23/01/2022
जुँगा भएको लालीगुराँस रोप्नु पर्छ, विक्रम …. कस्तुरी मृग को लागी ......................Forestry Expert: जंगलविद: कर्ण शाक्य
जूँगा भयको लालिग़ुरांस नेपाल को हिमाली भेग मा पाइन्छ…
… ………………………पुर्ब पर्यटन मन्त्री याङ्गक़िला शेर्पा
**********************************************
January 17, 2022, स्वस्थानी पुर्णिमा : आज National Park Office जाने मौका मिलेको थियो, Buffer Zone का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र खुमजुङ्गका वडाअध्यक्ष संगसंगै । फर्केर, चियाको पहिलो घुट्को मात्र के लिएको थिएँ, पर्यटन क्षेत्रका अति आदरणिय र पर्यटन उद्योग क्षेत्रमा, उद्योगपति भने जस्तै, "पर्यटनपति" भन्न सुहाउने व्यक्तित्व श्री कर्ण शाक्य दाईबाट फोन आयो । अचम्म किन लाग्यो भने यो Unexpected Call थियो ।
संजोग कस्तो भने, हामी National Park को अफिसमा कोरोना पश्चात पर्यटन जोगाउन र संसारलाई एउटा भिन्न र उत्साहि सन्देश दिन सगरमाथा क्षेत्रमा नयाँ वृक्षारोपण गर्ने र यसको सन्देश विश्वभरि फैलाई विश्वभरिका पर्यटकलाई नेपाल घुम्न आउन आकर्षित गर्ने बिषय भेटघाट गर्न गएका थियौं । किनभने, कोरोना पश्चात नेपाललाई एउटा नयाँ, नौलो र आकर्षक आवरणमा उत्कृष्ट पर्यटन गन्तव्य स्थलको रुपमा अन्तराष्ट्रिय Tourist Market मा पस्किनु जरुरी थियो । झन्डैझन्डै साढे २ वर्ष देखि ध्वस्त भएका हाम्रो देशको पर्यटन अर्थतन्त्रलाई जगाउनु थियो र पुनःजिवित गर्नु थियो ।
त्यसैले मैले सगरमाथा क्षेत्रमा मेरो छोराहरूले संचालन गर्दै आएको पदयात्रा, सगरमाथा पर्वतारोहण र सगरमाथा दौडमा आउने पर्यटकहरूलाई वृक्षारोपण गराउन प्रेरित गर्नै र यसलाई नेपालको एक आकर्षणको रुपमा जोड्दै नेपालमा नौलो “Conservation Tourism, Environmental Tourism against Climate Change” को आयाम थप्दै जाने, जसबाट नेपाल सधैंको लागी बहुआयामिक र बहुउद्देशिय पर्यटकहरूको एक आकर्षक गन्तव्य स्थल बनिरहोस ।
लामो अध्ययन पछि मेरो उद्देश्य थियो जोखिममा पर्दै गएका कस्तुरी मृगहरुको चरण तथा बासस्थान जंगलहरुलाई जोगाउदै त्यसको बाहिरी सेरोफेरोमा वृक्षारोपण गरी कस्तुरी मृग क्षेत्रलाई फराकलिो र विशाल गराउँदै लैजाने, जसबाट कस्तुरी मृगहरूको संख्या पनि बढाउदै लैजान सकियोस । यसमा जंगलविद कर्ण शाक्य दाई, Sagarmatha National Park, Sagarmatha Buffer Zone संग सहकार्य गरि यो अभियान सफल बनाइने सोच बनाईएको छ ।