. We can develop Mirmee as a Tourism place. Possibilities are there to make this place a trade hub. We request you to share your views and vision via this network. We can assist you for your researches on: Biodiversity in Kaligandaki rever, reservoir, Study of holy places like: Setibeni Sila (Stone), Botanical researches, Hydro-engi

neering researches, Business feasibility studies, Impact of national programs/ projects on local community, Rural Development, Rural Marketing, Agro-related researches. and on other various topics. We are planning to make mirmee as a center for empowering people to make life easier and to make them stand on their on leg, not only financially, but with dignity. We are making foundation for a team work by teens and youths. We will be "Mirmee Foundation", and pacing on that direction. Our works will be diversified into :
1. Tourism and Hospitality
2. Education and Skill Development
3. Manufacturing Goods and Agro-products
4. information Technology and Communications (ITC)

We are seeking those youths in thinnking and operations, we are waiting for those youth investors and teen/ young volunteers, who dare to be what they wanted- who wants their off springs doing well in future. Mirmee Foundation

२०८१ मंसिर २२ देखि २९ सम्म संचालित ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयव्यय विवरण सार्वजनिकः
04/01/2025

२०८१ मंसिर २२ देखि २९ सम्म संचालित ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयव्यय विवरण सार्वजनिकः

01/01/2025

एआई युगः नयाँ वर्ष २०२५ देखि ‍जन्मिने बच्चालाई ‘जेन बेटा’ भनिने !

तपाई हरूको स्वास्थ्य तथा मनोरञ्जन लाई मध्य नजर गर्दै ….how much you excited?
30/12/2024

तपाई हरूको स्वास्थ्य तथा मनोरञ्जन लाई मध्य नजर गर्दै ….
how much you excited?

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला। एक...
23/12/2024

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला। एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ साल चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।
तस्बिरः सुरेश आचार्य/रासस

कालीगण्डकी गाउँपालिका,कालीगण्डकी प्रज्ञा प्रतिष्ठानको स्रस्टाहरुको लागि अवसर सम्बन्धी सूचना!
17/12/2024

कालीगण्डकी गाउँपालिका,कालीगण्डकी प्रज्ञा प्रतिष्ठानको स्रस्टाहरुको लागि अवसर सम्बन्धी सूचना!

आठौं दिन संगै महायज्ञ समापन समारोहका तस्बिरहरू मिर्मि बहुमुखी क्याम्पसद्वारा आयोजित स्याङ्जा,कालीगण्डकी, आलमदेवी,शिला शा...
14/12/2024

आठौं दिन संगै महायज्ञ समापन समारोहका तस्बिरहरू
मिर्मि बहुमुखी क्याम्पसद्वारा आयोजित स्याङ्जा,कालीगण्डकी, आलमदेवी,शिला शालिग्राम शाैक्षिक एंवम धार्मिक महाेत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ काे समापन समाराेह

12/12/2024

महायज्ञ विशेष!

11/12/2024

दिपक भट्टराई लेख्नुहुन्छः
गत सनिबारबाट मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्नतिको लागी कोष खडा गर्ने उद्देश्य सहित क्याम्पस प्रांगणमा भब्य महायज्ञ सप्ताह सुरु भएको छl कालिगण्डकीको यो भूभागको उच्चशिक्षामा योगदान पुर्याउने पवित्र उद्देश्य महायज्ञको रहेको छ l त्यसैले पनि को बिशेष छ l धर्मले शिक्षाको सम्वर्धनको लागी योगदान दिन्छ भने त्यो धर्मको लागी पनि हितकारी नै हुन्छ l

