20/06/2022
लघु कथा
हतियार
खत्र्याक्क ! यो आवजसँगै वीरध्वजको निद्रा आधारातमा भङ्ग भयो । उसले घरभित्र कालो छायाँ पसेको देख्यो । हतियार सहित चोर गाउँ पसेको छ भन्ने हल्ला सम्झियो । घरमा लोग्नेमान्छे भन्नु आफू मात्रै । दिनभर काम सघाउने हली कान्छा पनि साँझमा उसको आफ्नै घर फर्किन्थ्यो ।
''के गर्ने ? कसो गर्ने ? छोरीहरू र श्रीमती त छन् तर उनीहरूको के भर ।''सोच्यो , ''फेरि चोरसँग हतियार पनि त होलान् ।''
डर मान्दामान्दै हिम्मत गरेर प्रहरीमा फोन गर्यो ।
गस्ती प्रहरीले तत्कालै घर घेरा हाल्यो । ''खबरदार !भाग्लास् !!'' प्रहरीको चेतावनी आवजसँगै चोर बार्दलीबाट हामफालेर भाग्न थाल्यो ।
''ढ्वाङ्ग'' प्रहरीको गोलीबाट चोर ठहरै भयो । बिहान लाश हेर्न पुगेका गाउँलेहरू अचम्मित भए किनकि हातमा परिवार नियोजनको अस्थायी साधन पड्किरहेको लाश हली कान्छाको थियो ।
धनुषराज राई 'राशि' मधुपर्क २०६८ बैशाख