BhimadBazar.com

BhimadBazar.com Bhimadbazar.com is a portal which aims to promote Bhimad to the world.

12/09/2024

भिमाद नगरपालिका वडा न ६ युवा रङ्गशाला अगाडिको शिसौ घारीमा रुख काट्ने क्रममा काट्दै गरेको रुख अकस्मात ढल्न गई आज मिति २०८१/०५/२७ गते अन्दाजी समय १०: ०० बजे को समयमा एक जना बुवा को घटना स्थलमै दुखद निधन भएको छ । मृतक बुवा वडा न ६ का कुमाल जाति जलौदि को भन्ने खुलेको छ ।थप बिबरण आउन बाँकी ।
मृतक बुवा प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन मा गहिरो समवेदना

06/09/2024

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-१२ घाँसीकुवामा शुक्रबार बिहान गएकाे पहिराे । बिहीबार रातिदेखि परेकाे वर्षाका कारण गएकाे पहिराेले घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध भएकाे छ ।
बिहिवार देखिको अबिरल वर्षा का कारण ठाउँ ठाउँमा सडक अबरुद्ध भएको समाचार हरु आईरहेका छन । त्यसैले अत्यावश्यक बाहेक यात्रा नगरौ । यात्रा गर्नु अगाडि सडक को अबस्था बुझेर मात्रै यात्रा गरौ ।

मानपुर डेडगाउँ सडक खण्ड घिरिङ गाउँपालिका ४ कार्यालय नजिकै जिप दुर्घटनामा परेको छ। थप बिबरण आउन बाँकी ।
03/09/2024

मानपुर डेडगाउँ सडक खण्ड घिरिङ गाउँपालिका ४ कार्यालय नजिकै जिप दुर्घटनामा परेको छ। थप बिबरण आउन बाँकी ।

23/08/2024

भिमाद बजारमा भर्खरै ट्रक र स्कुटर ठोकिएको छ ।स्कुटर चालक घाइते भई प्राथमिक स्वास्थ्य केन्द्र भिमाद मा उपचार भईरहेको छ ।

20/08/2024

भारी वर्षा का बाबजुद भिमाद बजारमा नेवारी समुदाय ले प्रदशन गरेको गाईजात्रा

16/08/2024

पशुपतिनाथ मन्दिर परिसरमा सँचालन भैरहेको कोटि होम को समापन भईरहेको बेला सँचालक र प्रहरी बिच कुटाकुट भएको भिडियो सामाजिक सँजाल मा भाईरल भईरहेको छ । अन्य थप बिबरण आउन बाँकी ।

भिमाद नगरपालिका ले यहि मिति २०८१/०४/२५ गते  ३० ओै विश्व आदिवासी (जनजाति ) दिवस का दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
08/08/2024

भिमाद नगरपालिका ले यहि मिति २०८१/०४/२५ गते ३० ओै विश्व आदिवासी (जनजाति ) दिवस का दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।

शिवपुरीको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।नुवाकोटको शिवपुरी गाउँप...
07/08/2024

शिवपुरीको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,प्रहरी का अनुसार ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’

07/08/2024

नुवाकोट को सुर्यचौरमा एयर डाईनेस्टी को हेलिकप्टर दुर्घटना , पाँच जना सबार हेलिकप्टर मा ४ जना को सव फेला परेको प्रहरीले जनाएको छ ।

30/07/2024

भिमाद २०८१/०४/१६
अबिरल वर्षाकाे कारण हुन सक्ने जाेखिमलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय मुग्लिङले नारायणगढ तर्फ जाने सवारी साधनलाई मुग्लिङमा राेकेकाे छ। पहिराेकाे जाेखिम कम र सडककाे अवस्था सामान्य भएपछि सवारी साधन चल्न दिईने जानकारी गराएको छभने बैरेनीमा पहिरो गएका कारण काठमाडौं तर्फको सडक पूर्ण रूपमा बन्द छ। अनावश्यक यात्रा नगरौं, यात्रा गर्नै परे नेपाल प्रहरी वा ट्राफिक प्रहरी सँग समन्वय गरौं।

पोखरामा स्कुल बस दुर्घटना भएको छ ।बृस्तित  बिबरण आउन बाँकी ।
29/07/2024

पोखरामा स्कुल बस दुर्घटना भएको छ ।बृस्तित बिबरण आउन बाँकी ।

काठमाडौ त्रिभुवन बिमान स्थलमा सौर्य एयरलाइन्स को जहाज दुर्घटनामा परेको छ । दुर्घटना पछि को बिबरण आउन बाँकी रहेको बिमानस्...
24/07/2024

काठमाडौ त्रिभुवन बिमान स्थलमा सौर्य एयरलाइन्स को जहाज दुर्घटनामा परेको छ । दुर्घटना पछि को बिबरण आउन बाँकी रहेको बिमानस्थल प्रबक्ता को भनाइ ।

