Guna Raj Dhakal

Guna Raj Dhakal Extensive Experience in the field of Ropeway and Micro Hydropower
www.ropewaynepal.com
www.recnepal.org
www.greatnepal.com
www.gridnepal.org.np

10/03/2024

They are paving the way to tackle environmental challenges, but the road ahead is far from easy.

25/01/2024
29/09/2023
29/09/2023

Read More..

27/09/2023

गुणराज ढकालसामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणी.....

13/09/2023

सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र :
‘बुवा म आइसकेँ’
बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ । आफ्ना देवतुल्य बुवाको आवाज गुमाएको छ । केही समय आफूलाई पर्खिएको चीर निन्द्राको शरिरलाई सुम्सुम्याउन बाहेक ऊ सँग अर्को विकल्प छैन । भक्कानिएकी मेरी आमा, बहिनी कसरी सम्हालिन् होला ? आफ्नै अगाडि एउटा खम्बा ढल्दा उनीहरुलाई कम्ति चोट परेको छैन ।
बुवा, परदेशिनु मेरो बाध्यता होइन, कति रहर जोडिएका छन्, कैँयन मेरा सपनाहरु छन् । म त्यो गरिबको कोखबाट जन्मेको भए मेरा चाहाना अलि सिमित हुन्थे होलान् तर म एक शक्तिशालीको कोखबाट धर्तिमा झरेछुँ । मैले यो देशमा सम्भावना नदेखेको होइन, म थप सम्भाव्यता अध्ययन गर्न परदेशिएको हुँ । म चित्त बुझाउँदै छुँ, मेरो मात्र होइन सारा नेपालीको पीडा यस्तै छ । बुढा आमाबा भित्तासँग कानेखुसी गर्छन्, बामे सरेको बालकझैँ ओहोरदोहोर गर्छन् मात्र मृत्यु कुरिरहेका हुन्छन् । छोराछोरीहरु मृत्युको खबर कुरिरहेका हुन्छन् ।
बुवा, हजुरले मात्रै चाहेर देशको कायापलट त पक्कै हुने थिएन । तपाईंले आफ्नो अभिभारा पूरा गरेर जानुभयो । २०७२ सालको संविधान जारी गर्दा कम्ता दुःख थिएन । देशी, विदेशी तत्वको आँखाको तारो बन्नुभएको थियो । माओवादीको जगजगी, सेनाले सिंहदरबार घेर्ने हल्ला, छिमेकीको धम्की सबै स्थितिलाई संयमतापूर्वक आफू अनुकुल बनाउनु त्यो तपाईंको खुबी थियो । मात्रै धेरै सम्भावना छोडेर जानुभयो, ती अवसर गुमाएर जानुभयो । हुनत भगवानको घरमा पनि तपाईंजस्तै महामानवको खाँचो खड्कियो होला । त्यै भएर यति निर्दयी बन्नुभयो होला ।
आज यो पीडा हरेक नेपालीको साझा बनिदिएको छ । बुवा, पीडा सानो ठूलो हुँदैन यसलाई तौलिन मिल्दैन । आजपनि तपाईंजस्तै चीर निन्द्रामा धेरै जना हुनुहुन्छ । तर, मेरो मनमा काउकुतीले किन छोडिरहेको छैन ? किन मलाई अत्यास लागिरहेको छ ? किन म आफै बेहोसी बनुला जस्तो भएको छ ? म अर्काको भूमिमा भएर पनि होला । भनेको समयमा टिकट पाइँदैन, भनेको समयमा जहाज उड्दैन । मलाई त रातिनै आउने मन थियो, मेरा बुवाको निश्कलंक अनुहारमा म्वाई खाने मन थियो ।
बुवा, म सोचिरहेको छुँ भोलि मेरी आमाको दिनपनि यस्तै त हुने होइन ? म नेपालमै बसौँ की फर्किउला केही सोच्न सकेको छैन । अब तपाईंजस्तो महान बन्नलाई मलाई सहज छैन । किनकी तपाईंले मलाई यो परिस्थितिबाट टाढा राख्नुभयो, राजनीतिको छायाँ पर्न दिनुभएन । मेरी आमा पनि राजनीतिबाट निकै पर बस्नुभयो । तपाईंले अरुका जस्तै परिवारका जम्मै सदस्यहरुलाई राजनीतिमा ल्याउन चाहानुभएन । न हामीलाई यो खेल खेल्न सिकाउनुभयो । अब कसरी बसौँला यो देशमा ?
मलाई कहिल्यै नमेटिने घाउ दिएर जानुभो, कहिल्यै नभेटिने ठाउँमा जानुभो । म विमानस्थलभित्र पस्दैछुँ । तपाईंको अनुहार एकपटक भएपनि हेर्ने मन छ । हजारौँ तपाईंका शुभेच्छुकहरुले सम्झिरहनेछन्, हामी पनि सम्झिरहने छौँ । हार्दिक श्रद्धाञ्जली बुवा ।।
यस्ता सम्वेदनशिल विषय नेपाल राज्यमा बुझ्ला कहिले र कस्ले ?

14/07/2023

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

घडीका तीन सुइ !हाम्रो समाजको तीन वर्गको चित्रण !☆सेकेन्ड सुइ: ➙गरिब मजदुर वर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत ग...
29/05/2023

घडीका तीन सुइ !
हाम्रो समाजको तीन वर्गको चित्रण !

☆सेकेन्ड सुइ:
➙गरिब मजदुर वर्ग हो ! जो सबैभन्दा बढी कुद्छ ! अधिक मेहनत गर्छ ! खान र सुत्न सम्म फुर्सद छैन ! शरीर पनि दुब्लो पातलो छ ! समय हेर्दा यसको कुनै वास्ता हुदैन ! यो आफ्नै संघर्षको बलमा जिएको छ ! यसको अस्तित्वको नै प्रस्न उठेको छ ! तर यो चलेन भने घडीको ब्याट्री सकिएको बुझिन्छ । अर्थात किसान र मजदुर नभए अरु सबैको कमाइ स्वत कम हुन्छ ।

☆मिनेट सुइ :
➙यो तुलनात्मक रुपमा कम मेहनत गर्ने मध्यम वर्ग हो ! सेकेन्ड सुइ ६० स्टेप दौड्दा यो एक स्टेप दौडछ ! हेर्दा मोटोघाटो देखिन्छ ! सेकेन्ड सुइ जस्तो सधै त्रासमा हुदैन ! सेकेन्ड सुइलाई कारिन्दा बनाको हुन्छ ! घन्टा सुइ र सेकेन्ड सुइबिचको बिचौलिया बन्छ ! सकेको फाइदा लिन्छ र घन्टा सुइ जस्तै माथिल्लो वर्गमा जान प्रयास गर्छ !

☆घन्टा सुइ :
➙यो उच्च वर्ग हो ! यसले मिनेट तथा सेकेन्ड सुइको दु:खको क्रेडिट आफुले लिन्छ! श्रोत साधन आफैसग राख्छ ! काम गर्छ कि गर्दैन केही पत्तो हुदैन ! तर सबैले यसैलाई हेरेर समयको निर्धारण गर्छन ! हेर्दा पनि मोटोघाटो र बलियो देखिन्छ ! के खान्छ ,कसरी खान्छ पत्तो हुदैन तर सबैभन्दा बढी खाए जस्तो देखिन्छ ! सबैभन्दा शक्तिशाली हुन्छ !

(सामाजिक संजालबाट)

Address

Guna Colony, Sinamangal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Guna Raj Dhakal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Guna Raj Dhakal:

Share

Nearby travel agencies