12/01/2024
गॉजाको फुलमा मात्र नसा हुन्छ । फूललाई नष्ट
गरे पनि अन्य भागहरुको बहुउपयोग हुन्छ। रसायनको उपलब्धताको आधारमा सयौँ प्रकारका गॉजा हुन्छन्।
भाले गॉजामा त नसा पनि हुदैन। कैयन गॉजामा नसा हुदैन। सबैलाई एक समान मान्नु मूर्खहरूको मात्र कुरा हो।
गॉजाको पातबाट धुप बन्छ। डॉठबाट घर बनाउन कंक्रीट र कपडा बनाउन रेसा निस्कन्छ। बिउबाट खाने तेल र रोटीखाने पीठो बन्छ, बिउ अचार राम्रो हुन्छ यसमा नसा हुदैन।
हरियो पात र टुप्पाबाट स्वास्थ्यवर्धक फ्रेस जुस बनाएर नियमित खान हुन्छ। यसमा अनेकौँ हेल्दी तत्व हुन्छन्, कैयन रोगहरूको निवारण गरिदिन्छ।
गॉजाको पूरै बोटबाट बायोडिजेल वा चारकोल बन्छ। जराबाट औषधी र पेष्टिसाईड बन्छ।
कसैसंग गॉजाको डॉठ र रेसा छ भने अहिले गॉजा प्रविधिबाट घर बनाउने वा कपडा बनाउने प्रोजेक्ट संचालक सजिलै खरिदकर्ता पाईन्छन्।
गॉजाबाट रेसा निकाल्ने र धूलो बनाउने डिकोर्टिकेटर मशिन पाईन्छ। ठिक्कको साईजको रू ८ लाख पर्छ, नेपाली कारखानाहरूले पनि मेसिन निर्माण गर्छन् अझै सस्तिदै जादैछ। पालिकाहरूले एउटा वडामा एउटा डिकोर्डीकेटर किन्न केही अनुदानमा दिए हुन्छ।
बहुमूल्य डॉठ पात वा जरालाई जलाएर नष्ट नगरौँ।
फूल काटेर नष्ट गरे हुन्छ जबसम्म गॉजा खेती र ब्यवसाय गर्ने ऐन कानुन बन्दैन। गॉजा कुनै हालतमा पनि नष्ट नगरौँ, कंगाल नेपालीलाई हरिकंगाल बनाउने यस्ता नष्ट गरिदै आएको मूर्खता अब बन्द गरौँ। गॉजा तुरुन्त वैध गरौँ र राज्यको आम्दानी भसक्कै बढाऔँ। ग्रामिण जनतालाई धनी नबनाएसम्म गाउँनै गाउँले भरिएको यो मुलुक सधैँ कंगालै रहने छ। #गॉजा_छिटो_वैध_गर