व्यक्ति तथा समाज रुपान्तरणमा आधुनिक शिक्षाको मुख्य भूमिका रहने कुराको चाल पाएर होला हाम्रा अग्रजहरुले आफ्नो मानो कटाएर, जोडबल लगाएर, अनुनय-बिनय गरेर करिब २०१५-१६ साल तिर बाट आधारभूत विद्यालय हुँदै हाम्रो भेगमा आधुनिक शिक्षा प्रणालीको सुरुवात गरेका थिए l आधुनिक शिक्षाको करिब ६५ बर्षको इतिहासमा आधारभूत र माध्यमिक तहको शिक्षाले ठुलै फड्को मारेको छ l विद्यालयहरु आज हाम्रो समाजमा प्रभावशाली संस्थाका रुपमा स्थापित छन् l स्थानीय राजनीति, अर्थतन्त्र, स्रोत-साधन, बौद्धिकता, निर्णय प्रकिर्याहरुमा यी संस्था तथा यिनीहरुमा आबद्ध जनशक्तिको सशक्त प्रभाव छ l माध्यमिक तह सम्मको शिक्षामा आज जुन गतिशिलता देखा पारेको छ त्यो स्थानीय समाजको तिब्र माग तथा बलियो खबरदारीको ले गर्दा हो, केवल सरकारी कार्यक्रमहरुले मात्र यो सम्भव थिएन l

माध्यमिक तह सम्मको शिक्षाको लागी पूर्वाधार तथा जनशक्ति दुर्त गतिमा बिस्तार भएका छन् l २०७२ साल को संविधानले माध्यमिक तह सम्मको शिक्षा स्थानीय सरकार मातहत रहने व्यवस्था गरे पछी पालिकाको लागी माध्यमिक तह सम्म को शिक्षा एउटा प्रमुक जिम्मेवारी हो l सोही अनुसार उसले शिक्षक, विद्यालय व्यवस्थापन, तथा शैक्षिक वातावारणमा गभर्नेन्स दिने काम गरिरहेको छ l तथापी यस तह सम्मका शैक्षिक कार्यक्रमहरु समस्या रहित भने छैनन् l विद्यालयमा हुने लगानीको ठुलो हिस्सा भवन निर्माणमा जाने र ठुला संरचना भित्र न्यून विद्यार्थी संख्या हुने अजिबको दृश्य आजकल देख्न सकिन्छ l महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनले औंल्याए अनुसार कालिगण्डकी गाउँपालिकामा कुल ३३४२ विधार्थी संख्यालाई करार सहितका २२७ शिक्षकहरुले पढ़ाउछन् l विद्यार्थी शिक्षक अनुपात विद्यालय अनुसार फरक फरक रहे पनि पालिका भरिको अनुपात करिब १५ विद्यार्थीको लागी १ शिक्षक भन्ने देखिन्छ l यस्तो अनुपात बिश्वको उच्च आय भएका केही देशहरुमा हुने गर्दछ l आतः यस्ता असन्तुलित पक्षहरुको सुधारको लागी गाउ सभा तथा पालिकाले काम गर्नु पर्छ ता कि माध्यमिक तह सम्मका शैक्षिक कार्यक्रमहरुमा गुणस्तरीयता ल्याउन सकियोस l