18/07/2024

तनहुँजिल्ला को बन्दिपुरमा चितुवाको आक्रमण बाट वडा नम्बर ४ सालथान निवासी जीत बहादुर अछामी का छोरा बर्ष ११ का सुन्दर अछामी को मृत्यु भएको छ ।

आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड जित्यो नेपाललेअन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेज...
17/07/2024

आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड जित्यो नेपालले

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले अवार्ड जितेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्रिकेटका अत्यधिक दर्शक रहेको नेपाल यसअघि एशिया क्षेत्रबाट यो अवार्डका लागि छानिएको थियो। आईसीसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा ४ सय प्रतिशतले बढेकोसमेत जनाएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शकहरु रुखमा चढेर क्रिकेट हेरिरहेका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए।

आईसीसीले नेपालसँगै अरु ५ वटा देशलाई पनि आईसीसी विकास पुरस्कारबाट सम्मान गरेको छ। एक वर्षमा उत्कृष्ट कार्यसम्पादनसहित क्रिकेटमा महत्वपूर्ण भूमिका खेलेको आधारमा आईसीसीले ६ उदीयमान देशहरुलाई यो अवार्डबाट सम्मानित गरेको हो।

आज सुनको मूल्य अहिलेसम्मकै उच्च , प्रति तोला १,५०,००० मा कारोबार हुँदै ।
17/07/2024

आज सुनको मूल्य अहिलेसम्मकै उच्च , प्रति तोला १,५०,००० मा कारोबार हुँदै ।

15/07/2024

असारमा मात्रै भिमाद नगरपालिका मा घट्यो दुईवटा जबर्जस्ती करणीको घटना
सोमबार, ३१ असार २०८१

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्रबहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
यसैगरी मकैबारीमा लगेर १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँ भिमाद नगरपालिका–७ बस्ने ३१ वर्षीय वीरेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार २५ गते ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनीहरु लाई तनहुँ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

12/07/2024

आज बिहाना त्रिशुलिमा गाडी खसेर बेपत्ता भएकाहरु लाई बिरगंज देखि खोज्न आउने आफन्तहरुलाई निशुुल्क सवारीसाधन को व्यवस्था र खोजी अबधिभर चितवनका होटलहरुले निशुल्क खान र बस्न दिने ब्यबस्था गरिएको छ ।

सम्पर्क
बिरगंज -- हरि पन्त ९८५५०२१५२४
दिनेश चुके , 9855056025 ( अध्यक्ष होटल ब्यबसायी महासङ्ग नेपाल )
9855014180 लोक नाथ भट्ट अध्यक्ष होटल ब्यबसायी संघ चितवन

12/07/2024

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान ३:३० बजे पहिरोमा परेर दुई यात्रु बस बगायो,
थप अर्को यात्रुबसमा ढुंगा लाग्दा चालकको निधन ।थप बिबरण आउन बाँकी ।

11/07/2024

अबिरल वर्षा का कारण तनहुँको व्यास-१२ घाँसिकुवामा सडक माथिबाट ठुलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध,

सडक सूचारु हुन समय लाग्ने जानकारी ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत माछापुच्छ्रे बैंक भिमाद शाखा  ले भिमाद प्राथमिक स्वास्थ्य केन्द्र  लाई El...
11/07/2024

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत माछापुच्छ्रे बैंक भिमाद शाखा ले भिमाद प्राथमिक स्वास्थ्य केन्द्र लाई Electrolytes Analyzer -१ थान र आराम कुर्सी (१×३) को ५ थान गरि करिब पाँच लाख पचास हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

तस्वीर : रुपक बुढा

जानकारी सम्बन्धमा ......अबिरल बर्षाका कारण भिमाद खानेपानी को पाईपलाईन मा अत्यधिक क्षति का साथै खोला को सतह बढेको र ठाउँठ...
08/07/2024

जानकारी सम्बन्धमा ......
अबिरल बर्षाका कारण भिमाद खानेपानी को पाईपलाईन मा अत्यधिक क्षति का साथै खोला को सतह बढेको र ठाउँठाउँमा पहिरो को कारणले सडक सँजाल पनि टुटेको हुँदा मर्मत कार्य प्रभावित भएको ले पानी बितरण कार्य हुन सकेको छैन ।

07/07/2024

भिमाद नगरपालिका वडा नँ ६ सेती नदि किनारमा झाडी मा अड्किएको अबस्थामा सडेको अबस्थाको शब फेला ,ईलाका प्रहरी कार्यलय भिमाद द्वारा अनुसन्धान जारी ।

वि.सं २o८१ असार २३ आइतबारशुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौ...
07/07/2024

वि.सं २o८१ असार २३ आइतबार
शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने देखिएको जनाएको छ। तर, भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जानकारी का लागि .....स्रोत : नेपाल प्रहरी
07/07/2024

जानकारी का लागि .....
स्रोत : नेपाल प्रहरी

दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।
03/06/2022

दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।

Address

Bhimad Bazar
Tanahun
33910

Alerts

Be the first to know and let us send you an email when BhimadBazar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BhimadBazar.com:

Videos

Share



You may also like