29/01/2025
धेरै बर्ष देखी हामी लगायत लिस्बन वा पोर्चुगलका बिभिन्न नेपाली कार्यालयहरु बाट सेवा लिंदै आउनुभएका सम्पूर्ण सेवाग्राहीहरुमा महत्वपूर्ण सुचना।
अहिले हामी सबै सेवाप्रदायक संस्थाहरु झसङ्ग छौँ कि यहाँहरुलाई हामीले दिदै आईरहेको सेवामा कसैले घात त गरेन? कैयौं बर्ष देखि यहाँहरु लाई दिएको दिल्ली बाट हुँदै आईरहेको कागजात प्रमाणिकरणमा भईरहेको सहजतामा कोही कसैले गल्ती त गरेन दिल्ली बाट? यस बिषयमा हामीहरु सबै उत्तीनै लागिपरेका छौँ जती यहाँहरु हुनुहुन्छ। हामीलाई थाहा छ यहाँ हाम्रो निकाय भएको भय यस्तो झन्झटिलो र भारत मा कसैको विश्वाश गर्नुपर्ने बाध्यता पर्ने थिएन। सबैलाई केही न केही सजिलो होला भनेर नै यहाँ ब्यवसाय गर्ने साथीहरु, एजेन्सीहरु, ट्राभलहरु, कन्सल्टेन्सी सेवा हरुले कागजात संकलन गरी उता पठाइदिने र दिल्ली बाट यो काम गरिदिनेहरुले डि एच एल गरी यता एकमुष्ठ पठाइदिने गरिरहेको कुरा हालसम्म पोर्चुगिस पास्पोर्ट एप्लाई गर्नु भएका वा लिएर गईसक्नु भएका साथै अहिले हामीहरुलाई कागजपत्रहरु दिनुभएका सबैलाई राम्रोसँग थाहा नै छ। अहिलेको वर्तमान परिवेशमा एक्कासी कागजातहरु धेरै गएको हुनाले यसमा दिल्लीमै कसैले गल्ती गर्यो कि भन्ने संका पनि लागेको छ। तर यसलाई यकिन यस्तै हो भन्न नसकिएकोले र दिल्लीमा काम गर्नेहरु लाई सोध्ने बेलामा ठिकै छ भन्ने उत्तर उनिहरुले दिंदै आईरहेको अवस्था छ।र पनि यस संकाको बिचमा अब हामीहरु सबै निकै चनाखो हुनपर्छ। यस बिषयमा हामीहरु अत्यन्तै गम्भिर छौँ। अबका दिनमा यो त्रुटी हुन नदिन र संका उब्जिन नदिन हामीहरु यहाँहरु लाई के कसरी सहयोग गर्नुपर्ने हुन्छ त्यसको लागि पनि तयार नै रहेको छौँ। यो प्रतिकुल समयमा संयमित भएर अगाडि बढ्नु नै उपयुक्त हुन्छ। सम्पूर्ण पहिलो कार्डको पर्खाइमा बस्नुभएका र यसमा पनि बिशेष गरी प्रहरी रिपोर्टमा आएको फाल्ताको लागि हामी सबै साइबर, ट्राभल, एजेन्सी, कन्सल्टेन्सीहरु एकजुट भएर यहाँहरुको समस्या समाधान गर्न अवस्य नै लागिरहेका छौँ। यस बिषयलाई अतिरन्जित नबनाइ हातेमालो गरेर अगाडि बढौं र समस्या आएको अवस्थामा वा आएमा त्यसलाई समाधान गर्न मिलेर अगाडि जुटौ। अरुले गरेको सम्भावित त्रुटीमा बर्सौंदेखि लिएका सेवाहरु बिर्सिनु हुनेछैन भन्ने हामी सबैको आशा छ ।र अन्तिममा कागजात दिल्ली बाट प्रमाणीकरण प्रकरणमा लिस्बनका कार्यालयहरुको केही पनि हात छैन भन्ने कुरा सबैलाई थाहा नै छ भन्ने कुरामा पनि हामीहरु बिश्वस्त रहेको कुराको अवगत गराउन चाहन्छौं ।
धन्यवाद ।