यो लेखको मुख्य उद्देश्य भने हाम्रो उच्च शिक्षाको बिषयमा छलफल गर्नु हो l आधारभूत विद्यालय, माध्यमिक विद्यालय, +2 जस्ता कार्यक्रमका लागी शिक्षक दरबन्दी, भवन, बिभिन् समिति/उपसमिति जस्ता गतिबिधिमा अल्झिएर बसेकोले हाम्रो समाजले उच्च शिक्षामा प्रसस्त ध्यान पुर्याउन सकेन l उच्च शिक्षाका लागी चाहिने स्रोत साधन, दक्ष जनशक्ति, कार्यक्रमको जटिलता, अनिश्चित विधार्थी संख्या जस्ता चुनौतीहरु निकै बलिया छन् l त्यसैले यस तहको शिक्षाका लागी पाल्पा, बुटवल, काठमाडौँ आदि सहरका क्याम्पसहरुमा हाम्रो निर्भरता रहन गयो l यद्दपी उच्च शिक्षा लक्षित केही संस्थाहरु (आलमदेबी बाणिज्य क्याम्पस कोटाकोट, कालिगण्डकी बहुमुखी क्याम्पस बिर्घा र मिर्मी बहुमुखी क्याम्पस मिर्मी) करिब ३ दसक देखि पालिका भित्र अस्तित्वमा छन् l यी क्याम्पसहरु त्रिभुवन विश्वविद्यालयबाट संबन्धन (affiliation) प्राप्त गर्ने ५२८ (आ.ब. ७९/८० सम्म) सामुदायिक क्याम्पस मध्यका हुन् l त्रिभुवन विश्वविद्यालयले नेपाल भरीका केहीलाई छोडेर सबै सामुदायिक क्याम्पसहरुलाई सम्बन्धन प्रदान गरिएको छ l आंगिक, सामुदायिक र निजि क्याम्पसहरु अत्याधिक संख्यामा रहेको त्रि.वि को सम्बन्धन मुलतह पाठ्यक्रम र डिग्रीको प्रमाणपत्र वितरणमा केन्द्रित छ l त्रि वि मात्रै ले उच्चशिक्षामा भर्ना हुने देशै भरिका ७८.६८%(बि.अ.आ. बार्षिक प्रतिवेदन २०७९-८०) विधार्थीहरुको भविष्य आफ्नो हात लिगेको छ l आफ्नै भारले थिचिएको विश्वविद्यालयसंग स्थानीय वा बाह्य श्रम बजार लक्षित पाठ्यक्रम दिन सक्ने क्षमता कम छ, त्यसमाथि सामुदायिक क्याम्पसहरुको लागी उसको ध्यान अझ कम छ, यसैले युवा विधार्थीको लागी आजको सन्दर्भमा चाहिने शिप, ज्ञान, तालिम भन्दा पनि सामुदायिक क्याम्पसहरु जनतन शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने साधनमा सिमित भएका छन् l विश्वविद्यालय अनुदान आयोगको २०७९-८० बार्षिक प्रतिवेदनको तथ्यांक हेर्ने हो भने उच्च शिक्षाका करिब-करिब आधा विधार्थीहरु (४६.४%) बागमती प्रदेशमा पढ्छन् l जहाँको छात्र र छात्रा विधार्थीको अनुपात लगभग ५०% बराबरीमा छ l त्यो बाहेक गण्डकी सहित अन्य प्रदेशमा पढ्ने छात्राहरुको हिस्सा लगभग ६०% जस्तो देखिन्छ l मिर्मी बहुमुखी क्याम्पसको विधार्थी हरुको लैंगिक अवस्था हेर्ने हो भने अत्यन्त असन्तुलित छ l यहाँ कुल विद्यार्थी संख्याको ८०% भन्दा बढी छात्रा विद्यार्थीहरु पढ्छन् l यी छात्रा विधार्थीका सहपाठी छात्र विधार्थीहरु कहाँ छन् ? सायद केही काठमाडौँ लगायतका ठुला सहरहरुमा, थोरै बैदेशिक उच्चशिक्षामा र सबै भन्दा बढी बैदेशिक श्रम बजारमा l स्थानीय क्याम्पस भर्ना हुने अधिकांश विद्यार्थीहरु आफ्नो रोजाईले भन्दा पनि उनीहरुका समुदायगत, पारिवारिक, आर्थिक, लैंगिक वाध्यताहरुले गर्दा भर्ना भएकाहुन्छन् l क्याम्पस पढाउने लेक्चरहरु, प्रशासन, ब्यावस्थापन समितिहरुको क्षमता बढाउनु पर्ने आवस्यकताको कथा बेग्लै छ l सामुदायिक क्याम्पसको मुख्य आम्दानीका स्रोतहरु विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराउने रकम र विधार्थीबाट उठाइने शुल्क हुन्, यसको साथै समुदायले चन्दा उठाएर र कहिलेकाही केही सरकारी वा अन्य दाताहरु बाट समेत सहयोग प्राप्त हुने गर्दछl आयका स्रोतहरु अनिश्चित र अप्रयाप्त हुने हुदाँ क्याम्पसहरुले लेक्चरहरुलाई तालिम, शैशिक वातावारणमा सुधार लगायत रचनात्मक कार्यक्रम गर्न सक्दैनन् l मिर्मी क्याम्पसले आफ्नो बार्षिक संचालन खर्च धान्न गाह्रो भैरहेको कुरा राख्दै आइरहेको थियो l पालिका भित्रका अन्य २ क्याम्पसहरुले पनि यस्तै समस्या भोगिरहेको हुनु पर्छ l

