29/04/2023
नेपाल जस्तो देशमा जब उद्दमीको कुरा हुन्छ तब मानवको सोचमा पहिले आउने चित्र भनेको एक पुरुषको नै हुन्छ । समाज यस प्रकारले वनोट भएको छ की पुरुषलाइ घरको मुल खाँबोको रुपमा लिइन्छ र महिलालाइ सहयोगी पात्रको रुपमा लिइन्छ । तर, अहिलेको वर्तमान समयमा भने यस पूर्वधारित धारणा हरु तोदिदैँ आएका छन् । विभिन्न महिलाहरुले आफ्नो क्षेत्रमा अमुल्य योगदान पर्याएदै समाजका पूर्वधारित धारणाहरु माथी प्रश्न खडा गरिदिएका छन् । ती महिला पात्रहरुमध्ये एक महत्वपुर्ण पात्र अन्जना मल्ल हुन ।
स्नातक गरेपछि अञ्जनाले विभिन्न एनजीओ र आईएनजीओमा काम गर्न थालिन् । उनी आफ्नो सीप र ज्ञानलाई जनता र समाजको विकासमा प्रयोग गर्न निकै उत्सुक थिइन् । उनले आफ्नो काममा राम्रो गरिरहेकी थिइन् तर, उनी आफ्नो जीवनमा केही नयाँ कदम चाल्न चाहन्थिन् । त्यसैले उनले आफ्ना साथीहरूसँग मिलेर डिगो नेपाल नामको नयाँ सामाजिक उद्यम सुरु गरिन्। डिगो नेपालको प्रमुख उद्दश्य भनेको प्लाष्टिक जस्ता कार्बन उत्सर्जन गर्ने उत्पादनहरूको प्रयोगलाई कम गर्दै दिगो उत्पादनहरू निर्माण गर्नु थियो ।
अञ्जना र उनका साथीहरूले रु ३१,००० कूल बजेटमा उद्दयमको थालनी गरेका थिए । यो धेरैका लागि दिगो उत्पादनहरू निर्माण गर्ने नयाँ अवधारणा थियो। उनीहरुको यात्रा सजिलो थिएन, र उनले बाटोमा विभिन्न अवरोधहरूको सामना गर्नुपर्यो। उनी पटक–पटक अस्वीकार भइन् । यद्पि, उनले काम गरिरहन् र आफ्नो उद्यमलाई सफल उद्यममा परिणत गरिन्। उनीहरुले उत्पादन कार्यमा स्वदेशी ज्ञान र स्थानीय जनताको सहयोगको उपयोग गरे । उनीहरूले विभिन्न महिला समूहहरूलाई तालिम दिए र उनीहरुलाइ घरबाट नै काम गर्ने प्रबन्ध मिलाइदिए । यो पहल धेरै सफल भयो, जसको फलस्वरुप उनीहरुको उद्दमले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै पुरस्कारहरू प्राप्त गर्यो।
उनीहरूले हाल पेन होल्डर, फलफूलको टोकरी, टूथ ब्रस, ऐना र रोटि हट केस जस्ता वस्तुहरू उत्पादन गर्छन्। उनीहरुको व्यवसायबाट मासिक औसत २ लाख आम्दानी हुन्छ ।
लगनशीलताले नै उनीहरूलाई यो अवस्थामा ल्याएको अञ्जना विश्वास गर्छिन् । उनी भन्छिन्, ‘सफल हुनको लागि निरन्तर अगाडि बढ्नुपर्छ । त्यहाँ कठिन क्षणहरू हुनेछन्, तर तपाईंले धैर्य गर्नुपर्दछ र सफल हुनको लागि फस्टाइरहनुपर्छ।
Text: prasan rai Kathmandu University School of Arts