24/11/2019
किस्पाङ , नुवाकोट :
को लागि नुवाकोटको किस्पाङ गाउपालिका नुवाकोटकै अति उत्कृष्ट स्थान देखिन्छ। किन कि गणेश हिमाल पदमार्ग , पाल्दुर पिक मार्ग , सिङ्ला पास , सिङ्ला पास हुँदै धादिङको रुबिभ्याली जुन पर्यटकको लागि अति नै सुन्दर र पर्यटकको लागि बिशेश सुबिधा सम्पन्न बनेको छ । त्यस्तै अबको दिनमा किस्पाङ २ मा रहेको फिकुरी डाडा जुन हामिले घोडेपानी पुनहिल २ भन्दा फरक पर्दैन। जुन काठमाडौं देखि 5 घन्टा को यात्रा गरि 4/5 घन्टाको पैदल यात्रा गरिसकेपछी फिकुरी पुग्न सकिन्छ । जहाँबाट मनास्लु हिमाल , गणेश हिमाल, रसुवाको लाङटाङ हिमाल , दोर्जेलाक्पा हिमाल , तिब्बतका हिमालहरु र नेपालको प्रमुख शहर काठमाडौं , सिबपुरी डाडा, नागर्जुन पहाड , नुवाकोटका समथर भुबाग र रसुवा , धादिङ गोर्खाका अनेक मनोरम दृश्य को अबलोकन गरि पर्यटकले आनन्द लिन सक्ने नुवाकोटको एक मात्र पर्यटकिय गन्तव्य फिकुरी डाडा हो त्यस्तै खुर्लु खोला पातले छागा , दुम्बाङ चौर पनि अति नै आकर्षक ठाँउ पर्दछ । नुवाकोटको रमणीय छेत्र किस्पाङ को फिकुरी लगाएत अन्य झरनाहरु, भेडा फार्म, जुन नुवाकोटको अति नै चर्चित छ। त्यसैले सबैले सेयर गरेर यो जानकारी सबैमा पुर्याइदिनुहुन अनुरोध गर्दछौ र visit nepal 2020 को लागि सबैको साथ अनि सहयोगको अपेक्षा गर्दछौ ।