अहिले चलिरहेको महायज्ञ यहि समस्यासंग जुध्नको लागी स्थानीयहरुले चालेको महत्वपूर्ण कदम हो l महायज्ञ जस्तो कार्यक्रमको व्यवस्थापन गर्ने कुरा चानेचुने होइन, शारीरिक र मानसिक रुपमा निरन्तर खटिनु पर्ने कार्य हो, तर आजको मिर्मीको समाजको सुखद पक्ष के हो भने यसले ठुला-ठुला सामाजिक कार्यक्रमहरु सफलतापुर्वक आयोजना गर्न सक्ने ल्याकत राख्दछ l मिर्मीले खेलकुदका ठुला कार्यक्रमहरु, सांकृतिक कार्यक्रमहरु, महोत्सवहरु सफलता पुर्वक सम्पन्न गर्दै आइरहेको छ l महायज्ञका दानबिरहरुको दानले क्याम्पसलाई तत्कालको लागी ठुलो राहत पुग्नेछ l तथापी, एक पटक गरिने महायज्ञले हाम्रो समाजको उच्च शिक्षा सम्बन्धि जटिल र दिर्घकालिन समस्याहरु हल गर्न भने सक्ने छैन l गुणस्तरीय उच्च शिक्षाको लागी लामो बाटो तय गर्नु पर्ने हुन्छ l अब हामीले अन्य सम्भावनाहरुको खोजि पनि संगसंगै अगाडी बढाउनु पर्छ l बिशेष गरेर दिर्घकालीन आय स्रोतहरुको पहिचान एवम् समसामयिक उच्च शिक्षाका कार्यक्रमको लागी स्पस्ट सोच बनाउनु पर्छ र यसको लागी संगठित प्रयासहरु गरिरहनु पर्छ l

उच्च शिक्षाको लागी विश्वविद्यालय अनुदान आयोगले मात्रै पुग्दैन, पालिकासंग म्यान्डेट छैन र प्रदेशसंग बजेट/कार्यक्रम छैन यस्तो अवस्थामा हामीसंग गतिशिलता पैदा गर्ने अर्को के बिकल्प छ त? म सम्बन्धित बिषयको जानकार होइन र माथि प्रस्तुत धारणाहरु पनि व्यक्तिगत अवलोकनमा आधारित छन् तथापी क्याम्पसको दिर्घकालिन आयको स्रोतको लागी एउटा बिकल्पको सम्बन्धमा अर्को लेखमा एउटा प्रस्तावना भने यहाँहरु समक्ष राख्नेछु l

तेस्रो दिन मिर्मि बहुमुखी क्याम्पसद्वारा आयोजित स्याङ्जा,कालीगण्डकी, आलमदेवी,शिला शालिग्राम शाैक्षिक एंवम धार्मिक महाेत्...
10/12/2024

तेस्रो दिन
मिर्मि बहुमुखी क्याम्पसद्वारा आयोजित स्याङ्जा,कालीगण्डकी, आलमदेवी,शिला शालिग्राम शाैक्षिक एंवम धार्मिक महाेत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को चौथो दिनका तस्बिरहरू ।।
२०८१ मंसिर २५ गते
Via: laxmi TV

लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित सचेतना तथा अन्तरक्रिया कार्यक्रमSrc:kaligandaki mun.
09/12/2024

लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Src:kaligandaki mun.

