23/09/2023
सनातनी हिन्दु धर्मावलम्बीहरुको मात्र नभई बौद्ध, जैन र बोन जस्ता धेरैको आस्थाको केन्द्र हो कैलाश पर्वत ! हामी सनातनीहरू कैलाश पर्वत शिव-पार्वतीको वासस्थान हो भनेर विश्वास गर्छौ भने अन्य धर्मावलम्बीहरुको पनि आफ्नै किसिमको आस्था छ । वैज्ञानिकहरू समेत यसलाई रहस्यमयी पर्वत मान्दछन् ! आधुनिक विज्ञानले पनि कैलाशलाई एउटा अलौकिक शक्तिको केन्द्र मानेको छ । आज सम्म कुनै पनि मानिस यस पर्वतको शिखरमा पुग्न सकेका छैनन् । वैज्ञानिकहरूलेपनि कैलाश पर्वतलाई एक्सिस मुंडी वा विश्वको केन्द्रको रूपमा मानेका छन् ।
यहाँ दुईवटा तालहरू छन् , मानसरोवर र राक्षस ताल । मानसरोवर सफा र पवित्र जलको ताल हो, यसको आकार सूर्य जस्तै छ भनिन्छ । राक्षस ताललाई अपवित्र मानिन्छ भने यसको पानी नुनिलो र कडा छ अनि आकार चाहि चन्द्रमा जस्तो ।
कतिपय सज्जनहरु कैलाश पर्वतवाट ॐ वा डमरूको जस्तै ध्वनि सुनेको बताउछन् । बेला-बेलामा कैलाश पर्वतको आकाशमा सात किसिमको प्रकाश देखिने पनि बताईन्छ । यहाँको चुम्बकीय शक्ति आकाशसंग मिलेर यसले यस्तो प्रकाशको निर्माण हुने नासाको मान्यता छ ।
कैलाश पर्वतको चार दिशावाट चार नदीहरू उद्गम भएका छन् - ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्णाली । कैलाश पर्वतको चार दिशामा चार मुखहरू छन - पूर्वमा अश्वमुख, पश्चिममा हात्ती मुख, उत्तरमा सिंह मुख र दक्षिणमा मयुर मुख ।
ॐ नमः शिवाय॥