09/12/2024

कलश यात्रा..
मिर्मि बहुमुखी क्याम्पसकाे आयाेजनामा स्याङ्जा,कालीगण्डकी, आलमदेवी,शिला,शालिग्राम शाैक्षिक एंवम धार्मिक महाेत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१
Src:asirbad media

सामाजिक विकाश कार्यालय, स्याङ्जाले आयोजना गरेको जिल्ला स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगितामा वालिङ नगरपालिका प्रथम, फे...
07/12/2024

सामाजिक विकाश कार्यालय, स्याङ्जाले आयोजना गरेको जिल्ला स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगितामा वालिङ नगरपालिका प्रथम, फेदिखोला गाऊँपालिका द्वितीय र गल्याङ नगरपालिकाले तृतीय स्थान हासिल गरेका छन।

स्याङ्जा, कालीगण्डकी, आलमदेवी, शिला शालिग्राम शौक्षिक एवं धार्मिक महोत्सव श्री मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्‍नतिका ल...
07/12/2024

स्याङ्जा, कालीगण्डकी, आलमदेवी, शिला शालिग्राम शौक्षिक एवं धार्मिक महोत्सव श्री मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्‍नतिका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ उद्घाटन सत्र

🙏🙏हार्दिक निमन्त्रणा🙏🙏
06/12/2024

🙏🙏हार्दिक निमन्त्रणा🙏🙏

06/12/2024

हार्दिक निमन्त्र्णा ! हार्दिक निमन्त्र्णा !! हार्दिक निमन्त्र्णा !!!
स्याङ्जा आलमदेवी, शिलाशालिग्राम तथा मिर्मी बहुमुखी क्याम्पसको धार्मिक महोत्सवमा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई हार्दिक आमन्त्रण।
श्री कालीगण्डकी गा.पा. वार्ड नं ७ मिर्मीमा अवस्थित मिर्मी बहुमुखी क्याम्पसमा प्राविधिक विषय थप, शैक्षिक तथा भौतिक स्तरोन्नति, छात्रावास, पुस्तकालय निर्माण गर्ने हेतु यही २०८१ मंसिर २२ गते देखि २९ गतेसम्म वाचन प्रवीण पं. दीनवन्धु पोखरेलद्वारा संगीतमय कथा वाचन गरिने श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने र यहि मंसिर २२ गतेका दिन उद्घाटन सत्रका लागि प्रमुख अतिथिको रूपमा माननीय उपप्रधान तथा सहरी विकास मन्त्री श्री प्रकाशमान सिंहको आगमन हुने हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन, आमाबुवा, दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ ।
स्थान: मिर्मी बहुमुखी क्याम्पस प्राङ्गण
समय: दिनको ठिक ११:०० बजे
कलश यात्रा: विहान ७ बजे
आयोजकः
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति
मिर्मी बहुमुखी क्याम्पस
मिर्मी, स्याङ्जा

भोली मङसिर २२ गते देखी २९ गते सम्म हुन गैरहेको महायज्ञ को तयारी को केही झलक हरु…. 🙏🙏हार्दिक निमन्त्रणा🙏🙏स्थान:- मिर्मी ब...
06/12/2024

भोली मङसिर २२ गते देखी २९ गते सम्म हुन गैरहेको महायज्ञ को तयारी को केही झलक हरु….
🙏🙏हार्दिक निमन्त्रणा🙏🙏
स्थान:- मिर्मी बहुमुखी क्याम्पस प्राङ्गण

04/12/2024

हार्दिक निमन्त्रणा
श्रीम‌द्भागवत सप्ताह ज्ञान महायज्ञ-२०८१
मिति २०८१ मङ्सिर २२ देखि २९ गतेसम्म
स्थान- मिर्मी बहुमुखी क्याम्पस, कालीगण्डकी -०७ मिर्मी स्याङ्जा सटुका स्याङ्जाको समृद्धि हाम्रो गल्याङ्ग स्याङ्जा सेरोफेरो

Address

Kaligandaki, Syangja District, Gandaki Province
Syangja
33800

Alerts

Be the first to know and let us send you an email when Mirmee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mirmee:

Videos

Share